फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ इन्जिनियर

(GMT+08:00) 2015-05-27 14:33:35

विदेशमा अन्तर्राष्ट्रिय परियोजनाको व्यवस्थापनमा काम गरिरहेका गेरी दक्षिण-पूर्वी एशियाका धेरै मुलुक पुगिसकेका थिए। तर पहिलो पटक नेपाल पुग्दा त्यहाँको विशेष संस्कृति र वातावरणले उनलाई आश्चर्यमा पार्‍यो।

चाइना सी ए एम सी इन्जिनियरिङ्ग कम्पनीलाई विश्वव्यापी प्रसिद्ध परियोजना ठेकेदारको रुपमा मानिन्छ। चिनियाँ परियोजनाको मूल्यलाई प्रचार गर्ने विशेष कार्यलाई कम्पनीले बोकिरहेको छ। गेरीको चिनियाँ नाम याङ च काङ हो। नेपाली पोखरा अन्तर्राष्ट्रिय विमान स्थल परियोजनाको चिनियाँ उच्च व्यवस्थापकको रुपमा रहेको याङ च काङले केही वर्षसम्म नेपाली बजारको अन्वेषण गरी नेपालसम्बन्धी आफ्नो गहन बुझाइ पाएका छन् साथै सो पवित्र स्थल र त्यहाँका मेहनति जनतालाई पनि धेरै माया गरेका छन्।

पहिला उत्तर चीनमा बसिरहेको कारण नेपाल आउनुअघि हिमालयको दक्षिणतिर पर्ने नेपालबारे याङ च काङको अत्यन्तै थोरै बुझाइ थियो तर काठमाडौँ नेपालको राजधानी हो भन्ने मात्रै थाहा थियो। पछि इन्टर्नेटबाट नेपालबारे थप बुझ्दै गए। त्यतिखेर इन्टर्नेटमा नेपाली संचालकले विशेष भाषाबाट रिपोर्ट गरेको भिडियो हेर्दा गेरीलाई निकै अनौठो र ठूलो दबाव लागेको थियो। त्यहाँको जीवनसँग आफूलाई ढाल्नसकिन्छ कि सकिँदैन। अनि काम राम्ररी गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा उनलाई थाहा थिएन।

त्रिभूवन विमान स्थलमा अवतरण भएर अरु धेरै विदेशी पर्यटकसँग विमान स्थल बाहिर निस्किँदा गेरीले पहिलो पटक नेपालको ताजा हावामा सास फेरे। अनि स्थानीय विशेषतायुक्त धार्मिक सांस्कृतिक वातावरण भेटे। त्यसबाट उनले स्थानीय पर्यटन स्रोतको ठूलो आकर्षक अनुभव लिएका थिए। गाडीले होटल लाँदा उनले बाटोमा नेपालको अविकसित वातावरण देखे। त्यतिबेला उनलाई धेरै वर्षअघिको गाउँ क्षेत्रमा पुगेको जस्तो लागेको थियो।

नेपालको पोखरा अन्तर्राष्ट्रिय विमान स्थल परियोजनामा चिनियाँ कम्पनीले खटाएको व्यवस्थापकको रुपमा रहेका गेरीका लागि विमान स्थलको निर्माणसम्बन्धी स्थानीय बासिन्दाको धारणाले सबभन्दा बढी ध्यान तानेको छ। अनुसन्धान गरेर उक्त परियोजनाले नेपाली विभिन्न तहका जनताको समर्थन र उच्च ध्यान पाएको उनले थाहा पाए। छिटै गरी निर्माण गरी नेपाली पर्यटन उद्योगलाई प्रबर्द्धन गर्ने सबैको आशा छ। चीन र नेपालबीचको लामो परम्परागत मित्रता रहिरहेको छ। नेपाली राजकुमारी भृकुटी तथा राजकुमारी वनछङ र तिब्बती श्रोङ चोङ गम्पोसँग विवाह भएबाट दुई देशबीचको मित्रतालाई विस्तार गरिएको थियो। साथै अरनिकोले चीनको श्वेत स्तुप मन्दिरको निर्माण गरेको र केही वर्षयता चीनले नेपाललाई राजमार्ग,अस्पताल,सभागृह आदिको निर्माण गर्न सहयोग दिएबाट दुई देशका सरकार र जनताबीचको गहन परम्परागत मित्रता अझै प्रगाढ भएको छ। चीनमा तीव्र आर्थिक विकास हुँदा हरेक वर्ष नेपाल घुम्ने चिनियाँको संख्या पनि तीव्र रुपमा बढ्दै गएको छ। सबैलाई नेपालीको सरल तथा सुखमय जीवनले अत्यन्तै प्रभाव पारेको छ।

नेपाली जनता मेहनेती,दयालु छन् र अतिथिलाई हृदयदेखि सत्कार गर्छन्। धेरै स्थानीय व्यापारीले चिनियाँ पर्यटकसँग सरल चिनियाँ भाषामार्फत कुराकानी गर्न सक्छन् भने उनीहरुले धेरैजसो चिनियाँ संस्कृतिबारे निकै बुझेका गेरीले पाए। गेरीका धैरै नेपाली साथीहरुले फुर्सदको समयमा चिनियाँ भाषा सिक्छन्। व्यापारीहरुले पनि पसलको साइन बोर्डमा चिनियाँ भाषा राख्छन् अनि चिनियाँ पर्यटक भेट्दा चिनियाँ भाषा पनि बोल्छन् जसबाट व्यापार बढाउन पनि सहयोग पुगेको छ। अर्कोतिर चीनमा मानिसले नेपालमाथि झनै बढी ध्यान र माया गरेका छन्। गेरीका धेरै साथीहरुले नेपाल भ्रमण गर्ने तयारी गरिरहेका छन्। नेपालका मन्दिरहरुको अवलोकन गर्ने,बुद्धको जन्मस्थलको भ्रमण गर्ने,हिमालयमा हाइकिङ्ग गर्ने गरी नेपाली विशेषतायुक्त संस्कृति र दृश्यको अनुभव लिने उनीहरुको आशा छ।

हाल नेपालको एउटा मात्रै अन्तर्राष्ट्रिय विमान स्थल छ अर्थात् काठमाण्डौँमा पर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल। त्यसको निकै अविकसित प्रबन्धको कारण संचालनमा धेरै समस्या छन्। पर्यटन उद्योगको विकासका लागि पनि यो समस्या ठूलो बाधाका रुपमा रहेको छ। नेपाल सरकारले पनि उक्त समस्या बुझेको छ। त्यसैले पोखरा अन्तर्राष्ट्रिय विमान स्थलको निर्माण गर्न थालेको छ। विगत दशौँ वर्षभित्र चीनले सयभन्दा बढी विभिन्न किसिमका विमान स्थलको निर्माण गरिसकेको छ त्यसैले विमान स्थल निर्माण गर्नका लागि चीनसँग धैरै सफल अनुभव छन्। चीनका यी निकै मूल्यवान् सम्पत्ति पनि हुन्। पेशागत इन्जिनियरको रुपमा रहेका गेरीले चिनियाँ पेशागत प्राविधिक कर्मचारीको प्रयासमार्फत नेपालको लागि एउटा उच्च गुणस्तरीय अन्तर्राष्ट्रिय विमान स्थलको निर्माण गरी नेपाली जनतालाई फाइदा पुर्‍याउने आशा लिएका छन्।

कामका कारण गेरी धेरै पटक पोखरा पुगेका छन्। विशाल माछापुच्छ्रे र सुन्दर फेवा तालले गेरीको मन छोएको छ। किनभने हरेकपटक सो विमान स्थल क्षेत्र पुग्दा उनले नयाँ विमान स्थलसम्बन्धी स्थानीयहरुको हार्दिक अपेक्षाको अनुभव लिनसक्छन् र आफ्नो आँधमा नेपाली जनताको भारी आशा रहेको पनि उनले अनुभव गर्छन्। जे होस् उनले दत्तचित भएर काम गरी नेपाल-चीन मित्रताको विकासको लागि योगदान दिनुपर्ने विचार लिएका छन्।

नेपाली जनताले जस्तै गेरीले पनि नयाँ विमान स्थल चाँडै निर्माण हुने र चाँडै संचालनमा आउने अपेक्षा लिएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ