फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम पैचिङमा

(GMT+08:00) 2014-10-16 10:24:19

       नेपालमा उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले नेपाल र चीनबीचको सीमा व्यवस्थापन चुस्त रहेको बताउनु भएको छ। चीन भ्रमणमा रहनु भएका मन्त्री गौतमले बिहीबार नेपाली दूताबास पैचिङमा आयोजित स्वागत कार्यक्रममा बोल्दै नेपाल र चीनबीचको मैत्री सम्बन्ध अत्यन्त सुमधुर रहेको तथा नेपालको विकासमा चीनले पुर्‍याउँदै आएको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले चीनको विकासको तुलनामा नेपाल धेरै पछि परेको बताउँदै चिनियाँ अर्थतन्त्रको विकास र अनुभवबाट नेपालले धेरै फाइदा लिन सक्ने औँल्याउनुभयो।

       सीआरआई नेपाली सेवालाई एक अन्तर्वार्ता दिँदै उपप्रधान तथा गृहमन्त्री गौतमले नेपाल प्रहरी र सशस्त्र प्रहरीको क्षमता अभिवृद्धि गर्न तथा वन्दोबस्तीमा चीनले गरेको सहयोगको प्रशंसा गर्नुभयो। दुई देशबीचमा उच्चस्तरीय आदानप्रदानले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उहाँले दुई देशबीचमा व्यापारिक कार्यका लागि थप नाका खोल्ने कुरामा प्रगति भइरहेको स्पष्ट पार्नुभयो। उहाँले नेपाल र चीनबीचको सीमा सुरक्षालाई व्यवस्थित गर्न चीनले गरेको सहयोगलाई नेपालले राम्ररी सदुपयोग गरेको पनि उल्लेख गर्नुभयो।

       नेपालको भूमि कुनै पनि मित्रराष्ट्र विरुद्ध प्रयोग हुन नदिन नेपाल सरकार सजग र सचेत रहेको बताउँदै नेपालको मित्रराष्ट्र चीनसँगको मैत्री सम्बन्धमा असर पर्ने गरी कथित तिब्बती शरणार्थीका नाममा हुने गतिविधिलाई नियन्त्रण गर्न नेपाल सरकार कटिबद्ध रहेको कुरामा उपप्रधान तथा गृहमन्त्री गौतमले जोड दिनुभयो।

       नेपालको वर्तमान सत्तारोढ दल नेकपा एमालेका उपमहासचिव बिष्णु पौडेल तथा गृहमन्त्रालयका सहचिव र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका डिआजीसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम हिजो साँझ पैचिङ आइपुग्नु भएको हो। मन्त्री गौतमले आज अपरान्ह चीनका सार्वजनिक सुरक्षा मन्त्री क्वो शङखुनसँग भेटवार्ता गर्नु भएको छ भने भोलि बिहान चिनियाँ कम्युनिष्ट पार्टीका नेता मङ चिआन चुसँग द्विपक्षीय भेट गर्नुहुनेछ। पैचिङ भ्रमणपछि नेता गौतमको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलले चीनको स्वायत्त प्रदेश तिब्बतको पनि भ्रमण गर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ