फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्वतन्त्र फोटोग्राफर

(GMT+08:00) 2015-05-21 11:14:17

           सपनाको खोजीमा हिँड्ने बाटोमा कुनै हिच्किचाहट होस् वा यथार्थ गतिविधि होस्? यस प्रश्नको जवाफ दिँदै 31 वर्षका फोटोग्राफर ल्यु यान चले कुनै शंका छैन भन्दै यसको निर्क्योल भविष्यमा गर्नेछन्। यात्रा र फोटोग्राफीलाई मिलाएर मन भावनालाई आफ्नो फोटो रचनामा राख्नु नै यान चको सपना हो। यस सपनामा केही स्वप्निल कारकतत्व रहेता पनि यान चले आफ्नो गतिविधिद्बारा यस सपनालाई वास्तविक तथा रङ्गीचङ्गी बनाउँदै आएका छन्।

           विश्वविद्यालयमा अध्ययनरत रहेका बेलामा एक आकस्मिक अवसर पाएर यान च र आफ्नो शिक्षकले विद्यालय टेलिभिजन स्टेशनका लागि केही फोटोग्राफी गरे। तत्कालदेखि एक पेशागत फोटोग्राफर बन्ने सपना यान चको मनमा पलाएको थियो। विश्वविद्यालयबाट स्नातक भएपछि यान चले शाङ्गहाइको एक इन्टरनेट कम्पनीमा काम गरे तर बजारीकरण र प्रणालीकरणमा पाइएको उपलब्धिबाट यानले सन्तुष्टी तथा गर्वको अनुभति गर्न सकेनन्। फूर्सतका बेलामा उनले फोटो खिच्ने विषयमा ज्ञान लिन सुरु थाले। प्रारम्भिक अवधिमा उनले इन्टर्नेटमा स्वसिकाइ वा केही सैलूनमा भाग लिए। सन् 2008 मा यानले आफ्ना लागि पहिलो एस एल आर क्यामरा किनेका थिए। त्यसपछि उनले त्यो क्यामरा लिएर धेरै स्थलको यात्रा गर्दै फोटो खिच्न सुरु गरे। वर्तमान समाजमा इन्टर्नेटबाट फैलिएको अत्याधिक ज्ञान र अग्रसर फोटो खिच्ने उपकरणको फैलावटका कारणले गर्दा हरेक मान्छेले केही राम्रो फोटो खिच्न सक्छ। तर यी फोटोहरु पेशागत फोटोग्राफीभन्दा टाढा हुनसक्छन्। यसप्रति यानले भन्छन्: "फोटोग्राफीको चौतारोमा आफ्नो विशेष शैली स्थापना गर्ने क्रममा आवश्य नै केही चुनौती तथा बाधाहरुको सामना गर्नुपर्ने हुन्छ। अन्य मान्छेले चाहेर पनि सहयोग गर्नसक्दैन। मेरो उपाय भनेको यात्रा गर्नु हो भने विभिन्न स्थलको यात्रा गर्दा फोटो खिच्नका लागि नयाँ नयाँ प्रेरणा र उपायहरु फुराउन सकिन्छ।"

          आफ्नो सपना तथा विश्वासमा झन झन द्दढ हुँदै यानले आफ्नो फोटोग्राफी कार्यालयको स्थापना गर्न थाले। उनको पहिलो र दोस्रो कार्यालय बेग्ला बेग्लै रुपमा सन् 2010 सान यामा र सन् 2012 मा ल्हासामा स्थापित भए। हाल यानको फोटोग्राफी कार्यालयको मुख्य कार्य यात्रुहरुका लागि यात्रा फोटो र विवाह फोटो खिच्नु हो। साथै उनले आफ्नो ग्राहकलाई भाषा अनुवाद, खाना तथा आवास, पर्यटन निर्देशन र फोटोग्राफी लगायत चौतर्फी सेवा प्रदान गर्छन्। यानको फोटोग्राफी कार्यालयसँग अर्को विशेषता पनि रहेको छ। यो विशेषता भनेको योजना, फोटोग्राफी र फोटोलाई सुन्दर बनाउनु लगायत सबै काम यान एउटै मान्छेद्बारा एकै ठाउँमा गर्ने भन्ने हो। ग्राहकसँग प्रत्यक्ष सम्पर्कको तरिकामार्फत् फोटोग्राफर र ग्राहकलाई पूर्णरुपमा सन्तुष्टि लाग्ने फोटो बनाउन सकिन्छ।

         आफ्नो पहिलो कार्यालय स्थापना भएदेखि हालसम्म एक स्वतन्त्र फोटोग्राफरका सामु विविध चुनौती र बाधा देख्छन् तर यान चले यी चुतौतीलाई एक खुशीको कुरा मान्छन्। उनले यसरी भने: मेरो विचारमा फोटो खिच्नु बाँच्नका लागि एक काम होइन तर एक खुशीलाग्दो कुरा हो। वर्तमानमा फोटो खिच्नु काम मेरो इच्छासित अलि अलि मिलेको छैन। त्यसैले दक्षिण-पूर्वी एशिया क्षेत्रमा केही प्रेरणा खोज्ने आशा मैले गरेको छु।

          यानले आफ्नो कार्यालयलाई "घोडा जस्तै सपना फोटोग्राफी कार्यालय"भन्ने नाम साबित गरेका छन्। हाल उनले यस घोडा चढेर नेपालमा नयाँ र फरक भावनाको अनुभव गर्न थाले।

           दक्षिण पूर्वी एशिया क्षेत्रका हरेक मुलुकसँग आफ्नो विशेष मानवीय तथा प्राकृतिक दृश्य रहेको छ। किन नेपाल छान्ने भन्ने प्रश्नप्रति यानले यसरी जवाफ दिन्छन्: यस मुलुकलाई शब्दमा व्याख्या गर्न सकिदैंन भन्ने जादूको भावनाले मलाई आकर्षण गर्दछ। उनले नेपालको धेरै पटकको यात्रा गरेको थिए। हरेक यात्रामा नयाँ भावनाको अनुभव गनसकिन्छ। उनी भन्छन्:

         नेपालोको पहिलो यात्रामा चितवनले मेरो मनमा गहिरो छाप पारेको छ। हरेक दिन दिउँसो मैले राप्ती नदी राप्ती नदी नजिक बसेर बियर खादै सूर्यास्त हेर्ने गर्थें। त्यो एकदमै आनन्दको अनुभव हो। दोस्रो यात्रामा मैले पोखरालाई सबैभन्दा मन पराएँ। यस शहरको शान्त तथा सुन्दर दृश्यले मान्छेको मनलाई शान्त बनाउनसक्छ।

          सन् 2014 जुलाई महिनामा ब्राजिल विश्व कपको संयोजन अवधि थियो। त्यसबेला यान पोखरामा बसिरहेका थिए। एक फूटबलप्रसंशकको रुपमा यानले धेरैजसो फेवाताल फेवाताल नजिक स्थानीय नेपाली बालबालिकाहरुसँग फूटबल खेले। हाल विश्वको लोकप्रिय पर्यटकीय पवित्र स्थल बनेको फेवाताल नजिक बालबालिकाहरुका लागि यसरी ठूलो फूटबल खेलमैदानलाई कायम राख्ने कुरा यानलाई निकै प्रभावकारी लाग्यो। यस्तो सफा तथा आदिम कालको वातावरण र स्थानीय बालबालिकाको हार्दिक भावनाले यानको मनमा गहिरो छाप पारेको छ। यानले जनाएअनुसार यस पटकको नेपालको भ्रमणमा एक सानो अनुभवबाट उनलाई निकै गहिरो प्रभाव पारेको थियो। उनले साथीसँग रेस्टुरेण्टमा खाना खाएपछि आफ्नो वालेट लिन बिर्सिए। तर ढोका बन्द भएको रेस्टुरेण्टले उनको बालेटलाई निरन्तर सुरक्षित रुपमा राखिदिएको थियो। यसप्रति यानले भन्छन्: धेरै नेपालीहरुसँग राम्रो आम्दानी छैन। तर उनीहरुसँग आफ्ना सपना छन्। उनीहरुले स्पष्ट रुपमा केही भौतिक प्रलोभनलाई अस्वीकार गर्ने सामर्थ्य राख्दछन्। मैले नेपाली जनताप्रति अझ सम्पर्क तथा सम्झना गर्न साँची राख्छु।

            नेपाल विश्वमा सबैभन्दा खुशीलाग्दो मुलुक मानिन्छ। स्वदेशमा फोटोग्राफी व्यवसायको गहन बजारीकरणको वातावरण शिथिल लागेका कारण यानले काठमाडौँमा फोटोग्राफी कार्यालयको स्थापना गर्ने निर्णय गरेका छन्। उनले दुई वर्षको समय लिई नेपालका विभिन्न ठूला शहरको जीवनयापन, पर्यटन आदि स्रोत तथा ज्ञान हासिल गरेका छन्। सन् 2014 को अन्तमा उनको यो सपना पूरा हुनसक्ने छ।

          नेपालमा कार्यालय स्थापनाका लागि सम्बन्धित प्रावधान-प्रक्रिया निमल्ने जस्ता चुनौती उनका सामु छन्। तर यानको विचारमा यी सबै चुनौती समाधान गर्नसकिन्छ। उनको मनमा सबैभन्दा ठूलो समस्या भनेको आफ्नो फोटो रचनालाई कसरी विस्तार गरेर अझ बढी मान्छेसँग मनको भावनाको अनुभव गर्ने भन्ने हो। उनले यसरी भन्छन्:

          यस कार्यालयले कति पैसा कमाउने कुराप्रति मैले केही ध्यान दिएको छैन। केही राम्रो फोटो खिच्ने बेलामा मलाई निकै खुशी लाग्छ। यस्तो अनुभव र पैसासित सम्बन्ध छैन।

              यान चेको लागि एक पेशागत क्यामरा बोक्नुबाट अझ स्पष्ट फोटो खिच्नसक्नु भन्ने अर्थ अभिव्यक्त भएको होइन तर एक रङ्गीचङ्गी जीवन भन्नेमा महत्व रहेको छ। हाम्रो विश्वास छ: यान चेले आफ्नो क्यामरासँग अझ उज्यालो भविष्यको स्वागत गर्न सक्छन्।

जानकारी तथा लेखहरु
सुझाउ