फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी.आर.आई. श्रोता क्लवहरुको राष्टिकय परिषद नेपालका अध्यक्ष: मानबहादुर खत्री

(GMT+08:00) 2015-05-26 18:37:59

        विश्वको लोकप्रिय एवं विशाल रेडियो, चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले सन् 1975 को जुन 25 तारीखदेखि नेपाली भाषामा औपचारिक रुपमा कार्यक्रम प्रसारण गर्न शुरु गरेको हो । नेपाल र चीनबीच परापुर्वकालदेखि रहदै आएको घनिष्ट मित्रता र सम्वन्धलाई मूर्त रुप दिनको लागि यस रेडियोबाट नेपाली भाषामा कार्यक्रम संचालन गर्न थालिएको हो । यस रेडियोले स्थापनाकालदेखि नै नियमित र निरन्तर रुपमा नेपाल लगायत भारतका सिक्किम, दार्जिलिङ, आसाम तथा भुटान, बर्मा बंगलादेश, संयुक्त अरब इमिरेट्‍स र साउदी अरव तथा विश्वका कुनाकाप्चामा बसोबास गर्ने नेपाली श्रोताहरुलाई विभिन्न कार्यक्रमहरु प्रसारण गर्दै आइरहेको छ । चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले नेपाली भाषामा विभिन्न कार्यक्रमहरुको माध्यमबाट पनि चीन र नेपाल तथा चिनियाँ र नेपाली जनताको बीच सम्वन्ध जनस्तरबाट नै माथि उठाउन र दुई देशबीच समभmदारी बढाउनमा ठुलो योगदान पुर्‍याउँदै आएको छ । चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली कार्यक्रम नेपाल र चीनबीच मैत्रीपुल बन्न पुगेको छ ।चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवाद्बारा दैनिक प्रसारण गरिने कार्यक्रमकेा समयमा पनि विस्तार गरिदै लगिएको छ । यस रेडियोले नेपाली भाषाको प्रसारणलाई समयानुकुल, परिवर्तन र प्रभावकारी बनाउदै आएको छ । यस रेडियोले स्थापनाकालमा 120 किलोवाटको मेसिन उपकरणबाट प्रसारण गरिदै आएकोमा समयानुकूल आफूले प्रयोग गर्दै आएको प्रविधिमा पनि परिवर्तन गरी सन् 1997 देखि 500 किलोवाटको शक्तिशाली मेसिन उपकरणबाट प्रसारण गर्न थालेको छ । उक्त समयदेखि नै परम्परागत मोनो प्रणालीलाई विस्थापित गरी डिजिटल प्रणाली माफत कार्यक्रमहरु प्रसारण गर्न थालेको छ । यसबाट नेपाली भाषाको कार्यक्रम प्रसारण तथा श्रोताले ग्रहण गर्ने कार्यमा सरलता र स्पष्टता थपिएको छ । यी अत्याधुनिक मेशिन उपकरणहरुको प्रभावले गर्दा संसारको जुनसुकै भागमा बसेर पनि नेपाली सेवाका कार्यक्रमहरु सरल तथा सहज तरीकाले सुन्न सकिने भएको छ । विश्वमा छरिएर रहेका नेपाली श्रोताहरुलाई समेट्‍न नेपाली सेवाले सञ्चारको अत्याधुनिक श्रोत इन्टरनेटको प्रयोग गरिरहेकोे छ । यस सेवाले सन् 2003 को डिसेम्वर 28 देखि नेपाली कार्यक्रमहरु इन्टरनेटबाट पनि सार्वजनिक गरेको हो । उक्त समयदेखि नेपाली कार्यक्रमहरु इन्टरनेटमा पनि पढ्‍न र सुन्न सकिने भएको छ । नेपाली कार्यक्रमहरुलाई वेभ-साइटमा राखिएकाले विश्वको जुनसुकै स्थानमा बसेर र जुनसुकै समयमा पनि हेर्न र पढ्‍न सकिने भएको छ । विश्वको एक मात्र विशाल एवं लोकप्रिय रेडियो चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले प्रत्येक वर्ष विभिन्न किसिमका ज्ञान विज्ञान प्रतियोगिताहरु आयोजना गर्दै आइरहेको छ । यी प्रतियोगिताहरुमा श्रोताहरुलाई प्रथम, दोश्रो तथा तेश्रो गरी विभिन्न किसिमका पुरस्कारहरु प्रदान गर्दै आइरहेको छ भने कुनै कुनै प्रतियोगितामा श्रोताहरु मध्येबाट विशिष्ट पुरस्कार प्राप्त गर्ने विश्वका श्रोतालाई विशेष पुरस्कार स्वरुप चीनका विभिन्न भाग, प्रान्त तथा स्थलहरुको भ्रमण गराउँदै आइरहेको छ । यसै सिलसिलामा यस रेडियोले चीनको सुन्दर प्रान्त क्वांसी प्रान्तको 50 औँ वाषिकोत्सवको अवसर पारेर मई 6, 2008 देखि अक्टुवर 6,2008 सम्म संचालित "चीनको क्वांग सी चुआंग जातीय स्वायत्त प्रदेश" भन्ने ज्ञान विज्ञान प्रतियोगिताको आयोजना गरेको थियो । यस प्रतियोगिताको आयोजना चीनको क्वाँसी प्रान्तको पर्यटन ब्यूरो, क्वांसी प्रान्तको स्थानीय सरकारको सूचना विभाग एवं चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको संयुक्त तत्वावधानमा गरिएको थियो । चीनको सुन्दर प्रान्त क्वांसीको सदरमुकाम नाननिङमा आयोजना गरिएको यस प्रतियोगिताको पुरस्कार वितरण समारोहमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका उप निर्देशक वाङ मिङ ह्‍वा र क्वांसी पर्यटकन ब्यूरोका प्रमुख छङ च्याङ न्युनले श्रोताहरुलाई विषेश पुरस्कार प्रदान गर्नुभएको थियो । यस प्रतियोगितामा विश्वका विभिन्न देशका 10 विशेष पुरस्कार प्राप्त गर्ने श्रोताहरुलाई विभिन्न पुरस्कारहरुका साथै चीनको राजधानी पैचिङ तथा विश्वकै सुन्दर नगरी क्वांसी प्रान्तको भ्रमण गराएको थियो । यसरी विशेष पुरस्कार प्राप्त गरी स्वर्गको टुक्रा मानिने प्रान्त क्वांसीको भ्रमण गर्ने भाग्यशाली श्रोताहरुमा मान बहादुर खत्री - नेपाल, योगेन्द्र त्यागी - भारत, प्रवल दास गुप्ता - भारत, श्रीमती क्वाङ लियो - अमेरिका, माइक पेराहो - अमेरिका, प्रो.डा. निकोला कोसियो सिरा - क्यूवा, भ्लादिमिर ग्यांगेको - रसिया, एवोवर एवोलमाग - इजिष्ट, ले गिया फोङ - भियतनाम रहेका थिए । अफगानिस्तानका श्रोता भने उक्त पुरस्कार वितरण समारोह एवं भ्रमणमा सहभागी हुन सकेनन्‍ । यस प्रतियोगिताका विजेता श्रोताहरुलाई नोभेम्वर 29 देखि डिसेम्वर 9 सम्म करीव 11 दिन क्वान्सीका प्रमुख पर्यटकीय स्थलहरु एवं पैचिङका पर्यटकीय श्रोत्रहरुको 3 दिन अवलोकन भ्रमण गरेका थियौँ । हामीले भ्रमण गरेका स्थल तथा क्षेत्रहरुमा क्वांसीको सदरमुकाम नाननिङ, नान्हु पार्क, वनस्पति पार्क सुन्दर शहर कुइलिन, चीन र भियतनामको सिमानामा रहेका झरना द थ्येन झरना, ल्यौ श्यौं, क्वी लिन पहाडमा रहेको हात्तकिो सुंड भएको पहाड, कोलिङ शान नदीमा राफ्टिङ, लि च्याङ नदीमा पानी जहाजबाट यात्रा, विश्व प्रसिद्ध पैचिङ ओपेरा, चुआंग जातिको लवाई, खवाई, बसाई, रीतिरिवाज, संस्कार तथा श्यौं छ्‍यौं, विभिन्न पहाड, झरना, गुफा, पार्क, संग्रहालय तथा पैचिङका तियानमेन चोक, फोर्बिडन सिटी तथा विश्व प्रसिद्ध विशाल पर्खालको अध्ययन भ्रमण एवं प्राकृतिक दृश्यहरुको अवलोकन गरेका थियौँ । विभिन्न देशका हामी श्रोताहरुले रेडियोको यस कार्यलाई एक महत्वपूर्ण छलाङको रुपमा लिएका छौँ । यसले पक्कै पनि चीन तथा विश्वका मुलुकहरु बीच रहदै आएको सम्वन्धमा कोशे ढुंगा सावित हुने एवं चीनका पर्यटकीय स्थलहरुको प्रचार प्रसार हुने पुर्ण विश्वास राखेका छौँ ।  

जानकारी तथा लेखहरु
सुझाउ