|
|
|
||
तीस वर्षका ल्यु पै क चिनियाँ ओपेरा इस्टिच्युटबाट चलचित्र-टेलिभिजन नाटक अभिनय मुख्य विषय बनाएर स्नातक हुन्। सांस्कृतिक कला चौतारोमा कार्यरत धेरैजसो युवा अभिनेतासित समानता राख्ने ल्यु पै क अग्ला तथा रुपवान त छँदैछन् बरु उनका सामु विविध क्षेत्रबाट आएका चुनौती,कठिन परिस्थिति र छनौटका उपाय पनि उपस्थित भएका देखिन्छन्। दिग्भ्रमित र अचम्मित हुँदै नेपालको एक आकस्मिक यात्राबाट उनी अप्रत्याशित अनुभव सँगाल्छन्। नेपालमा उनी आफ्नो अदृश्य पखेटाको खोजी गर्दछन्।
ल्युले आफूलाई यसरी मूल्याङ्कन गरेका छन्: एक आत्मविश्वासी, आरामदायक र मनमौजी मान्छे। स्नातक भएपछि उनी अभिनयको पाटोमा सुचारु र सफलताका साथ लागे। तर अभिनय क्षेत्रबाट हासिल गरेको उपलब्धि र उनको मनमा बसेको उत्साह तथा इच्छाबीच मेल खाँदैन। त्यसैले अभिनयको बाटो त्याग्ने वा नत्याग्ने प्रश्न उनको मनमा जन्मिएको छ। हालको काम छोडेर अन्य फरक जीवन रोज्नका लागि धेरै नै साहस र अनुकूलता मिलाउनुपर्ने हुन्छ। केही समय ल्युले यस प्रश्नमाथि सोच्दा सोच्दै धेरै दिक्क मान्न थाले। उक्त दुखलाग्दो अवधिको पुनरावलोकन गर्दै ल्युले भने'आफ्नो मनमा रहेको विभिन्न विचारहरु जटिल बन्दै जाँदा मानिसलाई शान्त वातावरणको आवश्यकता पर्छ। आफ्नो मनसँग प्रत्यक्ष कुराकानी गर्दै शक्ति जुटाउन सकिन्छ।'त्यस बेलामा अप्रत्याशित शक्तिले ल्युलाई नेपालतर्फ आकर्षित गरेको थियो।
"मेरो एक योजना छ: हरेक वर्ष एक स्थानको यात्रा गर्ने। भित्री मंगोलिया सधैँ नै मेरो मनमा गढेको एक आकर्षक गन्तव्य हो। तर सहकर्मीसँग कुराकानी गर्दा तिब्बतसँग सम्बन्धित जानकारी पनि लिएको छु। भित्री मंगोलियाभन्दा तिब्बत एक अझ बढी रोचक स्थान होला भन्ने मलाई लागेको छ। त्यसैले मैले दुई दिनमा टिकट बुक गर्नुका साथै यात्रा सम्बन्धी सबै सामान तयार गरेँ। तिब्बतमा पुगेपछि मलाई थाहा भयो कि त्यहाँ नेपाल जाने भिसा सजिलोसँग पाउन सकिन्छ। धेरै मान्छेहरु नेपालमा जाने इच्छा गर्छन्। त्यसकारण मलाई पनि नेपालमा जान रुची जाग्यो।"
तिब्बत जानुअघि ल्यु पै कलाई नेपालबारेमा कुनै पनि जानकारी थिएन। बसद्बारा तिब्बतबाट खासासम्म र खासाबाट काठमाडौँसम्म पुगेका उनले बल्ल नेपाल भन्ने ठाउँ देखे। ल्युका लागि नेपाल एक अनौठो र मैत्रीपूर्ण स्थल हो। यसप्रति ल्यु भन्छन् 'नेपाल धेरै मजाको छ। नेपाली जनताहरु पनि एकदमै मिलनसार छन्। मैले धेरै मुलुकको यात्रा गरेँ। उदाहरणका लागि भियतनाम, फिलिपिन्स आदि त्यहाँका धेरै मान्छेहरुले पैसालाई जोड दिन्छन्। तर नेपालीहरुले चिनियाँ जनताप्रतिको मैत्रीभावले मेरो मनमा गहन छाप छाडेको छ। मैले एक नेपालीलाई सोधेको थिएँ तिम्रो सपना के हो भनेर। उनले भने एक चिनियाँ युवतीसँग विवाह गर्ने।'
एक्लो मान्छेको यात्राको वास्तविक अर्थ मिठो खानेकुरा र सुन्दर दृश्यको उपभोग गर्नु मात्रै होइन तर आफ्नो मनसँग प्रत्यक्ष कुराकानी गर्नु पनि हो। नेपालको यात्रा गर्दा ल्युले सधैँ नै आफूलाई सोध्ने गर्थेँ अभिनय यात्रालाई यत्तिकै पूर्णविराम लगाउने कि जारी राख्ने? एक आकस्मिक कुराले उनलाई सहयोग गर्यो। नेपालबाट स्वदेश फिर्ता हुन तीन दिन मात्रै बाँकी रहेका बेलामा ल्युले नेपालको नामी टाटु खोप्ने कोशिश गरे। तर समय फरक भएकाले ल्युको टाटु गर्ने मान्छे रहेनछन्। एक नेपाली साथीको सहयोगमा ती टाटु खोप्ने व्यक्तिले अन्तिममा ल्युको आग्रहलाई स्वीकार गरे।
ल्यु पै कले आफ्नो पिठ्यूँमा एक जोडा पखेटा खोप्न लगाएका थिए। पहिलो दिन विहानदेखि बेलुकासम्म लगातार तेह्र घण्टा ल्युले टाटु खोप्दा हुने दुखाइ सहे। अन्तमा एक पखेटा उनको पिठ्यूँमा खोपियो। तर पनि सोही दिन राती उनलाई ज्वरो आयो। सहनै नसक्ने रात पार गरेपछि उनी अस्पताल गए। ज्वरो आएका कारण उनको पिठ्यूँमा अर्को पखेटा टाटु खोप्न नमिल्ने भयो। तर यी तेह्र घण्टाको कठिन अनुभव र उक्त एकै पखेटाले ल्युलाई शक्तशाली शक्ति दिएको छ।
"कठिनाई भेट्दा मैले यस पखेटालाई हेर्ने गर्छु। मलाई आफैँले उड्नसक्ने जस्तै लाग्छ। उक्त तेह्र घण्टाको दुखाइ सहनसक्छु भने अन्य कठिनाईहरु पनि पार गर्न सक्ने नै छु। "
नेपालबाट स्वदेश फर्किएपछि ल्यु पै कले आफ्नो इच्छा बमोजिम अन्य विविध किसिमका काम गरेका छन्। अनि धेरै उपलब्धि पनि हासिल गरेका छन्। ल्युको विचारमा नेपालको यात्रा उनको जीवनमा एक कोषेढुङ्गा बनेको छ।
"नेपालको यात्रापछि मैले केही नयाँ काम गर्नका लागि अझ बढी साहस लिएको छु। सफलता पाएपछि मेरो अझ बढी आत्मविश्वास बढ्नेछ।"
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |