फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल-चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष: डा. हरिश्चन्द्र शाह

(GMT+08:00) 2015-05-26 14:59:29

        नेपाल र चीन दुवै घनिष्ठ छिमेकी मित्रराष्ट हुन् । नेपाल र चीनबीचको सम्बन्ध परापूर्वकालदेखि घनिष्ठ रहिआएको छ । प्राचीनकालदेखि नै हाम्रा दुई देशका विख्यात सन्त, तीर्थयात्री, कलाकार एवं विव्दान्हरुले ज्ञान र समझदारीको खोजीमा गरेका आफ्ना भ्रमणहरु ऐतिहासिक तथ्यको रुपमा रहिआएको छ । संवत् 2012 मा ‌पचारिक रुपमा नेपाल-चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात हाम्रा सदियौँ पुराना सम्बन्ध र आपसी जनस्तरका परम्परागत मित्रताका सम्बन्धहरु अझ महत्वपूर्ण एवं सारपूर्ण बनेका छन् ।नेपाल र चीनबीच विद्यमान आजको सुखद एवं घनिष्ठ परम्परागत मैत्री सम्बन्ध दुई देशका उच्चपदस्थ नेता र जनताको संयुक्त प्रयासको प्रतिफल हो । हाम्रा दुवै देश शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तप्रति पूर्ण कटिबद्ध छन् । परिणामस्वरुप हाम्रा पिक्षीय सम्बन्ध एवं समझदारी अझ घनिष्ठ र प्रगाढ भएको छ । हाम्रा मैत्रीपूर्ण सम्बन्ध मित्रता र समझदारीको लामो इतिहासमा आधारित छ । समय समयमा दुई दुई देशका उच्चस्तरीय लगायत विभिन्न तहमा भएका आपसी मैत्रीपूर्ण भ्रमणहरुको आदानप्रदानबाट विकसित एवं परिपोषित नेपाल र चीनबीचका सम्बन्धहरु समयको कसीमा उत्तीर्ण भइसकेको छ । नेपाल र चीनबीच मित्रताको विकास र सुदृढीकरणका लागि हाम्रा राष्टपति, प्रधानमन्त्री र चीनका राष्टपति र प्रधानमन्त्रीबाट भएका योगदानको वर्णन गर्न धेरै कठिन छ । नेपालबाट भएका वर्तमान राष्टपति, उपराष्टपति, प्रधानमन्त्री एवं उच्चस्तरीय औपचारिक भ्रमणबाट हाम्रा देशबीचका मित्रता तथा सहयोगका सम्बन्धहरु अझ सुदृढ भएका छन् । त्यस्तै चिनियाँ पक्षबाट राष्टपति, प्रधानमन्त्रीलगायत उच्चस्तरीय भ्रमणहरुले मित्रतालाई प्रगाढ बनाउन सफल योगदान गरेको छ । चीनका वरिष्ठ नेता तंग सियाओ फिंगबाट 2034 मा भएको नेपाल भ्रमणका साथै त्यसपछि विभिन्न समयमा चिनियाँ राष्टपति, प्रधानमन्त्री एवं अन्य उच्चस्तरीय पदाधिकारीहरुबाट भएका भ्रमणहरु नेपाल-चीन सम्बन्धको इतिहासमा महत्वपूर्ण घटनाको रुपमा रहेका छन् । मित्रताको यस गौरवमय परम्पराको पृष्ठभूमिमा आपसी भ्रमणहरुले नेपाल-चीन सम्बन्धमा थप नयाँ आयाम स्थापित भएको छ । यातायात, जलस्रोत, स्वास्थ्य, शिक्षा, संचार, उद्योग स्थापना, संस्कृति आदानप्रदान तथा यसको संरक्षण तथा विकासका अन्य क्षेत्रहरुमा प्रदान गरिएको चिनियाँ सहयोगबाट नेपाल निकै लाभान्वित भएको छ । दुई देशबीच पिक्षीय व्यापार प्रवर्द्धन, पर्यटन विकास इत्यादि क्षेत्रमा ठूलो विकास भएको छ । पारस्परिक हितमा आधारित सहयोगात्मक कार्यत्रmमहरु, संयुक्त लगानी एवं प्राविधिक सहयोगको क्षेत्रमा सन्तोषजनक प्रगति भएको छ । पारस्परिक सहयोगको सन्दर्भमा राजमार्ग निर्माणदेखि लिएर उद्योगहरु स्थापना गर्न समेत महत्वपूर्ण सहयोग नेपालले चीनबाट प्राप्त गर्दै आएको छ । चिनियाँ सहयोगबाट निर्मित अरनिको राजमार्ग (काठमाडौं(कोदारी राजमार्ग) ले नेपालको उत्तरी क्षेत्रको विकास एवं चीनसँगको व्यापारमा ठूलो सघाउ पुर्याएको छ । हालै खोलिएको दोस्रो नाका रसुवागढीको योगदानले नेपालको विकासमा ठूलो सहयोग पुग्छ । सबारी छालाजुत्ता कारखानादेखि लिएर आधुनिक कागज कारखाना, भरतपुर क्यान्सर अस्पताल, काठमाडौँमा निजामती अस्पताल, अन्तर्राष्टिय सम्मेलन केन्द्र (हाल संविधानसभा भवन), कीर्तिपुरस्थित राष्टिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, पोखरा विमानस्थलको निर्माणसम्ममा चीनले सहयोग पुर्याएको छ । नेपाल र चीन पहाड र नदीनालाले जोडिएका छन् । सगरमाथाले हाम्रो दुई देशलाई जोड्दै सम्बन्धलाई गहिरो बनाएको छ । नेपाल एउटा सानो देश र विशाल छिमेकी चीनसँगको घनिष्ठ सम्बन्ध संसारमा एउदा उदाहरणको रुपमा रहेको छ । नेपाल र चीनको बढ्दो घनिष्ठ सम्बन्ध पुस्तौँ पुस्तासम्म अटल रहिरहोस् ।

जानकारी तथा लेखहरु
सुझाउ