फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा सुन्दर खोज्ने फोटोग्राफर

(GMT+08:00) 2015-05-21 10:48:53

               नेपाल एउटा रमणीय दृष्य र दीर्घकालीन इतिहास बोकेको सांस्कृतिक मुलुक हो। यो पर्वतारोहीका लागि मात्र होइन फोटोग्राफरलाई पनि सबैभन्दा मनपर्ने मुलुक हो। त्यस्तै एक सामान्य फोटोग्राफर तथा सामान्य स्मार्टफोन मात्र बोकेकी चिनियाँ केटी ल्यू वान चनले पनि नेपालको यात्रामा धेरै सुन्दर फोटो खिचेकी छिन्।

             सत्ताईस वर्षीय ल्यू वान चनको शाङ्गहाईमा आफ्नो फोटो स्टुडियो पनि छ। तर उनी जटिल मशिन र डिजिटल प्रबन्धको प्रयोग गर्दिनन्। उनको विचारमा कुनै मशिनले आँखाका लागि क्षणभरको तस्विर मात्र दिन्छ। र फोटो खिच्न स्मार्टफोन प्रयोग गर्न मन पराउनुको कारणबारे बताउँछिन्।-

             अति सुन्दर मनोरम दृष्यको अवस्थामा परिवर्तन आइरहेको हुन्छ। त्यस दृष्य एक सेकन्डमा परिवर्तन हुन्छ। अति छोटो छ। यस छोटो समयमा तपाईँलाई व्यावसायिक मशिनको तयारी गर्न समय हुँदैन। मशिनको समायोजन गर्न पनि समय लाग्छ। हरेक दिन त्यस्ता मशिनको सदुपयोग गर्न सकिँदैन। स्मार्टफोनमा पनि त्यस्ता प्रविधि प्रयोग भएतापनि प्रयोग गर्न सकिँदैन। त्यसैले हरेक दिन असंख्य दृष्यावस्थाहरू कैद गर्न पाइँदैन।

              नेपाललाई आफ्नो गन्तव्य स्थल बनाउनुको कारण भने साथीले शेयर गरेको फोटो हो। ल्यू वान चनलाई त्यस फोटोले आकर्षित गर्‍यो।

              साथीहरुले नेपालमा केही फोटोहरू खिचेका थिए। मैले हेरेँ, मलाई अचम्म लाग्यो। नेपाल त्यस्तो रमणीय छ, र भन्ने लाग्यो।

               त्यसैले यसै वर्षको मार्चमा ल्यू वान चनले एउटा स्मार्टफोन बोकी नेपालको यात्रा गरिन्।

              उनी युरोप, जापान लगायतका विकसित मुलुक गइसकेकी छिन्। तर उनले सबैभन्दा मिस गरेको मुलुक नेपाल हो। गएका सबै मुलुकहरुमध्ये नेपाल मात्र फेरि एक पटक जाने इच्छा छ, उनको। नेपाल सम्बन्धी अनुभव सुनाउँदै उनी भन्छिन्- धेरै अचम्म तुल्यायो। पहिले विकसित मुलुक मात्र गएको थिएँ। अनि नेपाल पुगेर अर्को अनुभव सङ्गाल्ने विचार गरेको थिएँ। त्यहाँको प्राकृतिक दृष्य वा वातावरणबाट भिन्न अनुभव पाएँ। मानिस तथा केही जानकारी राखेको संस्कृति र इतिहास पनि भिन्न छ। तर मुख्य कुरा चाहिँ त्यहाँका मानिसहरूको चालचलन र तिनीहरूको जीवनको दृष्य हो। दृष्यले मलाई चकित् तथा रोमाञ्चित बनायो।

            चिनियाँ भाषामा लेखिएका सङ्केत-बोर्ड तथा जटिल बाटो भएको काठमाडौँको केन्द्रीय क्षेत्र ठमेलबाट निस्केर ल्यू वान चनआफै एक्लै वरिपरिको सानो गाउँ घुम्न गइन्। उनी नेपालको गाउँले जीवन बिताउन चाहन्छिन्। साथै स्मार्टफोनमार्फत त्यस दृष्यहरू कैद गर्न चाहन्छिन्।

             अरु फोटोग्राफरभन्दा फरक छिन्। ल्यू वान चनको स्मार्टफोनमा माछापुच्छ्रे र फेवा तालको फोटो छैन। उनको फोन विभिन्न अनुहार र सडकको दृष्यले भरिएका छन्।

             मेरो विचारमा कुनै पनि कुरा व्यक्तिको फोटोको तुलनामा रमाइला हुँदैन। व्यक्तिको चित्रले धेरै कुरा बताउँछ र असीमित छ। तर प्राकृतिक दृष्य सुन्दर र रमणीय मात्र हो। मान्छेका फोटोहरू भिन्न-भिन्न हुन्छ। यस्ता विविध फोटोहरुले एक किसिमको ताजगी दिन्छ।

            ल्यू वान चनको स्मार्टफोनमा थकित्, आशातीत् आदि किसिमका अनुहारभाव छन्। समान्यतया फोटो खिचेर त्यसै व्यक्तिसँग कुराकानी गर्छिन्। त्यस पछि फोटोमा देखिएको अनुहारको भावबारेमा केही जानकारी राख्छिन्।

            उदाहरणका लागि मैले एक सानी केटीसँग फोटो खिची उनीसँग हल्का कुराकानी गरेँ। उनीसँगको कुराकानीबाट मैले केही थाहा पाएँ। दश मिनेटअघि ती सानी केटीका आमाले उनलाई पैसा दिनुभएको रहेछ। सानी केटीले त्यो पैसा दाजुलाई दिएपछि दाजु उनका लागि चकलेट किन्न गए। त्यसैले सानी केटी त्यहाँ दाजुलाई पर्खदै रहिछन्। त्यसैले फोटोमा सानी केटीको अनुहारभाव आशातीत् छ।

          एक फोटोग्राफरको हैसियतमा यसबेला उनको काम वरिपरिको वातावरणको सदुपयोग गरी उपयुक्त दृष्यको संरचना गर्नु र कैद गर्नु हो।

           ल्यू वान चनलाई नेपाल मनपर्नुको कारण के हो भने- तीव्र गतिको ठूलो शहरमा जीवनयापनको क्रममा रिल्याक्स तथा आनन्दित हुने समय छैन। काम र जीवनका विभिन्न दबावका कारणले पनि नेपालको भ्रमण सार्थक छ। नेपालीहरुको शुद्ध, पवित्र तथा मैत्रीपूर्ण भावनाको हालसम्म पनि उनी सम्झना गर्छिन्। यसो सम्झदा पनि उनलाई आनन्द लाग्छ रे। नेपाललाई सम्झेर पुग्दैन, फेरि पनि जानुपर्छ र अझ धेरै फोटो खिच्नुपर्छ भन्ने उनको धारणा छ।

            उनी भन्छिन त्यसैले मेरो विचारमा फेरि एक पटक जानुपर्छ। नेपाल फेरि एक पटक जानेछु।

जानकारी तथा लेखहरु
सुझाउ