फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा सिक्ने तिब्बती केटा

(GMT+08:00) 2015-05-21 11:24:26

            भङ्ग छ्व छिङ्ग हाई पशुपालन क्षेत्रमा बसोबास गर्दै आएका समान्य पशुपालक व्यक्ति थिए। उनले जन्मदेखि कुनै शिक्षा प्राप्त गरेका थिएनन्। तर अकस्मात प्राप्त भएको एक अवसरले उनको जीवनलाई परिवर्तन गरेको थियो। गोठालोबाट उनी शिक्षक बने।

          भङ्ग छ्वका दाजु नेपालमा व्यापार गर्दै आइरहेका छन्। पहिले उनी पनि गोठालो थिए तर शिक्षाको महत्व भने उनले राम्रोसँग बुझेका थिए। त्यस‍कारण भङ्ग छ्वलाई पशुपालन क्षेत्रबाट शिक्षा आर्जन गर्न उनले बोलाएका थिए। अठार वर्षको उमेरसम्म कुनै शिक्षा नपाएका युवा भङ्ग छ्वले नेपाल गएर पठनपाठन गरेका थिए। त्यस बेला पहिलो पटक विदेश पुगेका भङ्ग छ्व धेरै उत्साहित भएका थिए। किनकि उनका लागि सबै कुरा नौलो थियो, कतै केही देखेका थिएनन्।

           "त्यस बेला म परोपकारी संगठनले स्थापना गरेको स्कूलमा प्रवेश गरेँ। जोसुकै मानिसले यहाँ शिक्षा लिन सक्छन्। त्यहाँ भिन्नभिन्न कक्षा छैनन्। पैसा लाग्दैन। त्यहाँ सबै शिक्षक विदेशी स्वयंसेवक हुन्। उनीहरु संसारका विभिन्न क्षेत्रबाट आएका हुन्। बेलायतबाट आएका छन्। अमेरिकाबाट आएका छन्।"

           स्कूलमा तिब्बती र अँग्रेजी भाषा सिकाउँछन्। अँग्रेजी भाषा भङ्ग छ्वले सिकेको पहिलो विदेशी भाषा हो। खासै चिनियाँ भाषा नसिकेका चिनियाँ केटा भङ्ग छ्वले अँग्रेजी भाषा राम्रो बोल्छन्। सात वर्ष लामो पढाइको समयमा भङ्ग छ्वले धेरै कुरा मनमा खेलाएका थिए-

            "स्कूल पढ्ने वा नपढ्ने जे पनि गर्न सकिन्छ। किनभने हामी पूर्ण रुपमा स्वतन्त्र थियौं। हामीसँग पाठ्यपुस्तक थिएन। शिक्षक पनि स्थायी होइनन्। सिकाएका पढाएका विषय पनि अनियमित छन्। समान्य रुपमा आज एउटा शिक्षक हो भने भोलि, पर्सि वा अर्को हप्ता आउने शिक्षक नयाँ अर्कै हो। यस्तो स्थिति भएतापनि मेरो अंग्रेजी भाषामा धेरै प्रगति भयो। मलाई अंग्रेजी भाषा धेरै मन पर्छ। धेरै नेपालीहरुलाई अंग्रेजी भाषा आउँछ। त्यसैले म सधैँ जसो उनीहरुसँग कुराकानी गर्ने गर्दथेँ। यसरी अंग्रेजी भाषा सिक्न सजिलो हुनुको साथै रमाईलो कुरा पनि हो। हरेक विदेशी साथीसँग कुराकानी गर्दाको अवस्थामा मैले मेरो अंग्रेजी भाषालाई राम्रो बनाउन सकेँ।"

          धेरै वर्षको प्रयास पछि भङ्ग छ्वले आफ्नो जीवनमा ठूलो परिवर्तन ल्याएका छन्। अहिले उनी राम्रा अंग्रेजी शिक्षक बनीसकेका छन् साथै चिनियाँ उत्तरपश्चिमी जातीय विश्वविद्यालयको एक विद्यार्थी पनि हुन्।

           "नेपालमा मैले पहिलो पटक शिक्षा पाएँ र अँग्रेजी भाषा सिकेँ। नेपालमा मेरा धेरै विदेशी साथी छन्। यी सबै कुराले मलाई खुसी लाग्छ। अहिले मलाई छिङ्ग हाई फर्केर अंग्रेजी भाषा सिक्न चाहने मानिसहरूलाई सिकाउने इच्छा छ। किनकि मेरो विचारमा अंग्रेजी भाषा धेरै महत्वपूर्ण छ। तर धेरै चिनियाँहरुमा अँग्रेजी बोल्ने र लेख्ने क्षमता कम छ। वर्तमान 21 औँ शताब्दी हो। हामीले अंग्रेजी भाषाको प्रयोग गरी संसारका विभिन्न क्षेत्रका व्यक्तिसँग आदान प्रदान गर्नुपर्छ। विभिन्न संस्कृति सिक्नुपर्छ। र विभिन्न मुलुकको पर्यटन गर्नुपर्छ। अंग्रेजी भाषा विस्तृत र समान्य भाषा हो। मलाई अंग्रेजी भाषा धेरै मन पर्छ तर मन पर्नुको कारण मलाई थाहा छैन।"

           भङ्ग छ्वले हालको जीवन पहिलेभन्दा धेरै नै परिवर्तन भइसकेको बताए। पहिले उनी गोठालो थिए। पहिले उनले आफ्नो भविष्यबारे अरु विचार गरेका थिएनन्। तर अहिले उनले अरुलाई पढाउँछन् र साथै आफू पनि पढाउनका लागि सिक्छन्। हाल उनी व्यस्त मान्छे बनेका छन्।

           पढाइमार्फत भङ्ग छ्वले आफ्नो उन्नति गर्नुका साथै सम्पत्ति पनि जोडेका छन्। उनले आफ्नो जीवनको मूल्य बुझेका छन्। उनको आँखामा इच्छा र आकांक्षा देख्न सकिन्छ। उनको आँखामा मेहनत र सफलता देख्न सकिन्छ। शिक्षाले उनको जीवनलाई परिवर्तन गरेको छ। भविष्यमा भङ्ग छ्वले आफ्नो इच्छाशक्तिमार्फत आफ्नो लक्ष्य तथा सपनालाई साकार पार्ने छन्।

जानकारी तथा लेखहरु
सुझाउ