फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका लागि नेपाली पूर्वराजदूत: टक कार्की

(GMT+08:00) 2015-05-21 17:17:24
          नेपाल-चीन फराकिलो सम्बन्धटंक कार्की नेपाल र चीनबीच प्राचीन सम्बन्ध रही आएको छ । यो सम्वन्धलार्इ फराकिलो र सघन बनाउने काममा जनश्रुतिका मञ्जुश्रीको नाम विशेष रुपमा लिइन्छ । चीनमा भगवान बुद्धले प्रतिपादित गर्नुभएको बौद्ध धर्मको प्रवेश र विस्तारपछि हाम्रा दुई देशबीचको सम्बन्धको सामाजिक आधार अरु सुदृढ भएको हो । फा सियान र स्वानजाङले नेपाल भ्रमण गरेर चीनमा नेपाल सम्बन्धी जानकारी गराउन प्रशंसनीय काम गरेका छन् भने नेपालबाट बुद्धभद्र, भृकुटी र अरनिकोले बौद्ध शिक्षा र नेपाली संस्कृति र सभ्यता चीनमा पुर्‍याउन विशिष्ट योगदान गरेका छन् । इतिहासमा नागरिक तहबाट सिंचित उक्त सम्बन्ध क्रमश: राज्य तहमा विस्तार भएको पाइन्छ । नेपाल र चीनबीच कूटनीतिक सम्पर्क र सम्बन्ध नेपालमा लिच्छवीकाल तथा चीनमा थाङ वंशको पालादेखिनै विस्तार भएको हो । आजभन्दा 60 वर्ष्अघि सन्‍ 19५५ मा हाम्रा दुर्इ देशबीच पञ्चशीलका सिद्धान्तका आधारमा औपचारिक कूटनीतिक सम्वन्ध स्थापित भएको थियो । त्यस यता दुर्इ देशबीचको सम्बन्ध राज्य तथा जनस्तरमा अझ फराकिलो सघन र बहुआयामिक भएको छ । त्यसो हुनुमा दुवै राज्य र नेतृत्वको अथक तथा सिर्जनात्मक प्रयत्नले विशेष भूमिका खेलेका छन् । यसबीचमा हाम्रा सम्बन्धहरू राजनैतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा झांगिएका छन् । यही कारण हाम्रा दुवै देशले यस सम्बन्धलार्इ "अमर मित्रताले युक्त सहयोग सम्बन्धी विस्तृत साझेदारी" मानेका छन् । विगतलार्इ फर्किएर हेर्दा हामी ढुक्कसँगले भन्न सक्छौं, हाम्रा दुवै देश सिद्धान्तनिष्ट छन् र वचनका पक्का छन् । दुवैले एक अर्काका हित र चासोलार्इ बुझेका छन् र आफू सक्दो योगदान गरेका छन् । यसैकारण हाम्रा दुर्इ देशबीचका सम्बन्ध सुमधुर रही आएको छ । सन्1949 मा चीनले नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर आफ्नो मुलुक सुहाउँदो समाजवादी राजनीतिक सामाजिक प्रणालीलार्इ स्थायित्व दिएको छ । सन्‍ 1980 को दशकको प्रारम्भतिर सुधार र खुलापनलार्इ अंगिकार गरेर चीनले यसबीचमा अभूतपूर्व विकास गरको छ र दुनियाँको दोस्रो ठूलो अर्थतन्त्रको रुपमा आफूलार्इ प्रतिस्थापित गरेको छ । यसबीचमा चीन साँच्चै नै जागेको छ र विश्व अर्थ राजनैतिक रंगमंचमा आफ्‍नो बीचमा गुमेको प्रतिष्ठा पुनस्र्थापित गर्ने चिनियाँ सपनालार्इ साकार बनाउँदै गइरहेको छ । नेपालले आफ्नो मुलुक र अवस्था सुहाउँदो राजनीतिक प्रणालीको खोजीमा सन्‍ 2006 को जनक्रान्ति माफत सामन्तवादको अन्त गरेर संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । सामाजिक विकासको अवस्थामा भने नेपाल भर्खरै पूँजीवादको प्रारम्भिक चरणमा प्रवेश गरेको छ । जनक्रान्तिको उपलब्धि स्वरुप प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलार्इ संविधान माफत लिपिबद्ध गर्ने क्रममा दोस्रो संविधानसभा अन्तिम कसरत गरिरहेको छ । विगत लगभग दुर्इ दशकको राजनैतिक अस्थिरता र संक्रमणबाट मुक्त भएर मुलुकको सर्वतोमुखी आर्थिक सामाजिक विकासमा प्राथमिकताका साथ लाग्न नेपाल कष्ठसाध्य प्रयत्न गरिरहेको छ । चीन नेपालको विकासको एउटा महत्वपूर्ण र ठूलो साझेदार पनि हो । यस बीचमा नेपाल र चीनबीच व्यापारिक सम्बन्ध निरन्तर वृद्धि भइरहेको छ । नेपालले चीनलार्इ आर्थिक सहयोग र लगानी बढाउनको निम्ति अनुरोध गरेको छ र त्यो बढ्‍दै गइरहेको पनि छ । नेपालको आर्थिक सामाजिक विकासमा चीनले यस बीचमा पूर्वाधार, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन तथा जनशक्तिको विकासमा गरेको योगदानबाट नेपालले उल्लेख्य लाभ हासिल गरेको छ । ती क्षेत्रहरूमा थप सहयोग जारी राख्ने वचनबद्धता प्रकट गरेर चीनले नेपालप्रति साँचो मित्रता प्रदर्शन गरेको छ । नेपाल-चीन सम्बन्धको एउटा अर्को सुखद पक्ष भनेको चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्नु र जनमतको कदर गर्नु पनि हो । नेपालले चीनको एक चीन नीति सम्बन्धी मुख्य राष्टि्रय चासोको सम्मान गरेको छ र आफूलार्इ एक असल र भरपर्दो मित्रको रुपमा उभ्याउँदै आएको छ । नेपाल र चीनबीच रहेको सम्बन्ध दुर्इ पक्षीय सम्बन्धमा मात्रै सीमित छैन । विकासशील तथा अल्प विकसित मुलुकहरूको हित प्रवर्द्धन, आतंकवादको विरोध, वातावरणीय परिवर्तन र साझा समृद्धि जस्ता साझा अन्तर्राष्टि्रय मुद्दाहरूमा समान विचार र साझा प्रयत्न पनि हुँदै आएको छ र त्यो निरन्तर जारी छ । नेपाल-चीन सम्बन्धको विगतको सुखद निष्कर्ष हो- दुवै देश एक अर्काका असल छिमेकी, घनिष्ट मित्र र विकासका साझेदार हुन् । यही कारण दुवै देशले एकअर्कालार्इ आफ्नो वैदेशिक सम्बन्धको प्राथमिकतामा राखेकाछन् । नेपाल-चीन सम्बन्ध 60औं वर्ष गाँठको उपलक्ष्यमा दुर्इ देशबीचको सुमधुर तथा असल सम्बन्ध अरु सुदृढ र प्रगाढ होस्‍ भन्ने शुभकामना व्यक्त गर्दछु ।
जानकारी तथा लेखहरु
सुझाउ