फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ पर्यटक

(GMT+08:00) 2015-05-21 14:25:45

           विशाल सगरमाथाको दक्षिणतिर भगवान बस्ने मुलुक छ। त्यहाँ सफा आकाश र अग्ला-लग्ला हिमाली दृश्य भएको चमत्कारपूर्ण भूमि छ। त्यहाँ मैत्रीपूर्ण र सदिच्छापूर्ण मानिसहरु रहेका छन्। यो क्षेत्रलाई पूर्वको स्वीजल्याण्ड पनि भनिन्छ। हो मैले उच्चारण गर्न खोजेको नेपाल हो। लामो समयदेखि सुन्दर नेपालले विभिन्न मुलुकका पर्यटकलाई आकर्षित गर्दैआएको छ।

          दश वर्षअघि तिब्बत, युगुर स्वायत प्रदेशको यात्रा गरेका छन हुङ्ग छाङ्गले नेपाललाई विदेशी यात्राको पहिलो गन्तव्य मुलुक बनाउनुभयो। नेपालमा यात्रा गर्ने अनुभवभन्दा पर्यटक छन हुङ्ग छाङ्गले त्यस बेलाको छाप अहिलेसम्म पनि गहिरो भएको व्यक्त गर्नुभएको छ।

         "मेरो मनमा नेपालको छाप निकै गहिरो छ। मेरो स्मरणमा ती यादहरु अहिले पनि स्पष्ट रुपमा याद गर्छु। लगभग दश वर्षअघि अर्थात् सन् 2005 मा चीनको वसन्त चाडको बेलामा मैले नेपालमा यात्रा गरेँ। नेपाल रहस्यमय र रमाइलो हुने मलाई लाग्थ्यो। तर त्यहाँ पुगेपछि मैले यात्रा गर्ने सबै क्षेत्रहरुमध्ये नेपाल सबैभन्दा राम्रो भएको विचार गरेँ।"

         सन् 2005 को वसन्त चाडअघि छन हुङ्ग छाङ्गलगायत नौजना युवाहरु बैंककबाट नेपाल पुग्नुभएको थियो। निर्धारित योजनाअनुसार, सर्वप्रथम उहाँहरुले जंगलको दृश्य र विविध पशु रहेको चितवन राष्ट्रिय निकुन्ज जुनभयो। ती चिनियाँ युवाहरुले नदीमा तैरिँदै पौडीको आनन्द पनि लिनुभयो।

           "मैले धेरै क्षेत्रमा र्‍याफ्टिङ गरेको छु। नेपालका नदीमा तैरिँदै बग्नुको छाप सबैभन्दा गहिरो छ अनि ज्यादै राम्रो छ। त्यहाँ पानी निकै सफा छ र कुनै प्रदूषणको चिन्ता पनि छैन।"

          नदीमा तैरिँदा ती युवाहरुले रोमाञ्चकारी अनुभूति महशुस गरेका थिए।

         "हामी नौ जनाहरुमध्ये तीन जोडी थिए। त्यसमध्ये एक जोडी क्वाङ्ग चौबाट गएका थिए। पानीको छालकाकारण क्वाङ्ग चौबाट गएका जोडीमध्ये श्रीमती तैरिरहेको डुङ्गाबाट पानीमा खसिन्। उनका श्रीमानले तुरुन्तै डुबुल्की मारेर श्रीमतीको सुरक्षा गरे। तर रमाइलो कुरा भनेको ती श्रीमानलाई पौडी खेल्न आउँदैन थियो। अर्कातिर उनकी श्रीमती निकै धैर्य राखेर पानीमा डुबिरहेकी थिइन्। अर्को पानीको छाल नजिकै भएका हुनाले हामी बाँकी सबै जनाले सक्दो प्रयासमा डुङ्गाको नियन्त्रण गरेका थियौँ। त्यसपछि हामीले त्यो जोडीको सुरक्षा गर्न सक्यौँ।"

           नेपालमा पाएको त्यो अनुभव जीवनमा गहिरो र सुन्दर अनुभव भएको त्यसपछि त्यो जोडाबीचको माया अझ वृद्धि भएको विश्वास छनले बताउनुभयो।

          चितवन पुगेपछि नेपालमा अर्को किसिमको सुन्दर अनुभव गरेको छनले बताउनुभयो।

         "हामीले हात्ती चलेर जङ्गल घुम्यौँ। गैंडा, बाँदर आदि धेरै जंगली जनावर हेर्‍यौँ। मानव र प्रकृतिबीचको ज्यादै मेलमिलापयुक्त वातावरण हामीले त्यहाँ पायौँ।"

           चितवनमा पुगेको बेला चिनियाँ पात्रोअनुसार वसन्त चाडअघिको अन्तिम दिन थियो। पहिलोपटक विदेशमा वसन्त चाड मनाउने युवाहरुले फरक अनुभव गरेका थिए।

          "हामीले नदीको किनारामा वसन्त चाड मनाएका थियौँ। सूर्यास्तको बेलामा अत्यन्त सुन्दर दृश्य थियो। त्यतिबेला हामीले सबै चिन्ता बिर्सेका थियौं। हामीले वसन्त चाड मनाइरहेका बेलाअरु विदेशीहरुले त्यस बारेमा चासो राखेर हामीलाई प्रश्न गरेका थिए। हामीले ती विदेशी पर्यटकलाई चिनियाँ पर्वको बारेमा वर्णन गर्‍यौँ। त्यसपछिउनीहरुले हामीसँग सँगै खान-पान र नाच-गान गरेका थिए। फ्रान्सेली, बेलायती,आस्ट्रेलियन र रुसी, थुप्रै विदेशीहरु थिए। भाषा, जात, राष्ट्रियता फरक भए पनि हामी सबैले रमाइलो रुपमा मनाएका थियौं। त्यस्तो अनुभव जीवनमा बिरलै पाउन सकिन्छ।"

          त्यसको भोलिपल्ट छनलगायत युवाहरुचितवनबाट प्रस्थान गरेर पोखरा गएका थिए। तर छनको स्वास्थ्यमा अलि समस्या उत्पन्न भयो।

        "राति चिसो हुनुका साथै रक्सी खाएका हुनाले दोस्रो दिन मेरो पेट निकै दुख्यो। ट्रेकिङ्ग गर्ने बेलामा मैले केही पनि खाइँन।"

           स्वास्थ्यबाहेक मौसम पनि अर्को समस्या थियो। एक जना केटी घाइते भएका हुनाले उनीहरु समयमै होटलमा पुग्न पाएनन्। बाटोमै रात पर्‍यो। अनि हिउँ पनि पर्‍यो।

         "हाम्रो गाइड निकै चिन्तित थियो। पहाडी बाटो साँघुरो थियो। यदि बाटो फराकिलो भएको भए दुइजना गाइडले घाइते केटीलाई बोक्न सक्ने थिए। रातिको समयमा पहाडी बाटो हिँड्नु निकै खतरापूर्ण हुन्छ।"

           खतरा भए तापनि सौभाग्य रुपमा उनीहरुले सुरक्षित रुपमा होटेल पुग्न सफल भए। विभिन्न मुलुकका पर्यटकसँगै खाना शेयर गरेको बेलामा विश्वमा सबैभन्दा मीठो खाना खाएको अनुभव छनले व्यक्त गर्नुभयो।

             साथीसँगै विविध खुशी शेयर गर्नका साथै विविध कठिनाइको अनुवभ लिइयो। नेपालको यात्राले आफूलाई विशेष अनुभव र जीवन दिएको छनले भन्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ