फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा होटेलको चिनियाँ साउजी

(GMT+08:00) 2015-05-21 11:08:40

            नेपालको राजधानी काठमाडौँको ठमेलमा एउटा चिनियाँले खोलेको चिनियाँ रेस्टुराँ तथा होटेल छ। नेपालमा घुम्नआएका धेरै चिनियाँ पर्यटकहरु यस होटेलमा बस्ने गरेका छन्। किनभने चिनियाँ पर्यटकहरुलाई यहाँ बसेपछि चिनियाँ खाना खान बाहिर जानुपर्दैन। यस चिनियाँ होटेलका व्यवसायीको नाम हो, ह छिङ्ग रूङ्ग। तर ठमेलमा बस्दैआएका अरु चिनियाँहरुले उनलाई याङ्ग कुआङ्ग अर्थात् सूर्यको ताप भन्छन् र उनको होटेलको नाम पनि यही नै हो।

           सो नाम कस्ले राखिदिएको भनी सोध्दा ह छिङ्ग रुङ्गले आफ्नो जीवनको सबैभन्दा कठीन समयमा साथीहरूले यो नाम दिएको बताए। किनभने सूर्यको तापले मानिसलाई न्यानो तथा उज्यालो मात्र नभई राम्रो भविष्य दिने पनि विश्वास गरिन्छ। साथै हले साथीहरूले दिएको नामलाई मन पराएका छन्। केहि वर्षदेखि सूर्यको तापले उनलाई सधैं समर्थन दिइरहेको छ।

          हले सानै उमेरदेखि नै चीनको विभिन्न ठाउँ घुम्नुका साथै काम पनि गर्न थालेका थिए। सन् 1987 मा उनको उमेर 16 वर्षको थियो। उनी हाई स्कूलपछि काम खोज्न र घुम्नका लागि आफ्नो घर अर्थात् चीनको दक्षिण भागबाट उत्तरी शहरमा आएका थिए।

            सन् 1987 देखि हले एक कम्प्युटर शिक्षकको सहयोगमा कम्प्युटरसम्बन्धी अध्ययन गरेका थिए। उनले आफैले पुस्तक किनेर पनि पढे। विस्तारै हले कम्प्युटरसम्बन्धी राम्रो ज्ञान हासिल गरेपछि बाहिरी कम्पनीमा काम गर्न थालेका थिए। सन् 2003 मा उनले कम्प्युटर प्राविधिक कम्पनीको स्थापना पनि गरेका थिए। त्यसपछिका केही वर्षसम्म उनले आफ्नो कम्पनी राम्रोसँग चलाए। तर सन् 2007 मा एउटा गल्तीको कारणले ह दुई वर्षसम्म जेल परे। त्यो दुई वर्षको जेल जीवनले उनको स्वतन्त्रता भङ्ग गर्‍यो साथै आत्मसम्मानमा पनि ठेस लाग्यो। जेल मुक्त भएपछि उनले आफ्नो पहिलाको काम छोडे। उनको विचारमा जीवनमा स्वतन्त्रता सबैभन्दा महत्वपूर्ण छ। त्यसपछि उनले एउटा मोटरसाइकलको साथमा बिभिन्न शहर घुम्न सुरु गरे।

           सन् 2009 मा उनी तिब्बततिर घुम्न गएका थिए। केही महिनाको यात्रापछि उनी राष्ट्रिय मार्ग 318 को अन्तमा पर्ने सानो शहर खासा पुगे। खासाबाट दक्षिणतर्फ नेपाल पर्छ। उनी खासामा दुई महिनासम्म बसेका थिए। सो अवधिमा उनले धेरै पर्यटकहरुसँग चिनजान गरे र साथीहरू पनि धेरै बनाए। खासा बसाइको अवधिमा धेरै पर्यटक आउनेजाने गरेको देखेर हको मनमा एउटा होस्टेल खोल्ने विचार पैदा भयो। पछि उनले एउटा याङ्ग कुआङ्ग नामक होस्टेल खासामा स्थापना गरे। सो होस्टेल स्थापनाको क्रममा उनले आफ्नो जीवनसाथी पनि पाए। उनीहरुले चिनजान भएको एक वर्षपछि विवाह गरे र हाल उनीहरूको एउटी छोरी पनि छन्।

           दुई हप्ताको यात्राले हलाई प्रभावित बनाएको थियो। यात्राको क्रममा सुन्दर दृश्य र नेपालीहरुको मित्रवत् व्यवहारलाई अहिलेसम्म पनि हले सम्झना गरेका छन्। उनको विचारमा नेपाल एउटा गरीब मुलुक भएतापनि यहाँका मानिस दयालु छन्। धेरै जसो विदेशीहरु यहाँ आएर धेरै खुशी हुन्छन्। यसै बेला यात्राको क्रममा हले हालको काठमाडौंस्थित होटेलको घरपति पनि भेटेका थिए। चीनफर्केपछि उनले नेपालको काठमाडौंमा एउटा होटेल खोल्ने विचार गरे। त्यसपछिको एक वर्षसम्म उनले होटेल खोल्नका लागि खासा र काठमाडौंबीच आउने-जाने धेरै पटक गरे। साथै उनले नेपालमा काम गर्ने र घुमफिरबीचमा धेरै फरक भएको पनि बताए। किनभने पर्यटक घुम्नजाँदा खुशी भएर सुन्दर दृश्यपान मात्र गर्न जान्छन्। नेपालमा काम गर्ने क्रममा उनले धेरै कठिनाईको सामना गर्नुपरेको बताए।

            हले भने वर्षभरि नै नेपालमा सांस्कृतिक चाड धेरै छन् र हरेक शनिबार धेरैजसो पसल बन्द गर्ने चलन पनि छ। पहिला ठमेलमा दशैं र तिहार चाडको अवधिमा पर्यटकहरुले कहिलेकाहीँ खाना खान पाउँदैन थिए। अहिलेको परिस्थिति फरक छ र धेरै भन्दा धेरै पसलहरू पनि शनिबार खुल्छन्। नेपाली कामदारहरु काममा त्यति छिटो छैनन्। चीनमा पाँच वा छ जना मान्छेले एउटा सानो रेस्टुराँ चलाउन सकिन्छ। तर नेपालमा त्यस्तै रेस्टुराँ चलाउन दश भन्दाबढी मान्छेको आवश्यक्ता पर्छ।

           एक पटक हले नेपाली भान्सेलाई भान्सा कोठा तथा वेटरलाई शौचालय सफा गर्न भनेका थिए। तर ती भान्से र वेटर खुशी भएनन्। उनीहरुको विचारमा यस्तो सफा गर्ने काम विषेश गरी सफा गर्ने मान्छेको जिम्मेवारी हो र उनीहरुको होइन। अनि कर्मचारीहरूले एक दिन होटेल बन्द गरेका थिए। हले बताए कि चीनमा एउटा सानो रेस्टुराँको कर्मचारीले सबै कामको जिम्मेवारी लिनुपर्छ। पाँच तारे स्तरको होटेलमा मात्रै एक कर्मचारीलाई एकै प्रकारको मात्र कामको जिम्मेवारी दिने गरिन्छ। हले आफ्ना कर्मचारीहरुसँग एउटा बैठक बसेर यस विषयबारे छलफल गरेका थिए। अन्त्यमा उनले एउटा चिनियाँ र नेपाली रेस्टुराँ चलाउने नियम बनाएर यस रेस्टुराँ राम्ररी सञ्चालन गरिरहेका छन्।

           केही वर्ष यता हले नेपालका विभिन्न ठाउँ पनि घुम्न थालेका छन् र उनलाई पोखरा धेरै मन परेको छ। उनले छ-सात दिनसम्म अन्नपूर्ण हिमालको ट्रेकिङ्ग पनि गरे। पुन हिलमा बसेर माछापुच्छ्रे हिमाललाई राम्रोसँग हेर्न सकिन्छ। उनले पोखरामा पनि एउटा चिनियाँ रेस्टुराँ खोल्ने विचार लिए र त्यस अनुरुप एक वर्ष लागेर उनले फेवाताल नजिक एउटा रेस्टुराँ निर्माण गरे। उनको रेस्टुराँ अगाडिबाट फेवा तालको सुन्दर दृश्य हेर्न सकिन्छ।

             नेपाल बसाइको यस अवधिमा हले नेपाल पुगेका चिनियाँहरुलाई सक्दो सहयोग गर्दैआएका छन्। एक पटक एक चिनियाँ विद्यार्थी सगरमाथा ट्रेकिङ्गको क्रममा बेहोश भएका थिए। नेपालस्थित चिनियाँ दूतावासका कर्मचारीले राति उनलाई फोन गरेर त्यस चिनियाँबारे केही जानकारी नपाएको र होटेलको व्यावसायिक कार्ड भेटेको जानकारी दिएको थियो। त्यसपछि हले आफ्नो खासास्थित होस्टेलबाट सो चिनियाँ केटाको परिचयपत्र लगायतको जानकारी तुरुन्तै चिनियाँ राजदुतावासलाई दिएका थिए। हको सहयोगबाट सो चिनियाँ केटाको परिवारलाई सम्पर्क गर्न सकिएको थियो।

             हलाई आउँदा दिनमा के काम गर्नुहुन्छ त भनी प्रश्न राख्दा श्रीलंका जाने इच्छा व्यक्त गरे। उनले त्यहाँ अर्को अन्तर्राष्ट्रिय होटेल र रेस्टुराँ खोल्ने विचार लिएका छन्। दुई वर्षको जेल जीवनले हलाई धेरै पीडा दिएतापनि उनले ज्ञान तथा साहस भने बटुलेका छन्। जीवनमा स्वतन्त्रता पैसाबाट पाइँदैन तर सहज रुपमा जीवन बिताउनलाई भने स्वतन्त्रता चाहिन्छ। आउँदा दिनमा पनि उनको भविष्य उज्जवल र शानदार हुने मेरो विश्वास छ।

जानकारी तथा लेखहरु
सुझाउ