फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल चीन महिला मैत्री समाजकी अध्यक्ष: पूर्णशोभा चित्रकार

(GMT+08:00) 2015-05-26 18:15:14

         सन् 2014को डिसेम्बर 15 देखि 24 सम्म चाइनिज एनजिओ फर इन्टरनेशनल इक्सचेन्जको निमन्त्रणामा तिब्बतका लागि नेपाली पूर्व महावाणिज्यदूत तम्ला उक्यावले नेतृत्व गर्नु भएको 21 जनाको टोलीसँगै म पनि चीनको छाङ्गसा, बेइजिंग र हुनान पुगेँ । मैले चीनमा पाइला टेकेको यो तेस्रो चोटि हो । तर औपचारिक रुपमा चीनका संस्थाहरू र व्यक्तिहरू बीच प्रत्यक्ष सम्वाद गर्न पाएको यो पहिलो अवसर हो । नयाँ कुरा, नयाँ ठाउँ मात्र होइन, हरेक ठाउँका ऐतिहासिक र प्राकृतिक चिजहरू हेर्न पनि मलाई धेरै मज्जा लाग्छ ।चीन नेपालको छिमेकी राष्ट्र हो । नेपाल चीन दौत्य सम्वन्ध भएको 60 बर्ष पुगेको छ । चीनले आर्थिक क्षेत्रमा ठूलो फड्‍को मार्न सकेको र विश्वमा आर्थिक प्रभुत्व जमाउन सकेको कुरा हामी बेला बेलामा चर्चा गछौँ । यस्तो मुलुकबाट केही देख्ने र अनुभव गर्ने मौकाको लागि मेरा केही उत्सुकताहरू थिए । मैले टोलीसँगै विभिन्न स्थानमा भएका कार्यत्रmमहरूमा भाग लिने र चीनको गरीबी उन्मुलनका लागि भैरहेका बिभिन्न कार्यत्रmमहरू बारे पनि सुन्ने मौका पाएँ । यी कार्यक्रमहरूबाट मैले केही अनुभवहरू गर्ने मौका पनि पाएँ । तर सवै अनुभवहरू यस छोटो लेखमा पोख्न सम्भव छैन र केही कुराहरुलाई मात्र मैले शब्दमा उतार्न कोशिश गरेकीछु ।चिनियाँ सरकार पार्टी राजनीतिबाट नियन्त्रित समाज हो । यहाँ गैरसरकारी संस्थाहरूको कुनै गुन्जायस छैन वा गैर सरकारी संस्थाहरूको नामबाट काम गर्ने प्रोत्साहन कम हुन्छ भन्ने मैले सुनेकी थिएँ । तर त्यसो देखिएन । चाइनिज एनजिओ फर इन्टरनेशनल इक्सचेन्जेज स्वयं एक गैरसरकारी संस्थाहरूको छाता संगठन हो, जसमा हजारौँ गैरसरकारी संस्थाहरू सदस्य रहेका छन् । यी गैरसरकारी संस्थाहरू एनजिओ व्यूरोमा कानून बमोजिम दर्ता हुनु पर्दछ र कार्यक्रम तथा आर्थिक आयव्यय प्रतिवेदन व्यूरोमा पेश गर्नु पर्दछ ।यो भ्रमणको सिलसिलामा राजनीतिक स्थायित्व राजनीतिक भाषण र नाराहरूमा मात्रै सीमित राख्नु हुन्न, राजनीतिक स्थायित्वको लागि आर्थिक बिकास, देशका सवै क्षेत्रहरूको समानुपातिक बिकास, जनताको जीवनस्तरलाई समानुपातिक रुपले उकास्नु र गरीबी उन्मुलन गर्ने, शिक्षा र आवास जस्ता आधारभूत कुराको ग्यारेन्टी, काम गर्ने शिपको बिकास र काम गर्ने वातावरणको सिर्जना गर्ने, त्यसका लागि योजनावद्ध ढंगले काम गर्नु आवश्यक छ भन्ने कुरा मैले अनुभव गरेँ । हचुवा तालले भाषण तथा टिकाटिप्पणी गर्ने, सधैँ नकारात्मक कुरा गर्ने, जनतालाई अव्यावहारिक आश्वासन दिने, सधैँ अरुलाई आलोचना र गाली गर्ने र आपूmले दत्तचित्त भई काम नगर्ने परम्परालाई बदली योजनावद्ध र तोकिएको काममा केन्द्रित भई लाग्नु पर्दछ भन्ने कुरा चीनमा भएका कार्य तथा परिवर्तनहरूबाट सिक्न सकिन्छ भन्ने मलाई लाग्यो ।पुरातात्विक भवन, ऐतिहासिक स्थान, बस्तु, पुस्तक आदि संरक्षणमा चीन अग्रपंक्तिमा रहेको मैले अनुभव गरेँ । यसले चीनको बैभवतालाई मात्र प्रस्तुत नगरी सम्पूर्ण चीनको अर्थतन्त्रलाई उकास्न ठूलो मद्दत गरेकोछ भन्ने मलाई भान भयो । तिब्बती कलेज, फर्विडन सिटि आदि यसका ज्वलन्त उदाहरणहरू हुन्‍ । बर्सेनि लाखौँ पर्यटकहरूको लागि यी स्थानहरू रमणीय तथा ज्ञानवर्द्धक बन्न सकेका छन् । भनिन्छ सभ्यता समृद्धिबाट आउँछ । चीनको सभ्यताको पहिचान चीनको वातावरणमा देखिएको सफा सुग्धरपना पनि हो । जहाँ तहीँ सफाईलाई निकै ध्यान पुर्‍याएको देखिन्छ । हामी पुगेका सवै ठाउँहरू र कोसौँ सम्मको सडक यात्रामा मैले फोहरका थुप्राहरू कतै पनि देखिन । यो कसरी सम्भव भयो ? यसो हुनुमा शायद मान्छेहरूको सोच र बानीमा परिवर्तन ल्याउन सक्नु एउटा महत्वपूर्ण पाटो हुन सक्छ, चाहे त्यो चेतनाको स्तर माथि उठाएर होस्‍ या कानूनको बलबाट । यस भ्रमणको क्रममा हामीले चर्पीको पानीलाई शुद्धीकरण गरेर पुन:उपयोगमा ल्याउने तरिका पनि हेर्ने मौका पायौँ । हाम्रो टोलीलाई एउटा कारखानामा भ्रमण गर्न लगिएको थियो । कारखानामा कर्मचारीहरूले ठूला ट्‍यांक जडान गरी विभिन्न प्रविधिहरूको प्रयोगद्बारा पानीलाई शुद्धिकरण गर्ने तरिकाहरू हामीलाई देखाएका थिए । यो ठाउँको भ्रमण अनायास भएको थियो । तर त्यहाँ आयोजकहरूले नेपाली टोलीलाई स्वागतको लागि रातो तूल टाँग्न भ्याइ सकेका थिए । यो देखेर मैले केही थप न्यानोपनको अनुभव गरेँ ।तिब्वतमा मानव अधिकारको संरक्षण छैन भनेर नेपालमा गरेका दुई चारवटा धर्ना र जुलुशहरू मात्र हेर्‍यौँ भने हामी अलमलमा पर्ने रहेछौँ भन्ने भान भएकोछ चीनमा पुगेपछि । धार्मिक स्वतन्त्रताको बिषयमा कम्युनिष्टहरू र चीनको बिषयमा भएका प्रचारहरू केबल आरोप मात्र रहेछ भन्ने कुरा चीनमा धार्मिक तथा सांस्कृतिक उत्थानको लागि चिनियाँ सरकार, संस्था तथा व्यक्तिहरूले गरेका प्रयासहरूबाट अनुमान गर्न सकिन्छ । चिनियाँ सांस्कृतिक क्रान्तिताका धार्मिक तथा सांस्कृतिक विकासको लागि ध्यान पुर्‍याउन नसकेको कुरामा चिनियाँहरूलाई केही पश्चाताप पनि छ । तर आज यो स्थिति देखिँदैन । चीनको सरकारले तिब्वती धर्मको संरक्षण तथा बिकासको लागि उच्च स्तरको तिव्वती कलेज र पाँचवटा प्रान्तीय स्तरको कलेजहरूको स्थापना गरेकोछ । जसमा अन्य मुलुकका विद्यार्थीहरू समेत आउने गरेका छन् ।राजनीति र आर्थिक विकास सिक्काका दुई पाटा हुन्‍ भन्ने चीनको यो भ्रमणबाट केही अनुभव गरेकी छु । सन् 1949 अक्टोवरमा चीनमा जनगणतन्त्र स्थापना भैसकेपछि कम्युनिष्ट पार्टीले संचालन गरेको राजनीतिक र सामाजिक अभियान पछि चिनियाँ समाजमा व्यापक परिवर्तन आयो । उद्योग, व्यापार र व्यवसाय सुधारले ल्याएको आर्थिक स्थिरता र औद्योगिक उत्पादन पछि चीनमा सामन्ती व्यववस्थाको समाप्त भयो । चिनियाँ कम्युष्टि पार्टीले राष्टि्रय पूँजिपतिसँग मिलेर आधुनिकीकरणको काम सम्पन्न गर्‍यो र पछि योजनावद्ध आर्थिक विकासको लागि लगानी गर्‍यो । चीनमा पार्टीको नेतृत्वमा होटल, उद्योग लगायतका भौतिक पूर्वाधार निर्माण र आर्थिक बिकासका गतिविधिहरू संचालित भएका छन् । छांगसाको वाङसाउ पाँच तारे होटल पार्टीद्बारा संचालन भएको होटल थियो । कसैले मलाई सुनाएको थियो, त्यो होटल पहिले पार्टीका बैठक र बस्नको लागि प्रयोग गरिन्थ्यो । अहिले जनसाधारण्ाको लागि पनि खुला गरिएकोछ ।नेताहरू प्रतिको सम्मान, संरक्षण र यसलाई नयाँ ढाँचामा प्रस्तुत गर्ने चीनको शैली मलाई साँच्चै नै मन पर्‍यो । अध्यक्ष माओत्सेतुडले चिनियाँ क्रान्तिलाई सफलतापूर्वक नेतृत्व गर्नु भयो । जसको कारणले सन् 1949 मा चीन स्वतन्त्रभयो । माओ जन्मेको सय बर्ष पुगेको उपलक्ष्य पारेर चिनियाँ सरकारले मेमोरियल पार्कको स्थापना गरेकोछ । जसमा माओको बाल्यकालका घर, खेत, पौडी पोखरी, बिद्यालय आदिलाई संरक्षित गरी गाउँलाई संग्रालयको रुप दिएकोछ । यसले इतिहासमा महान व्यक्तिहरूले गरेका कामहरूलाई नयाँ पुस्तालाई सम्झना गराउने र राम्रो कुराहरूलाई अनुशरण गर्नलाई प्रेरित मात्र नगरी चीनको आर्थिक क्रान्तिलाई योगदान पुर्‍याउन समेत सफल भएकोछ । गाइड गर्ने महिलाले हामीलाई जानकारी गराइन्‍ कि त्यहाँ हरेक बर्ष करीब पचास लाख पर्यटकहरू आउने गरेका छन् जसमा केही लाख बिदेशी पर्यटकहरू पर्दछन् ।चीनबाट फर्कंदा हवाइ जहाजको सिटको पकेटमा राखेको कितावको लेखमा लेखिएको एक लाइनको सम्झना गर्न चाहन्छु । 'यात्रामा मानिसहरू सुविद्याजनक, केही नयाँ कुरा र प्रशस्त मनोरन्जनको आशा गर्दछन्‍्‍ ।' चीनको यो यात्रामा मैले यी तीनवटै चीजहरू प्राप्त गरेँ ।

जानकारी तथा लेखहरु
सुझाउ