फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेरी देवी

(GMT+08:00) 2015-05-25 09:15:45

            पश्चिमी मुलुकमा एउटा उखान छ - वान थाउजेण्ड् पिपल विल सी अ थाउजेण्ड् डिफरेन्ट ह्यामलेट्स अर्थात् हजारौंको आँखामा हजारौं भिन्न हाम्लेट्स छन्। त्यसैले हरेकको मनमा आफूलाई मनपर्ने व्यक्तिको भिन्नछाप रहेको हुन्छ। त्यस्तै चिनियाँ पर्यटक लु वै चेले नेपालमा आफूलाई मनपर्ने, आफूसँग मनमिल्ने मानिस भेट्नु भएको छ।

            पर्यटन तथा कामका लागि लु वै चेले हालसम्म चारपटक नेपालको भ्रमण गरिसक्नुभएको छ। धेरैपटक नेपालको भ्रमण गरेता पनिलुले नेपाल भ्रमण भाग्यशाली नभएको हाँस्दै बताउनुभयो — "मेरो विचारमा मेरो भाग्य नराम्रो छ। किनभने पहिलो तीनपटक मैले नेपालबाट हिमाल देख्न पाइन। "

             नेपालको पर्यटकीय क्षेत्र नगरकोटबाट हिम श्रृंखला देख्न सकिन्छ। प्रसिद्ध पोखरा शहरको फेवा तालमा डुङ्गा खियाउँदै वा पर्वतारोहण गर्दा माछापुच्छ्रे हिमाल देख्न सकिन्छ। तर विभिन्न कारणले गर्दा लु वै चेले आफूलाई हेर्न इच्छा लागेको हिमाल देख्न पाउनु भएन। हरेकपटक अफसोस लागे तापनि नेपाललाई औधी माया गर्ने भएकाले धेरैपटक नेपालको यात्रा गरेको लुको भनाइ छ।

            "यो मेरो बानी नै हो। मनपरेको क्षेत्रमा फेरि-फेरि घुम्न जाने बानी छ। नेपालको सुन्दर प्राकृतिक दृश्य, रहस्यमय सांस्कृतिक पर्व आदिले मलाई निकै छोएको छ। त्यहाँ गरीबी भएतापनि हरेकको जीवन पूर्ण खुशी छ।"

           अर्को पटकको यात्रामा लु वै चेले आफूलाई मनपर्ने व्यक्ति भेट्नुभयो।

            त्यो उहाँको दोस्रोपटकको नेपाल यात्रा हो। उहाँले गहिरिएर याद गर्दै भन्नुभयो।

          "दोस्रोपटक म कामका लागि नेपाल गएँ। त्यसबेला एक व्यापारिक साझेदारीसँग भेट गर्नुपर्ने थियो। उहाँको कारखाना जानका लागि हामी विमानद्वारा दक्षिणी शहर जानुपर्ने थियो। मेरो कथा त्यो विमानमा सुरु भएको हो। हामीले बुद्ध एयरलाइन्सको विमान चढेका थियौँ। त्यसै दिन मैले टाढाबाटै एक सुन्दरी परिचारिका देखेँ। एकदम स्वच्छ, प्यारी र त्यतिकै सुन्दरी थिइन् उनी। सुन्दरी देवी जस्तै लाग्यो, मलाई। सौभाग्यवश, विमानमा मेरो सीट उनीबाट नजिकै थियो। "

             उनीसँग फटाफट कुराकानी थाली हाल्नुपर्छ, सँगै सिटमा बसेकी सुन्दरी हेरेर लुले मनमा यस्तो सोच्नुभयो।

           "विमान उडेपछि मैले उनलाई तपाईँ ज्यादै सुन्दरी हुनुहुन्छ भन्दै प्रशंसा गरेँ। विमानमा एकजना मात्रै विदेशी भएका कारणले होला ती सुन्दरी परिचारिका पनि मसँग कुराकानी गर्न थाल्नुभयो। यसरी हाम्रो वार्तालाप शुरु भयो।"

            यस्तो हतारमा कुराकानी गर्ने चलन पुरानो भइसकेको छ। लुले हाँस्दै भन्नुभयो। गफमा उनको नाम ज्योति भएको थाहा पाएँ।

            लगभग चालीस मिनेटको उडान यात्रा थियो र तीन-चार मिनेटको कुराकानी मात्र गरे तापनि निकै गहिरो छाप परेको लुले बताउनुभयो।

यात्रापछि लु वै चेले ज्योतिसँग सम्पर्कमा रहने माध्यम सोध्नु भएन।

            "त्यसबेला मेरो विचारमा अनौठोपन आयो। किनभने त्यो वायुसेवा सानो भएकाले फेरि पनि सहजै भेट्न सकिने विचार गरेँ। अर्कोतिर मेरो मनमा कुनै नराम्रो विचार पनि थिएन। ज्योतिको सुन्दरतालाई मात्र मन पराएको हुँ।"

             काम सम्पन्न गरि फर्किने बेला फेरि पनि मैले विमानमा साँचिकै ज्योतिलाई भेट्न पाएँ। त्यसै गरी हामी दुई जनाले फेरि पनि कुराकानी गर्‍यौँ। तर त्यसपटक त्यति भाग्य जुरेन, हामी दुईको सिट नजिक थिएन। त्यसैले दुइ जनाबीच छोटो बातचीत भए तापनि चालीस मिनेटको यात्रापछि दुवै जनाले विदाइ गर्‍यौँ। मैले उनको सम्पर्क नम्बर पनि सोधिन, लुले अफसोस जताउँदै भन्नुभयो।

            त्यसपछिको हरेकपटकको नेपाल यात्राको क्रममा आन्तरिक उडानको बेला लु वै चेले सधैँ नै बुद्ध एयरलाइन्स छान्दै आउनुभएको छ। तर उहाँको सुन्दरी ज्योतिसँग भने ती दुई पटक बाहेक भेट भएको छैन। आउँदा दिनमा पनि नेपाल गएमा बुद्ध एयरलाइन्सनै छान्ने छु र ज्योतिसँग फेरि भेट्ने आशा गर्छु , लुले भन्नुभयो।

            लै वै चेले तेस्रोपटकको नेपाल यात्राको क्रममा बुद्ध एयरलाइन्सको एउटा विमान काठमाडौं नजिकै खसेको, दुर्घटना भएको थाहा पाउनुभयो। त्यस बखत उहाँलाई निकै चिन्ता लागेको थियो।

           "ज्योतिका लागि मलाई ज्यादै चिन्ता लाग्यो। त्यो विमानमा ज्योति छ कि छैन? चीन फर्केर मैले इन्टर्नेटमा दुर्घटनासम्बन्धी फोटोहरु पत्ता लगाएँ। दुर्घटनामा परेको विमान र पहिला मैले चढेको विमान एउटै हो। त्यसपछि त अझ चिन्ता बढ्यो। त्यसपछि मैले नेपाली साथीमार्फत उक्त कुरा सोधेँ। म फोटोग्राफी मन पराउँछु। त्यसैले मैले वेवसाइटमा "बुद्ध ज्योतिलाई सुरक्षा गर्नुहोस्—सम्झनामा नेपालको यात्रा" शीर्षकमा अनेकन् ज्योतिसित सम्बन्धित फोटोहरु प्रकाशित गरेँ। यो तरिकामार्फत् ज्योति सुरक्षित हुने आशा गर्छु।"

            हाल पनि लु वै चेले ज्योतिको कथा याद गर्नुहुन्छ। यो नेपालको यात्रामा सबैभन्दा गहिरो छाप भएको लैले व्यक्त गर्नुभएको छ।

            "हाल ज्योति सकुशल, स्वस्थ र खुशीयाली रुपमा आफ्नो मात्रृभूमिमा जीवन विताइरहेकीछिन् भन्ने मेरो आशा छ।"

जानकारी तथा लेखहरु
सुझाउ