फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ युवतीको नेपाली प्रेम

(GMT+08:00) 2015-05-25 09:11:06

           काठमाडौँको ठमेल पर्यटकीय क्षेत्रमा एउटा "फूच्या"नामक होटेल छ। होटेलमा खुला दिलकी चिनियाँ मालिक्नी र कोमल मनका नेपाली मालिकले लगानी गरेका छन्। चिनियाँ र नेपालीले संयुक्त रुपमा चलाएको होटेलहरुमध्ये यो होटेलले ऐतिहासिक माया र सदभाव पनि बोकेको छ। होटलले दुई देशबीचको व्यापारिक लगानीसँगै मायाको गाँठो कसेर एउटै परिवार पनि बनाएको छ। त्यसकारण यो होटल चिनियाँ पर्यटकका लागि निकै नामी छ।

          यो होटलकी मालिक्नी लालाको नेपालसँगको सम्बन्ध र आफ्नो बैबाहिक जीवन मध्यरातबाट सुरु भएको व्यक्त गर्नुभयो। "पहिला चीनमा बसेर वैदेशिक व्यापार गर्दा म सधैँ ढिलो सुत्थेँ। एक मध्यरातमा मैले नेपालसम्बन्धी समाजसेवाको एउटा विज्ञापन इन्टरनेटमा देखेँ। इन्टरनेटमा राखिएको भिडियोमा नेपाली बाल-बालिका" र सर्वसाधारणको गरिबी जीवन उल्लेख हुनुका साथै यदि तपाईं समाजिक सेवामा उत्साही हुनुहुन्छ भने नेपालमा आउनुहोस भन्ने विषय पनि थियो। त्यसपछि मैले "आउने सेकन्ड साहसिक हुने" शीर्षकको लेख पनि पढेँ। त्यसैले सन् 2008 को अन्त्यमा मैले साथीसँग नेपालको यात्रा गर्ने योजना बनाएँ।"

           त्यसबेला उहाँलाई नेपालको बारेमा खासै थाहा थिएन। त्यो यात्राले लालाको जीवनमा परिवर्तन गरेर उहाँको जीवनलाई नेपालसँग घनिष्ट रुपमा जोड्नेछ भन्ने उहाँले कल्पना पनि गर्नु भएको थिएन।

        "इन्टरनेटमा राखिएको उक्त लेख मेरो श्रीमान् बाबुको होटेलमा बसेर पुस्तक लेखकले सिर्जना गरेको रहेछ। लेखमा उसले नेपालको यात्राबारे उल्लेख गर्नुका साथै बावु निकै राम्रो मान्छे भएको विषय पनि लेखेको थियो। त्यसबेला मलाई यात्रासम्बन्धी लेख मन पर्दैनथ्यो। तर मरो श्रीमानको फोटो हेरेर त्यो लेख दोहोर्‍याएर पढ्न मन लाग्यो। यो कस्तो भाग्य हो।" लालाले हाँसेर भन्नुभयो।

           त्यसपछि लालाले नेपाल भ्रमणमा जानु अगाडि टेलिफोनद्बारा बाबुको होटेल बुक गर्नुभयो। तर विमान ढिलो भएको हुनाले ट्याक्सी चालकले लाला र उहाँकी साथीलाई अर्कै होटेलमा पुर्‍यायो। अर्को दिन लालाले बाबुको होटेलमा गएर अघिल्लो साँझ आउन नसकेको कारणको व्याख्या गर्नुभयो। त्यसको अर्को दिन नयाँ वर्षको पहिलो दिन थियो। त्यसैले लालाले बाबु र नेपालमा भेटेका अरु साथीलाई नयाँ वर्ष मनाउने समारोहमा संलग्न हुनका लागि निमन्त्रणा गर्नुभयो।

          "त्यसै गरी हाम्रो कथा सुरु भयो।" लालाले अलि लजाउँदै आफ्नो प्रेमिल जीवन पनि सम्झनुभयो।

           चिनियाँ परिवारमा लाला कान्छी छोरी हुनुहुन्छ। उहाँले अरु प्रान्तमा विश्वविद्यालय पढेर क्वाङ्ग चौ शहरमा राम्ररी वैदेशिक व्यापार गर्नुभयो। हरेक साथीले उहाँलाई स्वतन्त्र, हिम्मत भएकी चलाक केटी भन्दै प्रशंसा गर्दथे। एकजना सुन्दरी तथा सफल चिनियाँ केटीले नेपाली केटासँग विवाह गरेको कुरा धेरै चिनियाँले विश्वास गर्दैनथे र त्यसको भित्री रहस्य पनि बुझ्दैनथे।

           आफ्नो मायामा धेरै प्रतिरोध आएको कुरा लालाले यसरी व्यक्त गर्नुभयो "अधिकांश प्रतिरोध साथीहरुबाट भयो। नेपाल गरीब छ। नेपालीसँग विवाह गर्नु भनेको आफ्नो जीवन नै परिवर्तन गर्नु हो भन्ने विचार साथीहरुले गरेका छन्। तर मेरो परिवारले मेरो छनौटलाई सम्मान गर्छ। मेरो मनमा बाबु ठीक मान्छे हो। आफ्नो मनको महसुसको विश्वास गर्नुपर्छ। आफू र उसलाई एउटा मौका दिनुपर्छ। त्यसपछिको जीवनले मेरो छनौट ठीक भएको पुष्टि गर्छ।"

            हाल लाला र उहाँका श्रीमान् बाबुले नेपालमा बसेर एउटा राम्रो होटेलको व्यवसाय गरिरहनु भएको छ। कहिलेकाहीँ उहाँले विच्याट आफ्नो खुशीमय जीवन प्रस्तुत गर्नुहुन्छ। लालाको विचारमा आफ्नो जीवन अवश्य नै सुखमय छ। "मसँग मलाई माया गर्ने श्रीमान्, श्रीमानजस्तै चलाक तथा सुन्दर छोरा र सफल व्यवसाय छन्। भविष्यमा अर्को छोरा जन्माएर अझ सुखमय हुने विश्वास लिएकी छु।" लालाले भन्नुभयो।

           लालाले आफ्नो मायाको कथालाई यसरी मूल्याकन गर्नुभयो "कसैको पनि जीवन दीर्घायु हुँदैन। क्षणिक जीवनमा राम्रो लक्ष्य राखेर काम गरेमा पछि बृद्ध भएपछि दुःख मान्नु पर्दैन। श्रीमानसँग भेट्दा म 27 वर्षकी थिएँ। त्यस बेला स्थिर जीवन खोज्दै थिएँ। त्यो उखानजस्तै मैले ठीक समयमै ठीक मान्छे ‌भेटेको हुँ। यसमा म पूर्ण सन्तुष्ट छु।"

           अहिले लालाको दम्पतिले नयाँ होटेलको सजावट गर्दैहुनुहुन्छ। भविष्यमा यो परिवारको जीवन झन् झन् सुन्दर र मीठो हुने अनुमान गर्न सकिन्छ। लालको कथा सुन्दा चिनियाँ र नेपालीको मनैदेखिको प्रेम र भावनाबीचको आदानप्रदानलाई सजिलै बुझ्न सकिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ