फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका चिनियाँ पत्रकार

(GMT+08:00) 2015-05-21 09:38:42

            नेपालको राजधानी काठमाण्डौंस्थित हनुमान ढोकामा स्वतन्त्र रुपमा प्रवेश गर्न सक्ने चिनियाँ पत्रकारको संख्या थोरै छ र"विशाल फु"चाहिं तिनै पहुँच भएकामध्येका एक हुनुहुन्छ। नेपालको सूचना विभागले दिएको प्रेस प्रतिनिधि प्रमाणपत्र लिएर उहाँले सधैं नेपालका विभिन्न मन्त्रालय, राजनैतिक पार्टी र विभिन्न किसिमका संगठनहरुको भ्रमण गरी नेपाल सम्बन्धी सूचना विश्वसमक्ष प्रसारण गर्नुभएको छ।

           चिनियाँ प्रेस एजेन्सीअन्तर्गत नेपालस्थित प्रथम जिम्मेवारको हैसियतमा काम गर्नुभएका उहाँको वास्तविक चिनियाँ नाम फु यौङ खाङ हो। नेपाली साथीहरुले उहाँको नेपाली नाम "विशाल"भनेर राखिएका छन् त्यसैले"विशाल फु"उहाँको नयाँ नाम बनेको छ।

           सन् 2013 मा नेपालमा रही काम गर्दाको अनुभवबारे चर्चा गर्दै उहाँले चिनियाँ अन्तर्राष्ट्रिय रेडियो नेपाली सेवाका प्रमुख वर्षाप्रति आभार प्रकट गर्नुहुन्छ किनकि नेपाल आउनुअघि वर्षामार्फत् नेपालको सामाजिक, धार्मिक र राजनैतिक आदि विभिन्न पक्षबारे धेरै जानकारी हासिल गर्नुभएको थियो।

          नेपाली समाजसँगको घुलमिल विशालद्वारा लेखिएका समाचारको संख्या नेपालस्थित सबै विदेशी संचार-माध्यहरुको तुलनामा धेरै छन्। अनेकौं राजनैतिक प्रेस, थुप्रै हिन्दु धर्मावलम्वीका चाडपर्व र धेरै किसिमका अनौठा उखान तथा रीतिरिवाज लगायत विभिन्न विषयबारे उहाँले हरेक महिना झण्डै 20 वटा समाचार सामग्री र 10 वटा फोटो प्रसारण गर्नुहुन्छ। सप्ताहान्त बाहेक उहाँले हरेक दिन समाचार लेख्नुपर्दछ। यसका साथै नेपालको महत्वपूर्ण र ठूलो प्रेस त्यति धेरै नभएका हुनाले विशालले कहिलेकाहीं भारत र पाकिस्तान आदि छिमेकी मुलुकका समाचार सामग्री पनि प्रसारण गर्ने गर्नुभएको छ। स्थानीय मुख्य समाजिक गतिविधिमा संलग्न भएमा विविध खाले समाचारहरु पाउन सकिने उहाँको विचार छ।

            एक जना विदेशी पत्रकारका लागि स्थानीय मानिसहरुसँगको सम्बन्ध एकदमै महत्वपूर्ण कुरा हो। नेपालमा काम गर्नुअघि चिनियाँ प्रेस एजेन्सीका अध्यक्ष लिउ पैइ स्येनको नेतृत्वको एक टोलीले नेपालको भ्रमण गरी नेपालको उच्चस्तर र संचार-माध्यमसँग विस्तृत सम्पर्क स्थापित गरेको छ। यसको आधारमा विशालले चाडैँ नेपालका राजनैतिक पार्टीका नेतागण, विशेषज्ञ र संचार-माध्यमका केही साथीहरुको चिनजानपछि उहाँहरुमार्फत् अझै बढी नयाँ नयाँ साथीहरु पनि बनाउनुभएको छ।"झोलामा भिजिटिङ्ग कार्डको संख्या अझै बढी र हरेक महिनाको मोबाइल फोनको खर्च पनि उसैगरी बढ्दै जाँदा आफूलाई झनै खुसी लाग्ने गरेको उहाँको भनाइ छ। उहाँले थप्नुभयो- यो त मित्रहरुको संख्या बढ्दै गएको प्रमाण पनि हो।"

          चीन र नेपालबीचको सम्बन्धको"तात्तो मौसम" विश्वविद्यालयमा विशालको मुख्य विषय चिनियाँ भाषा हो। मास्टर डिग्री अध्ययन गर्दाको अवधिमा उहाँको मुख्य विषय अन्तर्राष्ट्रिय प्रेस थियो भने अमेरिकी सीबीएसका उप प्रेस सीईओ पिटर हर्फोर्डको सहायक पनि बन्नुभयो।"पिटर अन्तर्राष्ट्रिय प्रेस सम्बन्धी एक जना वरिष्ठ पत्रकार हुन्। उहाँको सहायक बनेपछि मैले अन्तर्राष्ट्रिय सम्बन्ध र अन्तर्राष्ट्रिय प्रेस प्रसारणमा अझै चासो लिने मौका पाइरहेको छु"उहाँले भन्नुभयो।

           विशालको विचारमा हिमाल पहाडले घेरिएको मुलुक-नेपालको भूगोल अद्वितीय भएका हुनाले अन्तर्राष्ट्रिय जल्दाबल्दा समाचारका विषय पनि धेरै छन्। उदाहरणका लागि तिब्बत मामिला, मुलुकको प्रजातान्त्रिक परिवर्तन, मानव अधिकार, जलवायु परिवर्तन र खेलकुद लगायतका धेरै समाचारका विषयमा पश्चिमा मुलुकका धेरै मुख्य संचार-माध्यमको नजर परिरहेको हुन्छ।

           विशेष गरी त्यो अवधि चीन र नेपालबीचको सम्बन्धको "हट मौसम"अहिले देखा परिरहेको छ। पैचिङले निकटवर्ती मुलुकहरुसँगको सम्बन्धलाई झन् महत्व दिएको छ भने नेपाल यीमध्येको एक हो। सन् 2014 सालमा चीन र नेपालले "एक पेटी एक मार्ग "सम्बन्धी आर्थिक र व्यापारिक सहयोगात्मक सम्झौतामा हस्ताक्षर गरेका छन्।दुई मुलुकले मानवीय सँस्कृति, पर्यटन, उड्डयन र लगानी लगायतका धेरै क्षेत्रको सहयोगलाई झन् घनिष्ठ पारेका छन्।

            त्यस परिस्थितिमा विशाल झनै व्यस्त बन्न पुग्नुभएको छ। सन् 2015 चीन र नेपालबीचको दौत्य सम्बन्ध स्थापनाको 60 औं वार्षिकोत्सव हो। अरनिको प्रदर्शनी, स्थनीय चिनियाँ भाषाको किताब प्रकाशन र चिनियाँ भाषा संचार-माध्यमको रचना आदि श्रृखंलाबद्ध कार्यक्रम बेग्ला बेग्लै रुपमा काठमाण्डौंमा आयोजना गरिएको छ। विशालको विचारमा यी सबै गतिविधिहरु महत्वपूर्ण छन्।

             समाचार लेख्नुबाहेक विशालले चिनियाँ प्रेस एजेन्सीको भिडियोलाई नेपालमा उपलब्ध गराउनुभएको छ। हालसम्म नेपालको राष्ट्रिय टेलिभिजन र हिमालय टेलिभिजनले नियमित समयमा चिनियाँ प्रेस एजेन्सीबाट प्राप्त भिडियो र वृत्तचित्रहरुलाई प्रसारण गर्ने गरेका छन्, यसलाई नेपाली संचार-माध्यमले चीन र नेपालबीचको प्रेस र सूचना आदान-प्रदानको एउटा प्रभावकारी भूमिका निर्वाह गरेकोमा उहाँको प्रशंसामा सम्मान पत्र पनि दिइएको छ। यसबाहेक चिनियाँ प्रेस एजेन्सीले प्रकाशन गरेको "चीन न्यूजवीक"नामक पत्रिकाअन्तर्गत दक्षिण एशियाली संस्करण(अंग्रेजी)लाई झन् बढी नेपालीमाझ फैलाउने योगदान पनि उहाँले गर्नुभएको छ।

            नेपाल चीनको एउटा ऐना धेरै मानिसहरुको विचारमा नेपाल 70 दशकको चीनको एउटा जिल्ला जस्तै देखिन्छ। काठमाण्डौं र पोखरा यी ठूला शहर 90 दशकका पश्चिमी चिनियाँ शहर जस्तै देखिन्छन्।

             विशालको विचारमा नेपाल चीनको एउटा ऐना जस्तै छ। नेपालका धेरै स्थानीय साथीहरुले चीन द्रूत गतिले विकसित र समृद्धि उन्मुख भएकोमा ईर्ष्या गर्दछन् र चीनको विकासले हासिल गरेको ठूलो सफलताको नेपाल पनि एक साक्षी भएको छ।

           तर यसका साथै नेपालीहरुको इमानदार र दयालु भावनाबाट सबैको मन रिझाउँछ। भर्खरै नेपाल आएको बेला उहाँले काठमाण्डौंको एउटा होटलमा दुई महिना बिताउनुभयो तर साहुजीले उहाँलाई पैसा तिर्नका लागि दबाव दिएका थिएनन्। यस्तो सहज वातावरण चीनमा नहुन पनि सक्छ।

          त्यसैले नेपाली मानिसहरुको विश्वास पनि चीनको एउटा ऐना हो। हिमालयको दक्षिणी ढलानबाट चीनलाई हेर्दा यो एक सिकाइ आदानप्रदान गर्नसक्ने प्रतिविम्व भएको ऐना हो।

जानकारी तथा लेखहरु
सुझाउ