फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ फोटोग्राफर

(GMT+08:00) 2015-05-21 11:21:05

           चिनियाँ महिला चाङ्ग चिङ्गको जन्मघर भित्री मङ्गोलिया हो। उनले विश्वविद्यालयमा विद्युत सूचना सम्बन्धी बिषयको अध्ययन गरेकी थिइन। विश्वविद्यालयपछि उनले एउटा अमेरिकी वेबसाईट कम्पनीमा तेह्र वर्षसम्म काम गरिन्। हाल उनी पैचिङ्गमा बस्छिन्। चाङ्ग चिङ्ग फोटो खिच्ने बाहेक विदेशी मुलुकको भ्रमण गर्न पनि मन पराउँछिन्। विगत दश वर्षमा उनले एसिया, युरोप तथा अमेरिकासमेत गरी बीसवटा भन्दा बढी मुलुकहरु घुमिसकेककी छिन्। तर सन् २०१३ मा मात्र पहिलो पटक नेपाल गएकी उनले त्यसै बेलादेखि नेपाललाई माया गर्न थालिन्। त्यसपछि अहिलेसम्म पाँच पटक नेपाल घुम्न गइसकिन् र नेपालमा एउटा नयाँ काम सुरु गर्ने निश्चित पनि गरिन्।

           उनले आफैँलाई एउटा प्रश्न गरिन्। नेपाल के कारणले पाँच पटक गएँ? के कारणले पहिलाको राम्रो काम छोडेर नेपालमा नयाँ काम थाल्ने सोचेँ? उनको विचारमा नेपाल इतिहास, संस्कृति, प्राकृतिक दृश्य तथा धार्मिक संस्कृति आदि बिषयहरुमा एकदम धनी छ। उनले नेपालमा रहेका सबै विश्व सम्पदास्थलहरुको मात्र नभई नेपाली बासिन्दाहरु बस्ने पर्यटन क्षेत्रको पनि भ्रमण गरिन्। नेपाल भ्रमणका क्रममा उनले पदयात्रा गरिन् त्यसैगरी बौद्ध धार्मिक मन्दिर भित्र प्रवेश गरिन् र नेपाली कपडा सारी पनि लगाइन्। उनले यी सबै देखेका भेटेका सुन्दर दृश्यहरुलाई बिर्सन सकिनन्।

            चाङ्ग चिङ्गले भन्छिन् "पर्यटकहरुलाई पहिलो पटक नेपाल घुमेपछि नेपाल एउटा खुशीयाली छाएको मुलुक लाग्छ। विकसित मुलुकका शहरी मान्छेहरु व्यस्त जीवन बिताउँदै आफ्नो परिवारलाई ध्यान दिनसक्दैन तर नेपालका मानिसहरु आपसी माया सद्भाव बाँडेर तथा मिलेर खुशी जीवन बिताइरहेका छन्।" चाङ्ग चिङ्गको धेरै पटकको नेपाल भ्रमण पछि त्यहाँ एउटा फोटो स्टुडियो खोल्ने विचार छ। उनको विचारमा धेरै भन्दाबढी पर्यटकहरुले विशेष रुपमा नेपाली संस्कृतिको अध्ययन तथा अनुभव गर्न सक्छन्। साथै पर्यटकहरुले नेपालमा घुम्दा-घुम्दै आफ्नो सुन्दर फोटो पनि पाउन सक्छन्।

           चाङ्ग चिङ्गले भनिन् "दश वर्ष अघि केही साथीहरुसँगै पहाडी क्षेत्रमा साथीको विवाहको अवसरमा केही फोटो खिचेको थिएँ। र त्यसै समयमा मैले एकजना साथीलाई आगामी दिनमा म एउटा पर्यटनसम्बन्धी फोटो स्टुडियो खोल्ने विचार गरेको छु भनेकी थिएँ।" दश वर्षपछि आज उनले आफ्नो यो इच्छालाई पूरा गरेकी छिन्। अहिले चाङ्ग चिङ्गले एकजना साथीसँग मिलेर फोटो स्टुडियो स्थापना गरेकी छन्।

           चाङ्ग चिङ्गले पैचिङ्गको एक कम्पनीसँग सम्झौता गरिसकेकी छिन्। अब नेपालमा स्टुडियो खोल्ने उनको पहिलो उद्देश्य हो। नेपालको कम्पनीसँग पनि सम्झौता भइसकेको छ। कम्पनीमा साधारण व्यक्ति, प्रेमी-प्रेमिका, श्रीमान-श्रीमती, छोराछोरी र पूरै परिवार आदिले फोटो खिचाउन पाउने छन्। चाङ्ग चिङ्गको भनाइ अनुसार फोटो खिच्ने ठाउँ ग्राहकले छान्नुपर्छ र ग्राहकको घुमफिर क्रममा फोटोग्राफरले राम्रो फोटो खिच्ने छ। धेरै महिलाहरुलाई नेपाली पोशाक सारी धेरै मन पर्छ तर नेपालमा सारी किनेर चीन फर्केपछि यता चीनमा भने सारी फेरि लगाउने अवसर छैन। यी महिला ग्राहकहरुले उनको स्टुडियोमा सारी लगाएर फोटो खिच्न पाउँछन्। कपडा किन्ने पैसा खर्चनु पर्दैन्।

          चाङ्ग चिङ्गले वेबसाइटमार्फत आफ्नो कम्पनीबारे अझै बढी ग्राहकलाई जानकारी दिने योजना बनाएकी छिन्। हाल चिनियाँ जोडीहरुले विदेशी मुलुकमा विवाह समारोह मनाउन मन पराउन थालेका छन्। त्यसैले उनको यस कम्पनीले यी जोडीहरुलाई भ्रमणको साथै विशेष विवाह समारोह सम्बन्धी सेवा दिन सक्छ। यसबाहेक नेपालमा कम्पनी स्थापित भएपछि ग्राहकले सेवा पाउन थोरै खर्च गरे पुग्छ। किनकि फोटो खिच्नका लागि भनेर अरु कसैलाई चीनबाट विदेशी मुलुक लानुपर्दैन र त्यस्तै नेपालमा पनि आवश्यक कर्मचारी छन्। विमान टिकटको पैसा, बस्ने र खाने पैसा केही खर्च गर्नु पर्दैन्। ग्राहकले फाइदा पाउन सक्छन्। यो बिषय चाङ्ग चिङ्गको कम्पनीको एउटा विशेषता रहेको छ।

           चाङ्ग चिङ्गको टिममा एक जना नेपाली साथी पनि छन्। उनको नाम रोशन हो। रोशनले तीन वर्षसम्म पर्यटन कम्पनी चलाएका थिए। तर उनको भाइलाई विदेशी मुलुकमा अध्ययन गराउनका लागि उनले त्यो कम्पनी विक्री गर्नुपरेको थियो। चाङ्ग चिङ्गको विचारमा रोशन एक दयालु मान्छे हुन्। उसले आफ्नो परिवारलाई धेरै महत्व दिनुको साथै सहयोग गरेको छ। उसको यो मन चिनियाँहरुको जस्तै लाग्छ। नेपाल बसाइ अवधिमा चाङ्ग चिङ्गले रोशनलाई सहयोग गर्ने विचार पनि गरेकी थिइन्। उनको विचारमा रोशन एक दयालु तथा चलाख युवा पनि हुन्। त्यो बेलामा उसलाई सहयोगको खाँचो थियो। यसरी रोशन चाङ्ग चिङ्गको कार्य टोलीमा सहभागी भई नेपालको कम्पनीको व्यवस्थापन गर्दै छन्।

          नेपालीहरुले गरेको दुःख र परिश्रम देखेर चाङ्ग चिङ्गलाई दुःख लागेको छ। नेपालीहरुले आ-आफ्नो परिवारलाई धेरै माया तथा महत्व दिन्छन्। एकले अर्कालाई सकेसम्म सहयोग गर्छन्। यसैले एक जना मानिससँग थोरै पैसा छ भने पनि कुनै ठूलो चिन्ता हुँदैन। किनकी अन्त्यमा त्यसका परिवार वा साथीले त्यस मानिसलाई अवश्य सहयोग गर्छन्।

          नेपाल एउटा विशेषता बोकेको मुलुक मानिन्छ। यो मुलुक एक दयालु आमा जस्तै छ। यसैले यहाँ तिमीले माया भेट्न सक्छौ, माया पाउनसक्छौ र अरुलाई माया दिन सक्छौ।

जानकारी तथा लेखहरु
सुझाउ