फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीआरआईको पूर्व विशेषज्ञ: कृष्ण केसी

(GMT+08:00) 2015-05-26 18:31:53

चीन र नेपालबीच दौत्य सम्बन्ध स्थापनाको 60औँ वर्ष गाँठ मनाउने अवधिमा आइपुगेको छ । अर्थात् 59 औँ वसन्त र शिशिर पूरा भएको छ । हुनत नेपाल र चीनबीच आदिम कालदेखि नै घनिष्ठ सम्वन्ध रहँदै आएको छ । भृकुटी, अरनिकोबाट प्रगाढ बनेको सम्बन्धले दुई देशबीच जनस्तरमा देखिएको भाइचाराले हाल दरिलो सम्बन्ध कायम गरिसकेको छ । चीनबाट नेपालले प्राप्त गर्न गरेको सहयोगको निरन्तरता र नेपालले चीनप्रति गरेको मित्रवत व्यवहार र सम्वन्ध उल्लेखनीय छ । उत्तरी सिमाना जोडिएर रहेको चीन जनस्तरको मैत्रीभावलाई प्रगाढ बनाउन नेपाल र चीनबीचका चिनियाँ गतिविधिलाई जनतामाझ ल्याउन सफल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवाले निर्वाह गरेको भूमिका नेपाल र चीनबीचको कुटनैतिक सम्बन्धमा अझ सामिप्यता र प्रवल सम्वन्ध स्थापना गरेको छ । चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सि.आर.आई.को स्थापना सन 1941 को डिसेम्बर ३ तारिखका दिन भएको हो । यो विश्वभरि प्रसारण गरिने उद्देश्यले स्थापना गरिएको चीनको एक मात्र अन्तर्राष्टि्रय रेडियो हो । सन 1941 देखि निरन्तर चीनमा भएका परिवर्तन र विकासक्रम बारे चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले विश्वलाई जानकारी दिँदै आएको छ । चीन र विश्वजनमानसमा समझदारी र मित्रतालाई अरु सुदृढ एवं सुमधुर पार्न चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले अथक प्रयास गर्दै आएको छ । हाल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले हरेक दिन विश्वका अठ्‍तीसवटा भाषाका अतिरिक्त चीनको स्थनीय भाषा हान जातिको फु थोंगका साथै क्वांग चौ भाषा, छाउ चौ, मिन नान र ख स्या गरी चार किसिमका भाषामा विश्वभरि प्रसारण हुनेगरी 392 घन्टा आफ्नो प्रसारण गरिरहेको छ । ती कार्यक्रमहरुले विश्वभरिका दुईसय भन्दा बढी मुलुक र क्षेत्र तथा चीनका पैचिंग, शाङ्गहाई र क्वाँग चौ लगायतका दशभन्दा बढी शहरहरु तथा हङ्गकङ्ग र मकाउ विशेष प्रशासनिक क्षेत्रहरुलाई समेटेको यस प्रसारण संस्थाको प्रभावकारिता श्रोता सवर्क्षेणबाट प्रष्ट भएको छ । यसै गरी सन 2004 मा सी. आर. आई.ले संसारभरिका 161 वटा मुलुकका श्रोताहरुबाट 18 लाखभन्दा बढी चिठी पत्रहरु माफत श्रोता सवर्क्षेणको अर्को उपाय पनि अवलम्बन गरेको थियो, जसलाई स्वदेशी तथा विदेशी श्रोताहरुले 'चीन तथा अरु मुलुकबीच सम्पर्क र जानकारी आदानप्रदानको दरो माध्यम' र 'चीनका बारेमा जानकारी पाउने सबैभर्दा छिटो, सजिलो र प्रभावकारी बाटो हो' भन्ने प्रतिकृया समेत दिएको पाइन्छ ।

चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले सूचनासन्जालको निर्माणका लागि विश्वका विभिन्न भागमा हुने घटनाहरुका बारेमा तत्काल जानकारी लिनका लागि प्राय सबै महाद्बीपहरुका साथै चीनका विभिन्न प्रान्त, शहर र स्वायत्त प्रदेश एवं हङ्गकङ्ग तथा मकाउमा समेत संवाददाता नियुक्त गरी सूचनासन्जाल विस्तार गरेको छ ।

सन्1984 देखि चिनियाँ अन्तर्राष्टि्रय रेडियोले स्वदेशका लागि क्रमश: अंग्रेजी, स्पेनिस, अरबेली, फ्रान्सेली, जर्मन, कोरियाली, जापानी र रुसी भाषामा प्रसारण थालेको थियो । जसले गर्दा चीनमा काम गरिरहेका वा बसोबास गरिरहेका विदेशीहरुका लागि चीन र विश्व बारे जानकारी हासिल गर्न माध्यम बन्नुका साथै विदेशी भाषा सिक्न चाहने चिनियाँहरुका लागि पनि ठूलो सहयोग पुगेको छ ।

यसका अतिरिक्त सन् 1998 को डिसेम्बरदेखि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको वेभसाइट संसारका जुनसुकै ठाउँमा पनि हेर्न सकिने पारिएको छ । अब श्रोताहरुले चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको 63 वटै भाषाका कार्यक्रमहरु हप्ताभरीको कार्यक्रमहरु इन्टरनेटमा हेर्न र सुन्न सक्नेछन् । अत: सी आर आई अनलाइन विश्वका अन्तर्राष्ट्रिय रेडियोहरुमध्ये सबैभन्दा प्रभावकारी माध्यम भएको मानिएको छ । रेडियोका तत्कालीन चिनियाँ युवती छाङ होको नेतृत्वमा केही चीनियाँ युवायुवतीहरुको अथक प्रयासमा नेपाली भाषामा प्रसारणको शुभारम्भ सन्1975 को जून पच्चिस तारिखका दिन भएको थियो । हाल यस भाषामा हरेक दिन शर्टवेभ र मिडियम वेभबाट जम्मा चार घन्टा प्रसारण भइरहेको छ । नेपाली सेवाका श्रोताहरु नेपाल बाहेक भुटान, भारत, बंगलादेश, साउदी अरेबिया, संयुक्त अरब इमेरेटस संयुक्त राज्य अमेरिका र युरोपका विभिन्न मुकमा रहेका मुलुकहरुमा वसोवास गर्ने नेपाली मुलका नेपाली भाषी श्रोताहरु पनि छन् । आफ्नो प्रसारणलाई प्रभावकारी बनाउन चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले सन्2003 को डिसेम्बर महिनामा चीनभित्रको पहिलो नेपाली भाषाको वेभसाइट सार्वजनिक गरेको छ । पर्याप्त र विविध विषयका साथसाथै आकर्ष चित्रसामग्रीहरुले सजाइएको उक्त वेभसाइटले विभिन्न क्षेत्रका नेपाली मूलका समाजलाई आकषित गरेको छ । नेपालमा बितेका चालिस वर्षभन्दा बढी समयदेखि नेपाली प्रसारण सुन्ने श्रोताहरुको संख्या दिनप्रतिदिन बढ्‍दो छ । श्रोताहरुको आफ्नै प्रयासमा स्थापित सी. आर. आई. श्रोता क्लबहरुको राष्टि्रय परिषदले नेपालका श्रोताहरुलाई नेपाली सेवाका विषयमा जानकारी दिने र सम्पर्क गराउनुका साथै नेपाली प्रसारणको प्रचारप्रसार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । हाल नेपालमा सी. आर. आई.का करिब छ सयवटा भन्दा बढी श्रोता क्लबहरु गठन भइसकेका छन् । नेपाल र नेपाली समाजका लागि सामाजिक रुपान्तरणमा छिमेकी राष्ट्रको भूमिका नेपाली जनताका लागि राष्ट्र राष्ट्रियता र विकासको पाठ आवश्यक छ । विकास र परिवर्तनको पर्खाइमा रहेको यो समाजलाई जति जानकारीमुलक सूचना प्रदान गरियो त्यति नै समर्पण सहितको विकासलाई मद्धत पुग्छ । यस कार्यमा सन्चार माध्यमहरुको भूमिका महत्वपूर्ण छ । विगत लामो समयदेखि नेपालमा सीआरआईका कार्यक्रमहरुलाई नेपाली जनताले आफ्नो चाहनाको परिपूर्तिको माध्यम वनाएका छन् । नेपाली संचारमाध्यामले जनताको भित्री चाहनाभन्दा जवरजस्त राजनीतिक शिक्षामात्र दिन खोजेका कारण नेपाली जनताले छिमेकी मुलुकको विकास र यसका कारण जान्न र वुझ्न पाएकै छैनन्। तर जनताको चाहना चीन र भारतको विकासवारे तुलनात्मक अध्ययनको अवसरको खोजी हो । त्यसैले भन्न सकिन्छ नेपालमा यस्ता जानकारी दिने सन्चार सामग्रीको आवश्यकता छ । यतिमात्र गर्न सकियो भने नेपाली जनताको चाहना पूरा गर्न सकिन्छ । यो चाहना पूरा गर्न नेपालमा प्रशारण हुने सीआरआईका कार्यत्रmमहरुलाई व्यवस्थित ढंगले मुलुकभर पुर्‍याउन जरुरी छ । यदि यसो गर्न सकियो भने छिमेकी भारतका जनताले समेत चीनको विकास वारे जानकारी पाउन सक्ने देखिन्छ, जुन अहिले त्यो अवसर छैन । त्यस्तै यो अवसरवाट: 1) नेपाली जनतालाई त्यो अवसर प्राप्त हुने छ, जसले चीनका वारेमा अहिलेसम्म बनाएको अवधारणामा परिवर्तन आई चीनका वारेमा वास्तविक जानकारी प्राप्त गर्ने छन् । 2) छिमेकी मुलुक चीनका वारेमा आआफ्नै धारणा र आआफ्नै हिसावले उपयोग गर्दै आएका राजनीतिक दल, विद्धान, जनता प्रशिक्षित हुने छन् र चीनको विकासको लक्ष्य र समर्पणका वारेमा चर्चा परिचर्चाको प्रारम्भ हुनेछ । 3) नेपाली सन्चार माध्यमहरुमा परिवर्तन आउने छ र सकारात्मक सन्देश प्रवाहमा मद्धत पुग्ने छ । 4) नेपाल र भारतको सीमा खुला भएका कारण र सुचनाको प्रकाशन प्रशारणमा हालसम्म कुनै रोकतोक नभएका कारण नेपाली सन्चार माध्यमहरुको प्रभाव भारतीय भूमिका समेत देखिने हुनाले भारतीय नागरिकहरुलाई समेत चीनको विकास वारे जान्ने वुझ्ने अवसर प्राप्त हुने । 5) यो अवसरले नेपाल र चीन अनि चीन र भारतबीचको सम्वन्ध प्रगाढ, सौहाद्र र सकारात्मक बनाउन जनताको स्तरवाट समेत दवाव सृजना हुनेछ । नेपाल र नेपाली जनताको यो चाहनामा सीआरआईका कार्यत्रmमको प्रशारण र नेपालमै प्रारम्भ गर्न लागिएको रेडियो प्रशारण संस्थालाई रणनीतिक रुपमा परिचालन आवश्यक छ । यसमा सुक्ष्म विश्लेषण र परिचालन प्रकृया र विधि बनाउन जरुरी देखिन्छ ।

जानकारी तथा लेखहरु
सुझाउ