फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन अध्ययन केन्द्रका महासचिव: उपेन्द्र गौतम

(GMT+08:00) 2015-05-25 11:00:09

     सन् 1955 मा दुई देशबीच कूटनीतिक साइनो गाँसेपछि नेपाल र चीन सबै दुख-सुख व्यहोर्दै आफ्नो सम्बन्धलाई झन बलियो बनाउन लागिरहेका छन् । नेपालमा लामो समयदेखि कायम राखिएको राजनीतिक अस्थिरताले गर्दा दुवै देशलाई परस्परमा सम्बन्धलाई बलियो पार्दै अघि बढ्‍न अझ दरिलो अठोट चाहिएको छ ।नेपालको उत्तरी छिमेकी चीन इतिहासको चेत राख्ने र उत्तरदायित्व लिने ठूलो शक्ति राष्ट्र हो । दुई प्राचीन राष्ट्र नेपाल र चीनलाई 60 वर्ष अघि स्वतन्त्र रुपमा कूटनीतिक सम्बन्ध बसाल्न खोज्दा शीत युद्धको त्यस कालमा कस्तो अफ्ठ्‍यारो पार्न खोजिएको थियो भन्ने कुराको राम्रो हेक्का छ पनि ।यस्तो एेतिहासिक चेत भएको चीनका परराष्ट्र मन्त्री वाङ यी चीन-नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको 60 वर्ष पुगेको यो वर्ष अर्थात्‍ सन् 2015 लाई कसरी राम्ररी मनाउने भन्ने बारेमा नेपाली अधिकारीहरुसँग छलफल गर्न गएको डिसेम्बर महिनाको अन्तिम साता काठमाडौँ आउनु भएको थियो । उहाँ यहाँ आउनु भएको महिनाकै 1 तारिखमा नेपाल र चीनका स्थानीय पदाधिकारीहरुले चीन-नेपाल जोड्‍ने दोस्रो सडक बाटो, रसुवागढी(केरुङ सडक औपचारिक रुपमा खोलेका थिए । चीन-नेपाल बीच आर्थिक वा सुरक्षा सहयोगको कुनै पनि प्रस्ताव वा लागी सराई दुवै देश बीच आधुनिक र दरिलो अन्तर्हिमाली यातायात सम्पर्क नभई बलियो, सार्थक र दीर्घकालिन हुन सक्दैन भन्ने चेत दुवै राष्ट्रलाई भएको बुझिन्छ । पहिलो ऐतिहासिक काठमाडौं(जाङमु सडक बाटो बनेको झन्डै 50 वर्ष पछि खुलेको रसुवागढी(केरुङ सडकले अब दुवै देशबीच अत्याधुनिक र सक्ष्ाम यातायात सम्बन्ध स्थापना गर्न ढीलो नगरी अभूतपूर्व रुपमा हिमाली ढोका खोल्न बाटो प्रशस्त गर्छ भन्नेमा कुनै शंका छैन ।दुवै देशका मैत्रीपूर्ण छिमेकी जनता राम्रो र आधुनिक यातायात पूर्वाधार विकास गरी परस्परमा रहेको प्राचीन रक्त(सम्बन्धलाई समयको खाँचो अनुसार समृद्ध र सुरक्षित बनाउन चाहन्छन्‍ । दुई देश बीच कूटनीतिक सम्बन्ध स्थापनाको यो 60 औँ वाषिकोत्सव वर्ष यही उद्देष्यमा समर्पित होस्‍ भनेर उनीहरु चाहन्छन्‍ ।चीन 21 औं शताब्दीको विश्वमा विज्ञान र प्रविधिका भरपर्दा उपलब्धिहरुको आधारमा सबै खाले भौगोलिक अवस्थामा अत्याधुनिक यातायात सेवालाई बेजोडरुपमा विस्तार गर्न सक्ने अगुवा राष्ट्रको रुपमा देखापरेको छ । चीनका राष्ट्रपति सी जिङ पिङ चीनको सफलता, समृद्धि, उपलब्धिलाई खास गरेर छरछिमेकसँग बाँडचुड गर्न चाहनु हुन्छ । यस निम्ति उहाँ कुरा मात्र गर्नु हुन्न, यस प्रयोजनका लागि उहाँले चीनको छरछिमेक नीति मात्र होइन, कार्यक्रम नै बनाउनु भएको छ । नेपाल र नेपाली जनताहरुको लागि समेत हितकारी यस्तो कार्यत्रmममा उहाँको एशियाली पूर्वाधार लगानी ब्यांकको स्थापना र सिल्क रोड आर्थिक विकास क्षेत्र पर्दछन् । नेपाल यस ब्यांकको स्थापनामा संस्थापक(सदस्यकोरुपमा आवद्ध भइसकेको छ भने रसुवागढी(केरुङ सडक सिल्क रोड आर्थिक विकास क्षेत्रको दक्षिण एशियाली नेपाल(दोभान हुनेछ । यसरी नेपाली राजकुमारी भृकुटीले 7 औँ शताब्दीमा तिब्बत जान हिँडेको केरुङको बाटो 21 औँ शताब्दीमा अत्याधुनिक सिल्क रोड आर्थिक विकास क्षेत्र भएर भूपरिवेष्ठित नेपाललाई चीन हुँदै सम्पूर्ण एशिया र यूरोप पुर्‍याउने माध्यम बन्दैछ ।नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको 60 औँ वाषिकोत्सव मनाउन, परस्परमा हर्ष(बढार्इं बाँडचुड गर्न चीनका अगुवा नेता यो वर्ष नेपाल आउँदा त्यस अवसरमा नेपाललाई विश्वसँग आधुनिक भू-यातायातबाट जोड्‍न दुवै देशका नेताहरुले अठोट र इमान्दारीपूर्वक आफूलाई लगाउनेछन् भन्नेमा दुवै देशका जनताहरु ढुक्क छन् । रसुवागढी-जिलुङ मितेरी पूलमा चीनको राज्य परिषदको प्राज्ञिक अनुसन्धानकारी निकाय चाइना इंन्सिटच्यूट्‍स अफ कन्टेम्पररी इन्टरनेशनल रिलेसन्स र यसको नेपाल स्थित समकक्षी संस्था चीन अध्ययन केन्द्रका सदस्यहरु । केन्द्रको निम्तामा नेपाल भ्रमणमा आएका सो निकायका प्रतिनिधि मंडलका सदस्यहरु रसुवागढी-केरुङ सडकको वाटो घर फर्किएका थिए । पछिलतिर देखिएको भवन चीनको एकिकृत अध्यागमन, भन्सार र सुरक्षा कम्पलेक्स हो ।


सुवाश श्रेष्ठ/अश्विन गौतम, 22 डिसेम्बर 2014 विकसित हुदाँ केरुङ सहर यसका हिउँ परेका पर्वत श्रृंखला


सुवाश श्रेष्ठ/अश्विन गौतम, 23 डिसेम्बर 2014 केरुङवासी इलमी नेपाली परिवारसंग चीन अध्ययन केन्द्रका सदस्यहरु


सुवाश श्रेष्ठ/अश्विन गौतम, 23 डिसेम्बर2014

 

जानकारी तथा लेखहरु
सुझाउ