फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटकीय वेभसाइटमालेख्ने लेखिका

(GMT+08:00) 2015-05-26 10:03:36

उनी चीनको एउटा प्रसिद्ध पर्यटकीय वेभसाइटमा लेख्ने लेखिका हुन्। उनले सो पर्यटकीय वेभसाइटमा नेपालका बारेका विभिन्न विषयको जानकारी दिएकी छन्। हाल उनी नेपालको पर्यटकीय शहर पोखरामा बस्छिन्। उनले भविष्यमा विश्वभ्रमण गर्ने आशा राखेकी छन्।

छन् यआन चीनको छौं छिङ्ग शहरमा जन्मिकी हुन्। उनले भरखरै बीस वर्ष मात्र पार गरेकी छन्। बाल्यकालको अबधिमा उनले स्कूलमा राम्ररी पढेकी थिइन् र अन्त्यममा उनी परीक्षामार्फत पैचिङ्गस्थित एउटा प्रसिद्ध विश्वविद्यालयमा पढ्ने अवसर पाइन्। विश्वविद्यालयमा पढेपछि उनले शाङ्गहाईमा एउटा राम्रो कम्पनीमा काम गर्ने अवसर पाइन् र पैसा पनि राम्रो कमाउन थालिन्।

छन यआनले भनिन्, "काम गर्दा विदा भएमा साथीहरुसँग वाहिरका सानो गाउँ वा पहाड क्षेत्र घुम्न जाने चलन थियो। एक पटक म र मेरा केही साथीहरुसँग तिब्बतको आ ली क्षेत्र घुमेपछि त्यहाँको सुन्दर दृष्यलाई धेरै मन पराएकाले मैले आफ्नो काम छोडेर विश्वका विभिन्न मुलुकहरु घुम्ने निर्णय गरेँ।"

तिब्बतमा घुमेको एक महिनापछि छन यआनले नक्सामा नेपाल देखिन्। चीनसँग जोडिएको यो सुन्दर मुलुकमा घुम्ने चाहना उनीभित्र पलायो।

छनको भनाइ अनुसार उनले कुनै ठाउँ घुम्नु अगाडि कुनै योजना बनाउँदिनन्। उनलाई यसो गर्न मन पर्दैन र जुन ठाउँ पुग्यो त्यहीँका स्थानीयलाई सोधेर घुम्ने चलन छ। नेपाल घुम्ने क्रममा पनि उनले त्यसै गरिन्। उनले नेपाल घुम्ने क्रममा जे कठिनाई भेटेतापनि त्योभन्दा बढी खुशका कुरा भेटिन्।

काठमाडौँमा घुम्दा उनको स्वीसडेनबाट आएका एकजना प्याराग्लाइडिङ पाइलटसँग भेट भयो। ती पाइलटको कुराबाट उनले पोखराका बारेमा थाहा पाइन् अनि उनलाई पोखरा घुम्ने रहर जाग्यो। ती प्याराग्लाइडिङ पाइलटसँग उनी पोखरा पुगेर प्याराग्लाइडिङ गर्न चाहन्थिन्। ती पाइलटले पनि छन यआनको इच्छा अनुसार उनलाई आकाशमा धेरै गाह्रो हुने प्याराग्लाइडिङ कला राम्ररी प्रयोग गरेर खेलाए। आकाशमा उड्दा उनलाई निकै भोक लागेको थियो र पाइलटले उनलाई एउटा चकलेट दिएका थिए। छन यआन आकाशमा चकलेट खाँदै ‌प्याराग्लाइडिङमा उडिरहेकी थिइन्। उनका पाइलटलाई अचम्म लागेको थियो किनभने धेरैजसो पर्यटकहरु पहिलो पटक प्याराग्लाइडिङ गर्दा पेट दुखेको र वमिटिङ भएको अनुभव गर्थे तर छन यआनलाई त्यस्तो केही पनि भएन। सो प्याराग्लाइडिङ खेलेपछि छन यआनले प्याराग्लइडिङ साहसिक खेललाई सार्‍है मन पराइन्। पछि ती पाइलट उनका राम्रा साथी भए र छन यआनले उनीसँगै पोखरामा बसेका अन्य पाइलटहरुलाई पनि चिनिन्। अन्त्यममा छन यआनले प्याराग्लाइडिङ खेल्न सिक्ने निश्चित गरिन्। अनि उही पाइलट उनका गुरु बने।

त्यसपछि छन यआनले नेपालको पोखरामा एउटा कोठा लिई बस्न शुरु गरिन्। उनलाई त्यहाँका नेपाली बासिन्दाहरुसँग कुराकानी गर्न मन पर्न थाल्यो। त्यहाँका धेरैजसो बासिन्दाहरुले यी चिनियाँ युवती पाइलटलाई पनि चिने। छन यआनले नेपाली जीवन सजिलो र सुविधाजनक भएको महसुस हुन थाल्यो। विहान सवेरै उठेपछि सूर्यको किरण माछापुच्छ्रे हिमालमा पर्ने र फेवातालमा त्यसको छाया हेर्दा उनला अपार आनन्द लाग्ने गर्छ। उनी सधैँ यस्तो दृश्य हेर्दै नेपाली चिया पिउँछिन्। विहानको खाना खाएपछि प्याराग्लाइडिङ सिक्न जान्छिन्। दिउँसो फेवाताल अगाडी बसेर पुस्तक पढ्छिन्। उनी राति नेपालीहरु जस्तै चाँडै सुत्छिन्। उनले यस किसिमको सजिलो र सरल जीवनलाई मन पराएकाले पोखरामा बस्ने चाहना अझै बढ्दै गएको छ। अहिले छन यआनले राम्ररी प्याराग्लाइडिङ खेल्न सक्ने भइसकेकी छन् र अरु पर्यटकहरुलाई पनि खेलाउन सक्छिन्। उनी प्याराग्लाइडिङ उडाएर कमाएको पैसाले विश्वका अरु ठाउँ घुम्ने चाहना राखेकी छन्।

जानकारी तथा लेखहरु
सुझाउ