फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ उद्दार चिकित्सक

(GMT+08:00) 2015-05-21 09:44:41

             नेपाली जनताको स्वास्थ्य र नेपालको चिकित्सा स्तरलाई माथि उकास्नका लागि सन् 1992 मार्चमा चीनका तत्कालीन प्रधानमन्त्री ली पङ्ग र नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चीनको सहायतामा क्यान्सर अस्पतालको निर्माणको सम्झौतामा हस्ताक्षर गर्नुभयो। सन् 1998 को डिसेम्बरसम्म बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल निर्माण भयो। साथै चीन सरकारले नेपाललाई पहिलो चिकित्सा सहायता टोली पनि पठायो। बीपी कोइराला मेमोरिएर क्यान्सर अस्पताल नेपालमा पहिलो विशेष क्यान्सर अस्पताल हुनुका साथै चिनियाँ चिकित्सकले नयाँ चिकित्सा प्रविधि पुर्‍याएको पनि पहिलो अस्पताल हो। अहिले यो अस्पताल नेपालमा सबैभन्दा राम्रो क्यान्सर चिकित्सा केन्द्र बनेको छ। हालसम्म चीनले नेपालमा आठवटा चिकित्सा टोली पठाइसकेको छ। ह बै प्रान्तीय जन अस्पताल मूत्राशयका प्रमुख डाक्टर गु शौ यी आठौँ चिकित्सा टोलीका प्रमुख हुनुहुन्छ।

            चिकित्सा टोलीको कार्य बढी भए तापनि रोगीहरु पुनः स्वस्थ हुने आशाले हरेक चिकित्सकलाई प्रेरित गरेको छ। चिकित्सा टोलीले क्यान्सर रोगीलाई पुनः स्वस्थ पार्नु मात्र होइन नेपाली जनतालाई रोगको जानकारी र प्रारम्भिक रोकथामका बारेमा जनचेतना पनि दिएको छ। डाक्टर गु शौ यी र उहाँको चिकित्सा टोलीको प्रयासमा नेपाली चिकित्सकको प्राविधिक विकास गराउनुका साथै स्थानीय रोगीले पनि अझ बढी उपचार पद्धतिको जानकारी थाहा पाएका छन्। त्यसबाहेक चिकित्सा टोलीको सहयोगमा आठ जना नेपाली चिकित्सकले चीनमा निशुल्क तालिक र शिक्षा पाएका छन्।

             हरेक वर्ष चिकित्सा टोलीले खासा भन्सारमा चीनबाट पठाइएको चिकित्सा सामग्री प्राप्त गर्ने गरेको छ। सन् 2014 मा औषधि र चिकित्सा सामग्री लाने समयमा नेपालमा वर्षायाम थियो। सो अवधिमा पहाडी क्षेत्रमा गएको पहिरोबाट यातायात अवरुद्ध पनि भएको थियो। त्यस्तो अवस्थामा डाक्टर गु आफैले टोलीको नेतृत्व गरेर सामग्री नेपाल पुर्‍याउने कार्य पूरा गर्नुभयो। सामग्रीको जाँचबुझ गर्ने र प्रतीक्षा गरिएको छोटो समयमै उहाँहरुले भन्सारमा तैनाथ सैनिकहरुलाई निःशुल्क शारिरिक जाँचबुझ गर्नुभयो।

           नेपालमा चिनियाँ चिकित्सा टोलीको प्रभाव विस्तार पार्नका लागि टोलीले चिनियाँ दुतावास तथा वाणिज्य कार्यालयको साथमा अरु चिनियाँ लगानी गरिएका अस्पतालको सुधार गरेको छ। जसबाट नेपालमा चीनको परम्परागत चिकित्साले अझ राम्रो प्रभाव पारेको छ।

            चिकित्सा टोलीका प्रमुखको हैसियतमा गुले चिकित्सा र व्यवस्थापन कार्य गर्नुका साथै फुर्सदको समयमा नेपाली चिकित्सकहरुसँगको आदान-प्रदानलाई पनि सबल पार्नुभएको छ। उदाहरणका लागि गत वर्ष अस्पतालद्बारा आयोजित खेलकुद समारोहमा चिनियाँ चिकित्सकहरुले धेरै कार्यक्रममा भाग लिएर राम्रो उपलब्धि हासिल गरेका थिए। यस्तो कार्यक्रममार्फत दुइ मुलुकका चिकित्सकहरुले आपसी बुझाइ र मित्रतालाई सबल पारिएको छ।

              यद्यपि सधैँ परिवारको याद आए तापनि चिनियाँ चिकित्सा टोली दुई देशको मित्रताको झण्डा भएर दुई मुलुकको दौत्य सम्बन्ध स्थापना भएको 60औँ वार्षिकोत्सवको उपलक्ष्यमा नेपालको स्वास्थ्य कार्यलाई अगाडि बढाउन र जनताको स्वास्थ्यस्तरलाई माथि उकास्नका लागि अझ सदिच्छापूर्ण सेवा गरेर चिनियाँ जनताको राम्रो छाप देखाउनुपर्ने कुरा डाक्टर गुले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ