फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानकी कुलपति: रागिनी उपाध्याय

(GMT+08:00) 2015-05-26 18:29:06

          भौगोलिक दृष्टिकोणमा नेपाललाई दुई ढुङ्गाबीचको तरुल भन्ने प्रचलन रहेको छ । उत्तरमा चीन र पूर्व, पश्चिम र दक्षिणमा भारतको पूर्ण घेराभित्र रहेको नेपाल सानो तर विविध संस्कृति, कला कौशल, परम्परा एवं प्राकृतिक रुपमा अत्यन्तै विशाल अनि धनी रहेको छ । यीनै प्राकृतिक, साँस्कृतिक, कलाकौशल आदिको माध्ययमबाट सानै भए पनि छिमेकी मुलुकहरुसँग अत्यन्तै घनिष्ठ एवं प्रगाढ सम्बन्ध स्थापना गरेर निरन्तर हजारौँ वर्षसम्म अटुट मित्रता गाँस्न सफल रहेको छ ।विषेशत: नेपाल चीनको सम्बन्धको विषयमा चर्चा गर्ने हो भने धेरै शताब्दी अघिदेखि नै घनिष्ठ सम्बन्ध रहेको र अझ निकट सम्बन्ध स्थापना गराउन लिच्छवी राजकुमारी भृकुटीले तिब्बतका राजा स्रङचोङ्ग गम्पोसँग विवाह गरेर महत्वपूर्ण टेवा पुर्‍याइन् । भृकुटी-स्रङचोङ्ग गम्पो विवाह पश्चात दुई देशको भिन्न भिन्न परिवार एकै जस्तो भएको र नेपाललाई चीनबाट थुप्रै भौतिक लगायत आर्थिक, सामाजिक एवं कूटनीतिक सम्बन्धहरू स्थापना गर्न सहज वातावरण सिर्जना भएको थियो । त्यो समय पश्चात नेपाल-चीन सीमा सम्बन्ध पनि सहज र सरल हुनुका साथै विभिन्न व्यापारिक क्रियाकलापहरूका लागि पनि सहज अवात-जावतको माध्यम बनेको थियो । नेपालबाट चीनमा गलैँचा, ब्ल्याङ्‍केट साथै जडिबुटीहरू जस्ता वस्तुहरू निर्यात गरिन्थ्यो । त्यति बेला नेपाल, चीनका लागि व्यापारिक दृष्टिकोणले पनि आयात निर्यातको सहज मार्ग बनेको थियो । नेपाल, तिब्बत र चीन सामान आयात निर्यातको तथा व्यापारिक दृष्टिले यातायात रुटको सुरुवात भएको थियो । परापूर्व कालदेखि नै नेपाल र चीनका विविध विशिष्ट व्यक्तित्वहरू आर्थिक कारोबारका लागि मात्र नभएर भ्रमणका लागि पनि एक अर्को देश आवत-जावत गरेको पाइन्छ । प्रसिद्ध बौद्ध भिक्षु चोङ्गजाङ्ग नेपालको लुम्बिनी र कुसीनगर घुम्न आएको इतिहास पनि पाइन्छ । उनलाई नेपालका तत्कालीन राजा हर्ष वर्दनले स्वागत गरेका थिए । त्यस बेला नेपालको कैदमा रहेका चिनियाँ कैदीहरूको मुक्तिका लागि बौद्ध भिक्षुले अनुरोध पनि गरेका थिए भन्ने इतिहासमा देख्न पाइन्छ । यसरी नेपाल चीन मित्रता अझ राम्रो हुँदै गएको देखिन्छ ।चीनका प्रशासकहरूलाई राजकुमारी भृकुटीका ठूला दाजु नरेन्द्र देवले बचाई सुरक्षा दिएका थिए र ट्‍याङ्ग शासनकालदेखिको नेपाल-चीन सम्बन्धको नीतिगत सम्बन्ध विस्तारको बारे छलफल पनि गरेका थिए । भृकुटीको स्रङ्गचोङ्ग गम्पोसँगको विवाह, सुरक्षा लगायतका क्षेत्रहरूमा नेपाल चीनको सम्बन्ध स्थापित हुन मध्यस्तकर्ताको भूमिका खेलेको देखिन्छ । नेपालले तत्कालीन समयमा सुरक्षा व्यवस्थाको क्षेत्रमा अत्यन्त महत्वपूर्ण सहयोग पुर्‍याएको थियो । नेपाल र चीनबीचको 'बेत्रवती सन्धि'जुन सन् 1792 मा हस्ताक्षर भएको थियो जसले नेपाल चीनको सैन्य सम्बन्ध विस्तारमा ठूलो सहयोग पुर्‍याएको थियो । सन् 1989 मा चिनियाँ सैनिक नेपाल भित्रिएका थिए र 1990 मा स्थापित सैनिक सम्बन्धले नेपाली सेना प्रमुख पनि चीन भ्रमणमा जान सहज वातावरण बनेको थियो । यति मात्र नभई नेपाल चीन सम्बन्धलाई इतिहासमै अमर तुल्याउने काममा कला र कलाकारले थप भूमिका निर्वाह गरेको छ । जसमा नेपाली राष्टि्रय विभूति अरनिकोको योगदान पनि कम महत्वपूर्ण छैन । 1301 मा जन्मिएका उनी सानै उमेरदेखि आफ्नो कलाकारिताको प्रस्फुटनबाट विश्वमा चिनिन सफल भएका थिए । बाल्यावस्थामा अरुले बनाएको हेरेरै मूर्ति बनाउन सिकेका उनी कुशल चित्रकार पनि हुन् । 17 वर्षको उमेरमा नेपाली कालिगढहरूको नेतृत्व गरेर चीनमा गुम्बा तथा चैत्यहरू निर्माण गर्न गएका उनी, स्थानीय कलाकारहरूले बनाउन नसेको भाँचिएको मूर्तिलाई हुबहु पहिलेकै रुप दिएर चीन तथा तिब्बतमा प्रसिद्धि कमाएका थिए । पछि उनी चीनमै बसेर नेपालीहरूको शिर सगरमाथा जत्तकिै उच्च बनाउने काम गरिरहे । भैगोलिक दृष्टिले नेपाल र चीनबीच हिमाली क्ष]त्रको कारण खासै सहज वातावरण नभए पनि कला, संस्कृतिले भने सहज बनाएको छ । उनकै कलाकारिताको कारण नेपाल र चीनको संस्कृति र कला सम्बन्ध आजसम्म पनि घनिष्ट रहेको छ । उनकै नाममा काठमाडौँ-कोदारी राजमार्गलाई अरनिको राजमार्ग नाम दिइयो जुन नेपाल र चीनलाई जोड्‍ने राजमार्ग पनि हो ।नेपाल र चीनबीचको शताब्दीऔँ लामो सम्बन्धमा आजसम्म मनमुटावको भावना सिर्जित भएको छैन । यी दुई देशबीचको विभिन्न क्षेत्रमा विद्यमान पारस्परिक सम्बन्धले देशहरूबीचको मित्रता अटुट रहेको प्रमाण दिन्छ । नेपाल चीन दौत्य सम्बन्ध विस्तारका लागि चीन सरकारले नेपालको विकास कार्यक्रममा सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ । साथै चीनले नेपालसँगको सम्बन्धलाई अत्यन्त महत्व दिएको छ र नेपालले पनि आफ्नो पक्षबाट आवश्यक सहयोग गर्दै आएको छ । नेपाल-चीन दौत्य सम्बन्ध स्थापित भएको 60 वर्ष पूरा भइसकेको छ । हजारौँ वर्षदेखिको मित्रता र छ दशक लामो दौत्य सम्बन्धले पनि नेपाल र चीनबीचको पारस्परिक निकटतालाई पुष्टि गरेको पाइन्छ । धार्मिक, सांस्कृतिक, राजनीतिक, आर्थिक लगायत कूटनीतिक हरेक दृष्टिले नेपाल-चीन एक आपसमा इमानदार र सहयोगी रहेका छन् । जसले यी दुई देशबीचको मैत्री सम्बन्धलाई युगौँसम्म निरन्तरता दिनेछ भन्ने पूर्ण आशा अनि विश्वास लिएका छौँ ।

जानकारी तथा लेखहरु
सुझाउ