फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली भाषा शिक्षार्थी

(GMT+08:00) 2015-05-21 09:37:06

          सन् 1963 मा चीनका तत्कालीन प्रधानमन्त्री चौ एन लाइको निर्देशनबमोजिम पैइचिङ्ग ब्रोडकाष्टिङ्ग इस्टिट्यूट (वर्तमान:चीनको संचार विश्वविद्यालय)मा नेपाली भाषा अध्ययनको बन्दोबस्त गरियो। तेह्र जना विद्यार्थीले नेपाली भाषा सिक्न थालेका थिए भने नयाँ चीन स्थापना भएदेखि पहिलापटक मुख्य नेपाली भाषा पढ्ने विद्यार्थीहरु पनि बनेका थिए। त्यसपछि हालसम्मको लगभग 52 वर्षमा नेपाली भाषा सिक्ने केही पुस्ताहरुले चीन र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध विकासका लागि महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्।

          सन् 1968 मा मुख्य नेपाली भाषाबाट स्नातक भएका छजना विद्यार्थीहरुले चीनको केन्द्रीय प्रसारण कार्य व्युरोअन्तर्गत विदेशी विभा(चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको पुरानो नाम)मा काम गरेर नेपाली प्रसारण स्थापना सम्बन्धी तयारी काम गर्न थालेका थिए। कुनै पनि पेशागत निर्देशन, शब्दकोष, विशेषगरी कार्यालय नभएको अवस्थामा थुप्रै कठिनाई पार गरी नेपाली प्रसारण सन् 1975 जुन 25 तारिखमा औपचारिक रुपमा शुभारम्भ भयो। नेपाली प्रसारणको प्रारम्भिक कार्यक्रममा समाचार, समाचार सन्दर्भ र संस्कृति, अर्थतन्त्र आदि विभिन्न विशेष कार्यक्रम समेटिएका थिए। यसका साथै आकस्मिक घटनासम्बन्धी विशेष कार्यक्रम पनि रहेको थियो। नेपाली सेवाका ती संस्थापकहरुले आफ्नो पेशागत ज्ञान र मेहनत प्रयासले चीन र नेपालबीचमा एक वायु पुलको स्थापना गरेका छन्। स्थापनाभएपछि नेपाली सेवाले सफलताका साथ नेपाली राजा, प्रधानमन्त्री, विभिन्न पार्टीका नेतासँग अन्तर्वार्ता लिएको छ भने नेपालका विभिन्न क्षेत्रका संगठन तथा समूहसँग मैत्रीपूर्ण आदानप्रदान र मित्रतालाई कायम राख्दै आएको छ। नेपाली सेवाका ती पुराना कर्मचारीहरुले चीन र नेपालबीच सरकारी तथा जनस्तरमा आदानप्रदानको विकासमा महत्वपूर्ण भूमिका सिर्जना गरेका छन्। हाल ती पहिलो पुस्ताका नेपाली भाषा कर्मचारीहरु सेवाबाट निवृत्त भएका छन् तरपनि निरन्तर रुपमा शब्दकोष लेखन, जनस्तरमा आदानप्रदान प्रवर्द्धन जस्ता विविध कार्यहरु गरिरहेका छन्।

          नेपालसँगको सम्बन्धलाई मजबुत बनाउने रणनीति र चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको अनुरोधमा आधारित चीनको संचार विश्वविद्यालयले दशबढी वर्षपछि सन् 1995 मा फेरि नेपाली भाषा अध्ययन नियमित बनाएको छ। जसबाट सन् 1999 र सन् 2004 मा दुई समूह नेपाली भाषा मुख्य विषय अध्ययन गरेका विद्यार्थीहरु स्नातक भएपछि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवामा हाल काम गरिरहेका छन्। हाल ती व्यक्तिहरु नेपाली सेवाको विकासका लागि केन्द्रीय शक्ति बनेका छन्। सन् 2003 को अप्रिलमा नेपाली सेवाले चीनमा नेपाली भाषाको पहिलो पत्रिका "मितेरी पुल" प्रकाशन गरेको थियो। सन् 2003 को डिसेम्बरमा नेपाली सेवाले चीनमा पहिलोपटक नेपाली भाषाको वेबसाइट सञ्चालन गरेको थियो। सन् 2009 को अगष्टमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोअन्तर्गत नेपाली भाषा कन्फ्युसियस कक्षा काठमाडौँमा स्थापना गरेको छ। सन् 2009 को अक्टोवरमा नेपाली सेवाको काठमाडौँबाट एफ एममार्फत रिले प्रसारण शुरु गर्‍यो। सन्2012 को अक्टोबरमा सीआरआई र क्यापिटल एफ एम 92.4 मेघाहर्जबीच सहयोगात्मक साझेदारी सम्बन्ध स्थापना भयो। सन् 2013 देखि नेपाली सेवा र नेपाली स्थानीय प्रकाशन संस्थाको संयुक्त संयोजनमा "हट नेपाल" पत्रिका नेपालबाट नियमित प्रकाशन हुँदै आएको छ। सीआरआई नेपाली सेवा‌ औपचारिक रुपमा नयाँ संचार युगमा प्रवेश गरेको छ।

          सीआरआई नेपाली सेवामा कार्यरत् नेपाली भाषा कर्मचारीहरुबाहेक अन्य नेपाली भाषाका शिक्षार्थीहरुले कुटनीति, शिक्षा आदि विभिन्न कार्यमा काम गर्न अनुमति छैन। सीआरआई नेपाली सेवामा कार्यरत चिनियाँ व्यक्तिहरुले चीन र नेपालबीचको सम्बन्धमा सक्रिय र जीवन्त शक्ति प्रदान गर्दै आएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ