फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वल्र्ड कल्चर नेटका अध्यक्ष: दीपक सरकार

(GMT+08:00) 2015-05-26 18:00:00

       यो वर्ष (सन्2015) नेपाल र चीनले दौत्यसम्बन्धको 60औँ वर्ष विविध कार्यत्रmम सहित मनाउँदै छन्‍ । चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा नयाँ चीन स्थापना भएपछि स्थापित यो दौत्य सम्बन्ध दुई राष्ट्रबीचको औपचारिक सम्बन्ध हो । यो सम्बन्धभन्दा सयौँ वर्ष पहिले गाँसिएको सांस्कृतिक सम्बन्धले दुई देशका जनता र राज्यलाई एक अर्कामा जोडिसकेको थियो । यो सांस्कृतिक सम्बन्धको सूत्रधार बौद्ध दर्शन र संस्कृति हो । जुन आज पनि जीवन्त छ ।चीनको विभिन्न राजवंशकालका बौद्ध दर्शनका अध्येताहरूले दक्षिण एसियाको भ्रमण गरेका थिए । बुद्ध जन्मेको ठाँउ, बुद्धको दरबार, पूर्व-बुद्धहरूको ठाउँलगायतका क्षेत्रमा भ्रमण गर ती अध्येताहरूले नेपालका विभिन्न स्थानहरूको भ्रमण गरी यहाँको भूगोल, संस्कृति र राजपरम्पराका बारेमा चिनियाँ जनतालाई जानकारी दिएका थिए । यही प्रसंगमा फाहियान र त्स्वेन चाङ्गको नाम अग्रपंक्ति आउँछ । यी दुई महाभिक्षुको यात्रा वृत्तान्त नेपाल-चीन सांस्कृतिक सम्बन्धको कोसेढुंगा हो र यो दुई देशबीचको जन-कूटनीति (पिपल्स डिप्लोमेसी) को पहिलो पाइला पनि हो ।राज्यहरूको औपचारिक सम्बन्धलाई गति दिने र स्थायित्व दिनजन-कूटनीतिको भूमिका हुने गर्दछ । जन-कूटनीतिले औपचारिक सम्बन्धलाई भावनात्मक र भ्रातृत्वपूर्ण बनाउँछ । चाहे, त्यो लडाइँको अवस्थालाई मत्थर बनाउन होस्‍ वा विकासको कामलाई तीव्रता दिन जन-कूटनीतिले प्रभावकारी भूमिका खेल्छ । चीन र भारतको सीमा युद्धमा भारतीयले 'हिन्द-चीनभाइ-भाइ' को नारा लगाए, चिनियाँले त्यो नारा दोहोर्‍याए । नेपालीले नयाँ चीन स्थापनाको घोषणा हुन लाग्दा 'नेपाल-चीन मैत्री संघ' खोलेर जन-कूटनीतिको परम्परालाई संस्थागत गरे । आज एक दर्जनभन्दा बढी नेपाली संस्थाहरू नेपाल-चीन जन-कूटनीतिको मैत्री संस्कारलाई हुर्काउन सक्रिय छन्।यी संस्थाहरूले नेपालमा चीन महोत्सव, चीनमा नेपाल सम्बन्धी कार्यक्रमहरू, चीनमा व्यापार प्रवर्द्धन, पर्यटन प्रवर्द्धन, युवा आदान-प्रदान, सांस्कृतिक आदान-प्रदान लगायत थुप्रै गतिविधिमा आफ्‍नो सक्रियता देखाइरहेको छ । दुई देशका नगरपालिकाहरूको भगिनी सम्बन्धले पनि नेपाली र चिनियाँ जनताहरूलाई नजिक बनाउन सघाउँदै चीन अन्तर्राष्ट्रिय मित्रताका लागि चिनियाँ जनसंघले विदेशी मुलुकका मैत्री संस्थाहरूसँग जन-सम्बन्ध अभिबृद्धिको ध्येय लिएर सक्रिय छ । यो संघले चीनको स्थानीय इकाईसम्म विस्तार गरेको आफ्‍नो संगठनबाट वैदेशिक जनमैत्री सम्बन्धी कार्यक्रमहरू संचालन गरिरहेको छ । यस संघलाई चिनियाँ सरकारको नैतिक र भौतिक समर्थन प्राप्त छ ।नेपाल र चीन दौत्य सम्बन्धको साठीऔँ वर्ष मनाइरहँदाजन-कूटनीतिको महत्वलाई उचाइमा पुर्‍याउन दुवै सरकारको नैतिक र भौतिक समर्थनलाई समसमायिक बनाउन अत्यावश्यक छ । जन-कूटनीतिका अभियन्ताहरूको सल्लाह, सुझाव र अनुभवलाई सरकारी पक्षले ग्रहण गर्न सकेमा औपचारिक सम्बन्धलाई परिणाममुखी बनाउन सहयोग पुग्नेछ अथवा यी अभियन्ताहरू नेपाल-चीन सम्बन्धमा 'थिंकट्‍याङ्‍क'को रुपमा उपस्थित छन्‍ भन्ने बुझ्नुपर्छ ।

जानकारी तथा लेखहरु
सुझाउ