फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

निगमको कर्मचारी

(GMT+08:00) 2015-05-21 10:05:21

नेपाल प्राकृतिक दृश्यले भरिएको निकै सुन्दर मुलुक हो। त्यहाँ नीलो आकाश र अग्ला हिमालय छन्। नेपाल भग्वानको मुलुक हो। हिन्दू धर्म र बुद्ध धर्मका मन्दिरमा हरेक दिन हार्दिक मानिसहरुले मुस्काएर अभिवादन गर्ने गर्दछन्। नेपालीहरु निकै शान्त र मैत्रिपूर्ण छन्। हरेक दिन आरामको सुस्त जीवन बिइरहेका हुन्छन्। यो नेपालमा यात्रा गर्ने हरेक विदेशीको मनमा परेको एउटा छाप हो। तर यी अवधारणाका पछाडि वास्तविक नेपाल चाहिं कस्तो छ नि? चिनियाँ व्यवसायअन्तर्गत नेपाली शाखामा काम गर्ने चिनियाँ कर्मचारी स्याउ चेनको कथा यस्तो छ।

सन् 2007 देखि 2011सम्म स्याउ चेनले जेड् टि ई कम्पनीअन्तर्गत नेपाली शाखामा काम गर्नुभयो। लगभग पाँच वर्षमा उहाँले हामीलाई थाहा नभएको नेपालको अवलोकन गर्नुभयो -

"हाम्रो कम्पनीमा काम गर्ने अधिकांश नेपालीहरु विश्वविद्यालयबाट स्नातक भएका छन्। नेपालीहरुमध्ये यिनीहरुको गुणस्तर उच्च स्तरीय छ। यिनीहरु इमान्दार भएर चिनियाँ कर्मचारीको निर्देशनमा काम गर्दछन्। राजनीतिमाथि यिनीहरु उत्साहित भएर विविध राजनीतिकआन्दोलनमा भाग लिन मन पराउँछन्। वास्तवमा यिनीहरुका केही कमजोरी पनि छन्। उदाहरणका लागि यिनीहरु सधैँ नै ढिलो कार्यालय पुग्छन्। क्षमता राम्रो भएका मान्छेहरु केही समय काम गरेर यूरोप वा अमेरिकामा जाने मनसाय राख्छन्। नेपालमा बेलायती शिक्षा राम्रो छ। अधिकांश मान्छेहरुलाई अंग्रेजी भाषा आउँछ। यो पर्यटनको विकासका लागि सहयोगी छ।"

दक्षिण एशियामा विशेषतायुक्त विस्तारप्रति अलि गुनासो लागे तापनि नेपाललाई दवावबाट मुक्त गर्ने राम्रो ठाउँ भएको स्याउ चेनले व्यक्त गर्नुभएको छ।

" आधुनिक कालमा मान्छहरुले व्यस्त रुपमा काम गर्नुपर्छ र दवाब पनि ठूलो छ। शरीर र मनलाई आनन्दित पार्नका लागि नेपालमा यात्रा गर्न राम्रो छ। नेपाल निकै राम्रो पर्यटकीय मुलुक हो। त्यहाँ पर्यटकीय खर्च कम हुनुका साथै सुरक्षा अवस्था पनि राम्रो छ।"

नेपालमा पाँच वर्षसम्म जीवन बिताएर रीतिरिवाज र संस्कृतिमा धेरै फरकपनको अनुभव स्याउ चेनले गर्नुभएको छ। चीनमा हामीले शिर निहुर्‍याएर उठाउनुको अर्थ हुन्छ भन्ने हुन्छ भने टाउको हल्लाउनुको अर्थ हुन्न भन्ने हुन्छ। तर नेपालमा त्यस्तो आकृतिको अर्थ उल्टो छ। नेपालमा विवाह गर्दा श्रीमतीले धेरै सम्पति दाइजोको रुपमा ल्याउनुपर्छ। चीनमा यो रीतिरिवाज फरक छ। यातायात दुर्घटना भएमा मान्छेहरुले पनि झगडा गर्दैनन्। स्याउ चेनका अनुसार, जीवनमा एउटा सानो कुरा उहाँलाई अनौठो लाग्छ

"नेपालीहरु निकै उत्साहित छन्। विशेषगरी चिनियाँहरुका लागि ज्यादैमैत्रीपूर्ण छन्। हामी चिनियाँहरुले बच्चालाई नसिलाइएको प्यान्ट लगाउने चलन छ। एकपटक मैले आफ्नी सानी छोरीलाई लिएर सडकमा धुमिरहेको थिएँ। धेरै नेपाली साथीहरुले मलाई छोरीको प्यान्ट च्यातिएको भनेर ध्यानाकर्षण गराए। विस्तारै-विस्तारै हिँड्दै आइरहेका एकजना बूढाले पनि हामीलाई पछ्याएर प्यान्ट विग्रेको सूचित गर्नुभयो। मेरो मनमा हालसम्म पनि अच्चम लागिरहेको विषय यो छ कि नेपालीहरुले कसरी आफ्ना बालबच्चा पिशाब गराउने होलान्?"

स्याउ चेनले नेपालमा काम गर्दाको समयमा नेपालको राजनीतिक अवस्था निकै अस्थिर थियो। बन्द र हड्ताल हुनु सामान्य थियो। तर बन्दको मौकामा स्याउ चेनले एकजना ठूलो मान्छेसँग भेट्नुभयो। त्यस क्षणको सम्झना गर्दै स्याउ चेनले यसरी भन्नुभयो-

"मैले प्रचण्डलाई एकदमै नजीकबाट देखेँ। सन् 2010 मे एक तारिखदेखि नेपालमा पाँच दिने बन्द आह्वान गरिएको थियो। पाँच तारिख दिउँसो साइकलद्बारा त्रिभुवन विश्वविद्यालयमा म साथी भेट्न गएको थिएँ। फर्कने बेलामा मैले बल्खुस्थित चक्रपथमा बन्दकर्ताहरु भेटेँ। त्यसबेला धेरै मान्छेहरुले बाटोमा झण्डा हल्लाइरहेका देखेँ। लगभग दश मिनेटपछि प्रचण्ड चढेको गाडी आयो। उहाँले गाडीमा उभिएर सर्वसाधारणलाई अभिवादन गर्नुभयो। गाडी विस्तारै मेरो निकै नजिकै आइपुग्यो। उहाँ नै मैले नेपालमा देखेका सबैभन्दा उच्च स्तरीय नेता हुनुहोला।"

कामका कारणले हाल स्याउ चेन चीन फर्कनुभएको छ। तर उहाँको मनमा नेपालमा काम गर्ने र जीवन बिताउने अनुभव विशेष र सबैभन्दा सुन्दर क्षण बनेर स्मृतिमा रहिरहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ