फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

 पूर्व राजदूत

(GMT+08:00) 2015-05-21 09:22:50

            उहाँ नयाँ चीनका पहिला कूटनैतिक अधिकारीहरुमध्येको एक भएर, यूरोप, अफ्रिका, एशियामा कार्य गर्नुभएको थियो। उहाँ नेपाली जनतालाई मन पर्ने चिनियाँ पूर्व राजदूत हुनुका साथै तत्कालीन स्वर्गीय राजा वीरेन्द्रका साथी पनि हुनुहुन्छ। उहाँ बौद्धिक व्यक्तित्व हुनुका साथै 80 वर्ष पार गरेका पाका र चीन-नेपालमित्रताका लागि प्रयास गरिरहनुभएको मानिस हुनुहुन्छ। उहाँ नेपालका भूतपूर्व चिनियाँ राजदुत ली त प्याउ हुनुहुन्छ।

            सन् 1949 मा नयाँ चीनको स्थापना हुने बेलामा धेरै काम तयार गर्नुपर्‍यो। कूटनैतिक जिम्मेवारी निर्वाह गर्ने क्रममा लीतप्याउ नयाँ चीनका पहिलो चरणको कूटनीतिज्ञमा छानिनुभयो। उहाँले सोभियतसंघ, युगोस्लाभिया, अफ्रिका आदि क्षेत्रमा कार्य गर्नुभएको थियो। सन् 1987 मा ली तप्याउ नेपालका लागि चिनियाँ राजदूतमा नियुक्त हुनुभएको थियो।

           "सन् 1987 मा चीन र भारतको सम्बन्धमा पुनःअस्थिरता आयो। सिमानामा दुइ मुलुकका प्रशासनले सेना परिचालन गरेका थिए। छिमेकी मुलुकसँगको सम्बन्ध राम्ररी सामना गर्नसक्ने राजदूत नियुक्त गर्नुपर्ने विचार चिनियाँ परराष्ट्र मन्त्रालयका नेतागणले गरे। किनभने नेपाल चीन र भारतको बीचमा रहेकाले नेपालसँगको सम्बन्ध निकै महत्वपूर्ण थियो। त्यसै बेलामा म नेपालका लागि राजदूत बनेको थिएँ।"

             औपचारिक नियुक्ति अघि नेपाल जानुपर्दा आफूलाई चिन्ता लागेको लीले हाँस्दै सुनाउनुभयो। किनभने नेपाल धेरै गरीब थियो। तत्कालीन संस्कृति मन्त्रालयका एक जना युवाले नेपालमा काम गर्न जाने भन्ने थाहा पाएपछि उसकी प्रेमिकाले सम्बन्ध नै तोड्न खोजेकी थिइन्। अरु मान्छेले यस्तो सुनाएकाले मलाई पनि चिन्ता लागिरहेको थियो।

           वास्तवमा नेपालमा काम गरेपछि लीले त्यो हार्दिक मुलुकलाई माया गर्न थाल्नुभयो। "त्यहाँ पुगेपछि मैले त्यस मुलुकलाई साँच्चिकै माया गर्न थालेँ। नेपालीहरु निकै राम्रा र निकै मिलनसार छन्। हामी बीचको भावना ज्यादै सदिच्छापूर्ण छ। त्यसैले त्यो चार वर्षमा म र नेपालबीचको गहिरो मित्रता गाँसिएको छ।"

            लीका अनुसार, उहाँले जिम्मेवारी निर्वाह गर्नुभएका मुलुकहरुमध्ये नेपालसँगको भावना सबैभन्दा गहिरो छ। किनकि त्यहाँ "शत्रुता नभएर मित्रता मात्र छ। "

          "मैले विदेशमा 26 वर्षसम्म काम गरेँ। त्यसमध्ये नेपाल सबैभन्दा गरीब मुलुक हो। तर मैले सबैभन्दा माया गर्ने मुलुक पनि नेपाल नै हो। कारण सजिलो छ। नेपाल र चीनको सम्बन्ध पहिलेदेखि नै मैत्रिपूर्ण रहिआएको छ। त्यहाँ काम गर्दा मेरो मनमा सधैँ नै सुख र खुशी लागिरह्यो। नेपालका राजनीतिज्ञहरु, विशेष गरी तत्लकालीन स्वर्गीय राजा वीरेन्द्रसँगको सम्बन्ध निकै राम्रो थियो। विभिन्न राजनीतिक पक्षका अधिकारीहरु पनि मैत्रिपूर्ण छन्। त्यसैले नेपालमा काम गरेका चार वर्षमा मेरो कुनै शत्रुता नभएर मित्रता मात्रै रह्यो। साथै नेपालीहरु ज्यादै मैत्रिपूर्ण र ज्यादै घनिष्ट मित्र हुन्। मैले त्यो अनुभव गरेको छु।"

            ली तप्याउको सम्झनामा सो अवधिका हरेक अनुभव निकै महत्वपूर्ण छन्। उहाँले स्व. राजा वीरेन्द्रसँगको रमाइलो भोजनको स्मरण गर्नुभयो।

            त्यसबेला राजा वीरेन्द्रले पहिलोपटक विदेशी दूतावासमा भोजन गर्नुभएको थियो। राजदूत लीले चिनियाँ परम्परागत खाना खसी हट-पट तयार गर्नुभएको थियो।

             " मैले राजालाई खसी हट-पट र प्रसिद्ध माउ थाइ रक्सी तयार गरेँ। त्यससँग चिनियाँ विशेषता छ। राजा र रानी त्यो खाएर खुसी हुनुभयो। दूतावास आउनुअघि राजालाई अलि रुघा लागेको थियो। हटपट खाएपछि आनन्द लागेको राजाले सुनाउनुभयो। हटपट खानका लगभग बीस प्रकारका मसला पनि तयार गरेँ। तत्कालीन रानीले हरेक मसलाको स्वाद चाख्नुभयो। कुन मसला सबैभन्दा मनपर्ने भनेर मैले उहाँलाई सोधेँ। उहाँले मर्चावाला तोफुलाई मन पराउनुभयो।"

            राजदूत लीको विचारमा कूटनीति निकै पवित्र कार्य हो। कूटनैतिक जिम्मेवारी निकै महत्वपूर्ण छ। दुई मुलुकको सम्बन्धलाई कसरी अगाडि बढाउने भन्ने बारेमा विचार गर्नुपर्छ।

           राजदुतको पदावधि पूरा भएपछि पनि ली तप्याउले नेपाललाई निकै माया गर्नुहुन्छ। हालसम्म नेपालका लागि 16 जना राजदूतहरुमध्ये बीस वर्षमा नेपालसँगको सम्बन्ध त्यति घनिष्ट भएको मान्छे म नै पहिलो र एक मात्रै हुँ। लीले गर्वका साथ भन्नुभयोः

          "सन् 1991 मा म चीन फर्केँ। हालसम्म 23 वर्ष भइसक्यो। मैले सधैँ नै नेपाललाई याद गर्छु। त्यसैले हरेक वर्ष मैले दुईपटक नेपाल जाने गर्छु। अहिलेसम्ममा 42 पटक नेपाल गइसकेँ।"

           हाल 85 वर्षीय ली तप्याउ नेपाल-चीन अन्तर्राष्ट्रिय बौद्ध धर्म संस्कृति कोषका अध्यक्ष र नेपाल-चीन अर्थतन्त्र तथा व्यापार संघ अन्तर्गत चिनियाँ अध्यक्ष पनि हुनुहुन्छ। अहिले पनि उहाँले नेपालको विकास र दुई मुलुकको मैत्रीपूर्ण आदान-प्रदानका लागि काम गरिरहनुभएको छ।

          "हाल मेरो मुख्य कार्य एउटा बौद्ध धार्मिक परियोजना हो। मैले राजदूतको कार्यभार पूरा गरेपछि पनि निरन्तर नेपाल जाने गरेको छु। नेपाली नेतागणसँग सम्पर्क गरेको बेलामा यिनीहरुलाई नेपालमा दुईटा सम्पदा रहेको भन्छु। एउटा सगरमाथा र अर्को लुम्बिनी । लुम्बिनी बौद्ध धर्मका लागि पवित्र क्षेत्र हो। हामीले त्यहाँ विश्व बौद्ध धर्मको केन्द्रको निर्माण गर्नुपर्छ। विश्वव्यापी बौद्ध धर्मावलम्बीहरुलाई बुद्ध नेपालमा जन्मेको बारेमा जानकारी दिनुपर्छ। यदि यो परियोजना सफल भएमा नेपालको ठूलो सुधार गर्नसकिन्छ।"

            पूर्व राजदूत लीका अनुसार, विश्वव्यापी तीनवटा ठूला धर्महरुमध्येको बौद्ध धर्मको पनि आफ्नो पवित्र क्षेत्र हुनुपर्छ। त्यो लुम्बिनी हुनुपर्छ। जुन बुद्ध धर्मावलम्बी र नेपाल दुवैका लागि फाइदाजनक कुरा हो।

           लीले यसरी गुणगान गर्नुभयो—चीनको उदाहरणका लागि करोडौं करोड चिनियाँ बौद्ध धर्मावलम्बीहरुमध्ये यदि हरेक सयजनामा एकजनाले नेपालमा पूजा-आजा गरेमा र हरेक जनाले एक हजार चिनियाँ युआनको उपभोग गरेमा यो आम्दानी निकै बढी हुनेछ। जसबाट नेपालमा रोजगारीको समस्या पनि समाधान गर्न सकिन्छ। जसबाट नेपालको अर्थतन्त्रले फड्को मार्ने गरी विकास हुने लीले संभावना देख्नुभयो—

           "यो परियोजना बौद्ध धर्मको इतिहासमा महत्वपूर्ण विषय हुनुका साथै चीन र नेपालको मित्रतालाई अगाडि बढाउने महत्वपूर्ण विषय पनि हो। यो योजना व्यापारिक फाइदाका लागि होइन। नेपाली जनताका लागि चिनियाँ जनताले गरेको मैत्रीपूर्ण कार्यक्रमको हैसियतमा हामीले लुम्बिनीका निर्मित भवन नेपाली जनता र सरकारलाई उपहार दिनेछौं।"

           पूर्व राजदूत लीले संकलन भएका फोटोहरु पनि देखाउनुभयो। ती फोटोहरुले लीको बहुमूल्य सम्झना समेटेका छन्। चीन र नपाललाई हार्दिक माया गर्ने ली तप्याउजस्तै धेरै जनाले दुई मुलुकको विकासका लागि प्रयास गरिरहेकाले चीन र नेपालको मित्रता आवश्य नै विकसित हुने हाम्रो पनि विश्वास छ।

जानकारी तथा लेखहरु
सुझाउ