फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ नूडल रेस्टुराँ

(GMT+08:00) 2015-05-21 10:15:02

            सबेरै पाँच बजे काठमाण्डौंमा मन्दिरहरुमा हिन्दु धर्मावलम्वीहरुले पूजा गरिरहेका बेला चिनियाँ चाउचाउ घरमा केही युवाहरुले आफ्नो काम शुरु गर्दैछन्। नेपालको राजधानी काठमाडौंस्थित ठमेलमा रहेको एउटा सानो रेस्टुरेण्ट पुग्दा आफ्नै घरको भान्साघरमा पुगेजस्तै आनन्द लाग्छ। यस चाउचाउ घरका सबै सामान चिनियाँ शैलीका छन्। लेखन ब्रशद्वारा लेखिएको मेनु, पीच फूलको चित्र कोरिएको काठको टेबुल र पँखामा एउटा चिनियाँ चिया राखिएको छ। यस चाउचाउको घर उसको नाम जस्तै चिनियाँ शैलीको लाग्छ।

           यस रेष्टुरेण्टमा काम गर्ने तीन जना युवाहरुको नाम स्याउ कु, रौङ रौङ र स्याउ चाङ हो। उनीहरुले यस रेष्टुरेण्टका साहुजी ली ल्याङजस्तै हरित नदी सँगठनका स्वयंसेवक हुन्। ली ल्याङ एक अनुभवी र रंगीन व्यक्ति हुन्। "एक्स बियर"बाह्य आपूर्ति पसलका प्रबन्धक र चिनियाँ पर्वतारोहण सँघका पहिलो सदस्यको हैसियतमा उनलाई पर्वतारोहण मन पर्दछ। यसका साथै उनी मायालु छन् र वन छ्याङ भूकम्पमा उनीले चङ तुमा पर्ने आफ्नो सबै सामान प्रकोपग्रस्त क्षेत्रलाई दान गरेका थिए। यस सानो चाउचाउ घरबाट ली ल्याङको आफ्नो अनुभव देखाउन सकिन्छ:भित्तामा ओलम्पिक खेलकुदको पवित्र राँको सगरमाथा रिले कार्यक्रमका आयोजकहरुसँग खिचेको फोटो झुण्ड्याइएको छ। यस रेष्टुराँको मुख्य चाउचाउको नाम सगरमाथा हो जसको मात्रा ठूलो छ,र हरेक मेनुमा "हरित नदि सँघका सदस्य र सगरमाथाको शिखर आरोहण गर्ने सबैलाई यहाँ निःशूल्क"भनेर लेखिएको छ। हरित नदी सँघका पुराना स्वयंसेवकको हैसियतमा उहाँले यस चाउचाउ घर खोल्नाले चिनियाँ संस्कृति र चिनियाँ मिठो खानाको प्रचार गर्न मात्र नभई अरु युवा स्वयंसेवकहरुलाई रोजगारीको चौतारो प्रदान गर्न पनि चाह्‌नुभएको देखिन्छ।यस चाउचाउ घरमार्फत ती युवाहरुले सार्वजनिक सेवाका गतिविधि गर्नुका साथै उनीहरुको जीवनको अनुभूति पनि प्रत्याभूत गर्न सकिन्छ।उहाँले भन्नुभयो-

          "स्वयंसेवकहरुले लामो समयदेखि आफ्नो पैसा प्रयोग गरेर सार्वजनिक सेवाको जिम्मेवारी लिनु सजिलो कुरा हैन। त्यसैले हामीले यस चाउचाउ घर परियोजनामार्फत् बढी स्वयंसेवकहरुलाई प्रत्याभूति प्रदान गर्नुका साथै बढी मानिसहरुलाई हाम्रो परियोजनामा संलग्न हुन हौसला मिल्ने आशा पनि लिएका छौं।"

            त्यसैले केही समयपछि उहाँले चाउचाउ घरको दश प्रतिशतको नाफा हरित नदीलाई प्रदान गर्नुभएको छ। उहाँले सार्वजनिक कल्याणकारी उत्तरदायित्व र व्यापारसँग जोडिएको सफल तरिका पहिल्याउने आशा लिनुभएको छ। त्यसैले त्यति छोटो समयमा ली ल्याङले केही नाफा हरित नदि सँघ र तिब्बती पहाडको उद्धार टोलीलाई प्रदान गर्नुभएको छ।

            चिनियाँ चाउचाउ घर खुला गरेको समय छोटो भएता पनि अतिथिहरुको संख्या ठूलो छ। विहान चिनियाँ दूध र बेसरी तारिएका पीठाका लहरा छन्, भने मध्यान्हमा विभिन्न किसिमका चाउचाउ र तरकारी छन्। त्यस्तै दिउँसो बा बी क्वी,बियर र विभिन्न किसिमका विशेष खाना राखिएका छन्। यस्तो प्रामाणिक चिनियाँ मिठो खानाबाट विदेशी मुलुक भएता पनि चीनमा बसेको जस्तै लाग्छ। यस चाउचाउ घरका कर्मचारी स्याउ कु,रौङ रौङ र स्याउ चाङ यी तीन जना युवाहरुले सँयुक्त रुपमा यस घरको व्यापार गरेका छन्।उनीहरुको काम सबेरै पाँच बजेदेखि राती बाह्र बजेसम्म हुन्छ त्यसैले धेरै थकाइ पनि लाग्छ तर पनि खुसी लाग्छ। रौङ रौङले यो चाउचाउ घर आफ्नो बच्चा जस्तै भएका हुनाले थकाइ लागे तापनि सुखी लागेको बताउनुभयो।

          नेपालका सबै चिनियाँ मान्छलाई थाहा भएर मात्र नभई नेपालको पर्यटनसम्बन्धी वेबसाइटमा पनि प्रस्ताव गरिएको छ। ठूलो मात्रा चाहिं यस चाउचाउ घरको ठूलो विशेषता हो। अहिले चाउचाउ खान यहाँ आएका अतिथिहरुको संख्या झन् बढ्दै गैरहेको छ। त्यसैले ली ल्याङले नेपालका अरु शहरमा चिनियाँ चाउचाउ घर खोल्ने विचार लिनुभएको छ।ली ल्याङले आफ्नो व्यापार गर्नुका साथै आफ्नो सामाजिक कल्याणकारी दायित्व सम्बन्धी सिद्धान्तलाई नेपाल पुर्‍याउनुभएको छ। उहाँले नेपालको अनाथालयको ठूलो उमेरका बालिकाहरुलाई चिनियाँ तरकारी पकाउन सिकाउने तालिम दिनुका साथै उनीहरुलाई आयआर्जनको मौका पनि दिनुभएको छ। उहाँको विचारमा ती बालिकाहरुले केही प्रविधि सिकेपछि उनीहरुका लागि साँच्चै उपयोगी हुनसक्नेछ। ली ल्याङले भविष्यमा अनाथलयका बढी बालिकाहरुलाई तालिम दिएपछि उनीहरुलाई बढी चिनियाँ मिठो खाना र संस्कृति बुझाएर बढी मानिसहरुलाई मद्दत गर्नसकिने कुरा पनि हामीलाई बताउनुभएको छ।

              सपना कहिलेकाहिं त्यति ठूलै हुनु पर्छ भन्ने छैन। एउटा कचौराको चाउचाउ, केही मानिसहरु,एउटा सपना र एउटा विश्वास यति भए पुग्छ। एउटा उखान छः विश्वमा सबभन्दा महान कुरा मान्छेको भावना हो। त्यसैले साधारण जीवनमा सपनालाई साकार तुल्याउनु यसलाई हामीले सम्मान गर्नुपर्दछ।

जानकारी तथा लेखहरु
सुझाउ