फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल सम्बन्धी पुस्तकका खेलक

(GMT+08:00) 2015-05-21 10:39:43

केही मानिसको विचारमा युवाले आफ्नो इच्छाअनुसार टाढा ठाउँको भ्रमण गर्नुपर्छ। यसै क्रममा सन् 2013 जून महिनामा छङ्ग तु शिक्षा इन्स्टिच्युटमा तीन वर्षको पढाइ सकाएका विद्यार्थी छन यु हाङ्गले फरक विद्यालयका तीन जना स्वयम-सेवक विद्यार्थी सँगसँगै हिमालयको दक्षिणी भागमा अवस्थित नेपाल गएर एक महिनाको लागि शैक्षिक योगदानको यात्रा गरेका थिए। अनि तिनीहरूले यस यात्राबारेको कथालाई निरन्तर रुपमा चीनका विभिन्न पर्यटनसम्बन्धी वेबसाइटमा राखेका थिए। अन्तमा यी कथाहरूलाई सम्पादन गरेर "निपोआर यौ इचोङ्ग छङ्ग चाङ्ग च्याउ ल्यू सिङ्ग" अर्थात् नेपालीमा भावार्थ "नेपालको भ्रमणबाट मनोबल उच्च" शीर्षकमा पुस्तक प्रकाशन गरेका छन्। चीनका लागि नेपालका वर्तमान काउन्सलर रामप्रसाद सुवेदीले यस पुस्तकको पहिलो पृष्ठमा प्रशंसासहित दुई शब्द पनि लेख्नुभएको छ। नेपालका उपप्रधानमन्त्री एवम् गृह मन्त्री वामदेव गौतमले सन् 2014 अक्टोबर महिनामा चीनको भ्रमणको अवधिमा उक्त पुस्तकको उच्च मूल्याँकन गर्दै यस्ता पुस्तकले चीन-नेपालबीचको आदान-प्रदानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको व्यक्त गर्नुभएको थियो।

भर्खरै स्नातक उत्तीर्ण भएका छन यु हाङ्ग सो पुस्तकको लेखकहरूमध्येका एक हुन्। उनी हाल स छ्वान प्रान्तको छङ्ग तु शहरको एउटा इन्टर्नेट कम्पनिमा काम गर्दै आइरहेका छन्। सन् 2014 को अक्टोबर महिनाको अन्तमा छन यु हाङ्गले म्येन याङ्ग शहरको एउटा पुस्तक पसलमा उपस्थित पुस्तकप्रेमी तथा पाठक र साथीहरूबीच उनको नेपाल भ्रमणको अनुभव सुनाएका थिए।

छन यु हाङ्गले पढाउन सहयोग गरेको विद्यालय नेपालको ललितपुर जिल्लाको दक्षिणी क्षेत्रको एउटा सानो गाउँमा पर्दछ। विद्यालय-कोठा स्थानिय बासिन्दाबाट भाडामा लिइएको छ। विद्यालयको नाम रङ्गिचङ्गि पेटिङ्गद्वारा ढोकाको माथिल्लो भागमा लेखिएको छ। नेपाल आउनुअघि नै छन यु हाङ्गले विद्यालय अलि पूरानो हुने अनुमान गरेका थिए। तर त्यहाँ पुगेपछि उनले प्रबन्ध केही पूरानो तथा शिक्षक-शिक्षिकाको अभाव भएतापनि भएकाहरू फुर्तिला एवम् न्यानो अनुभव गरेका थिए।

छन यु हाङ्गले मुख्यतया केटा-केटीलाई जनावर, फलफूल तथा फुलको चित्र कोर्न सिकाएका छन्। उनले चीनबाट धेरै सामग्री ल्याएर स्थानिय केटा-केटीलाई दिएका छन्। नेपाली केटा-केटीको कल्पना शक्ति तथा सिर्जना शक्तिप्रति उनलाई आश्चर्य लागेको छ।

छन यु हाङ्गले चीन फर्केपछि कहिलेकाहिँ नेपाली केटा-केटीको सुन्दर अनुहार, निष्कपट नजर तथा न्यानो मायालाई सम्झेका छन्। नेपालमा बसेका दिनहरूमा उनको मन निकै न्यानो अनि एकदम खुशि छाएको थियो। साथै छन यु हाङ्गले नेपालको अनुभवबाट अहिलेको जीवनलाई अझ ध्यान दिएको पनि बताए।

"हामी चीन फर्कनुअघि विद्यालयका प्रमुखले हाम्रो लागि एउटा समारोहको आयोजना गर्नुभएको थियो। त्यस कार्यक्रममा उहाँले स्थानिय खानाको साथै माछा तयार गर्नुभएको थियो। त्यस कुराले हाम्रो मनलाई निकै छोएको छ। सर्वप्रथम त्यस स्थानमा माछा पाउन निकै कठिन छ। हाम्रो नेपाल बसाइको अवधि अर्थात् एक महिनाभित्र माछा खान पाएको अवसर त्यो नै पहिलो हो। चीनमा माछा खाँदा हामीले माछाको हड्डी फाल्ने गर्छौं। तर नेपालमा सबैले माछाको हड्डीसमेत खाने गरेका देख्यौं। साथै हामीले माछाको हड्डी छेउमा राखेको बेलामा तिनीहरूले तिमीहरू किन माछाको हड्डी खाँदैनौं भनी प्रश्न समेत सोधेका थिए। चीनमा माछा खानु एउटा एकदम सामान्य कुरा हो तर नेपालमा पाउन गाह्रो छ। तिनीहरूले हामीलाई एकदम सम्मान गरेका छन् र हामीसित हार्दिकताका साथ आदान-प्रदान गरेका छन्। जे होस्, हामीले पाएको जीवनमा खुशी मनाउनुपर्छ।"

धेरै जसो मानिसले पहिलो पटक विदेश जाँदा पर्यटनलाई छान्ने गर्दछन्। तर छन यु हाङ्गले आफ्नो पहिलो भ्रमणलाई अझै बढी अर्थपूर्ण बनाउन नेपालमा शैक्षिक सहयोग छानेको हो। कोही कसैले यस्ता कुरा अलि अत्यासलाग्दो भन्ने सोच्छन्। तर छन यु हाङ्गको विचारमा नेपाल एउटा निकै मैत्रिपूर्ण मुलुक हो र युगौंयुगदेखि चल्दैआएको चीन-नेपाल मित्रताले दुई मुलुक बीचको जनताबीच आवत-जावत गर्नका लागि अडिग जग बसालेको छ। श्री छनको जानकारीअनुसार, उनी बसेको घर परिवार हिन्दू धर्मावलम्बी हुन्। र त्यस घरकी महिलाले हरेक बिहान साढे छ बजे उठेर पुजाआजा गर्ने र सबै लगायत छन यु हाङ्गलाई समेत टिका लगाइदिने गरेकी थिइन। छनले मित्रवत् तथा दयालु स्थानिय सर्वसाधारणबाट जिम्मेवारी तथा कृतज्ञता अझै राम्ररी बुझेका छन्। यसका लागि उनले अझ बढी मानिसलाई स्वयम-सेवकको हैसियतमा नेपालको भ्रमण गर्न आव्हान गरेका छन्।

"हामीले आममानिसहरूलाई स्वयम-सेवकको हैसियतमा नेपालको गाउँठाउँ गएर स्थानिय जनजीवनको अनुभव गर्न अपील गरेका छौँ। यसका साथै सकेसम्म केही उपयुक्त पढाइ सामग्री स्थानिय विद्यालयलाई चन्दास्वरुप दिनुहोस्। किनकि स्थानिय शिक्षा वास्तविकतामा अपेक्षाकृत पछि छ,विशेषगरी शैक्षिक श्रोतको निकै अभाव छ। त्यसैले मैले चिनियाँ साथीहरूलाई केही पढाइ सामग्री चन्दास्वरुप दिन आव्हान गरेको छु। तपाईँले नेपालमा एक महिनाको शैक्षिक सहयोग गर्नुपर्दैन। त्यो गाउँमा गएर शैक्षिक सहयोगात्मक बस्तु प्रदान गरे पुग्छ। यसबाट स्थानिय समाजको शैक्षिक स्तर उकास्नका लागि आफ्नो सुक्ष्म शक्ति प्रदान गर्नसकियोस्।"

   यसै क्रममा छन यु हाङ्गको अनुभवले वाङ्ग शानको मनलाई छोएको छ। उनी स छ्वान प्रान्तको म्येन याङ्ग शहरको पियानो शिक्षिका हुन्। उनले छन यु हाङ्गले आफुले गर्नखोज्दैआएको सपना साकार तुल्याएको ठहर लिएकी छिन्। सन् 2014 जूलाई महिनाको अन्त्यतिर वाङ्ग शानले नेपाल गएर स्थानिय प्राथमिक विद्यालयसित सम्पर्क गर्दै स्वयम सेवकको काम गर्नखोजेकी छिन्। तर अन्तमा समय अभावका कारण यो काम व्यवहारमा उतारिएको छैन। उनले आफ्नो उपहार नेपालको सडकमा एउटा विद्यालयको गाडि देखेपछि उक्त गाडिलाई दिएकी थिइन। वाङ्ग शानले छन यु हाङ्गको शैक्षिक सहयोगको अनुभव सुनेपछि फेरि नेपाल जाने विचार उत्पन्न भएको बताइन।

"मैले उनको अनुभव सुनेपछि फेरि पनि नेपाल जाने विचार लिएको छु। मैले नेपाल जाने बेलामा अथवा नेपाल जान तयारी गरेका सबै साथीले छन यु हाङ्गको नेपाल यात्राको कार्यक्रम सिकेर आफ्नो यात्रालाई योजनाबद्ध बनाउने आशा लिएकी छु। मेरो विचारमा यस्तो गरेर निराश हुने छैन, खुशी लाग्ने छ।"

  वाङ्ग शानले नेपालको काठमाण्डौ,चितवन तथा पोखराको भ्रमण गरेकी थिइन। उनको विचारमा पनि नेपाल निकै आकर्षक छ। नेपाल विश्वमा गरीब मुलुकहरूमध्येको एक मानिएता पनि स्थानिय सर्वसाधारणको खुशीको अनुहार एउटा मूल्यवान सम्पत्ति हो।

"नेपालले मलाई निकै राम्रो छाप छोडेको छ। मेरो विचारमा नेपाली एकदम उत्साही हुनुका साथै चीनप्रति निकै चासो देखाउने गरेका छन्। नेपालको धार्मिक सँस्कृतिले पनि मलाई आकर्षित गरेको छ। नेपालीहरूले हाम्रो जीवनप्रति त्यति चासो देखाएको छैन जस्तो लाग्छ। बरु हामी नेपालीको जस्तो जीवन बिताउन मन पराउँछौँ। उनीहरूको जीवन सरल छ। उनीहरूसित धेरै पैसा छैन। हाम्रो जस्तो उनीहरूको खानेकुरा र लुगाफाटा राम्रो छैन। तर उनीहरूको मानसिक भाव एकदम धनी एवम् प्रचुर छ।"

  नेपालमा शैक्षिक सहयोगात्मक यात्रा गरेबाट स्वयमसेवक लाभान्वित भएका छन्। एक भनाइ जस्तै मान्छेका लागि दशौँ हजार किताब पढ्नुभन्दा दशौँ हजार बाटोको यात्रा गर्नु अझ हितकर हुन्छ। छन यु हाङ्गले यसलाई स्वीकार गरेका छन्। उनको विचारमा शैक्षिक सहयोगात्मक यात्राबाट उनको निहित विशेषता उजागर भएको छ र सही दिशातर्फ अघि बढ्न सहयोग गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ