![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
सन् 2015को अप्रिल पच्चीस तारिख मध्यान्ह नेपालमा आठ दशमलव एक रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो। त्यसका साथै जुन महिनाको एघार तारिखसम्ममा भूकम्पबाट कम्तीमा आठ हजार सात सय छयासी जनाको मृत्यु हुनुका साथै बाईस हजार तीन सय तीन जना घाइते भएका थिए। भूकम्पमा धेरै बहुमूल्य सम्पदा ध्वस्त भएका थिए। अहिले नेपालको त्यो विनाशकारी भूकम्पको एक वर्ष पुगेको बेला नेपालमा पुनःनिर्माणको अवस्था कस्तो छ र अहिले नेपालको पर्यटन व्यवसायको परिस्थिति कस्तो छ त?
नेपाल पर्यटन बोर्डको जनसम्पर्क तथा प्रचारप्रसार विभागका निमित्त निर्देशक सुनिल शर्माले चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवालाई अन्तर्वार्ता दिंदै भूकम्पबाट नेपालको पर्यटन छविमा पनि क्षति पुर्याइएको बताउनुभएको छ। अहिले सबैभन्दा महत्वपूर्ण कुरा भनेको सकेसम्म उचित कदम चालेर विश्वका पर्यटकमा नेपाली पर्यटनको छविलाई पुनःनिर्माण गर्नुका साथै नेपाली पर्यटन बजारको पुनरुत्थान गर्नु आवश्यक रहेको निर्देशक सुनिल शर्माले व्यक्त गर्नुभएको छ।
भूकम्प गएको दुई महिनापछि नेपालको पुनःनिर्माण शुरु भएको थियो। यस क्रममा चीन सरकारले पनि धेरै सांस्कृतिक सम्पदाको पुनःनिर्माणको कार्यमा भाग लिएको छ। अहिले नेपालमा घुम्ने पर्यटकहरुका लागि आवश्यक पर्ने यातायात, बसोबास, खाने कुरा, खाने पानीको आदिको समस्या छैन र पर्यटन पूर्वाधारले पर्यटकको मागलाई पूरा गर्नसक्छ। चिनियाँ पर्यटकहरु फेरि पनि नेपाल घुम्न जानका लागि प्रोत्साहित गर्नका लागि नेपाल पर्यटन बोर्डले श्रृङ्खलाबद्ध कदमहरु पनि चालिरहेको छ।
चिनियाँ पर्यटकहरुलाई नेपालमा भूकम्पपछिको परिस्थितिबारे जानकारी दिनका लागि नेपाल पर्यटन बोर्डले चीनको वै बो सामाजिक सञ्जालका एक जना निकै प्रसिद्ध पर्यटकलाई निमन्त्रणा दिई नेपालमा घुमाएको निर्देशक शर्माले जानकारी दिनुभएको छ। नेपालमा घुम्नुका साथसाथै उहाँको वै बो, वीच्याट र अन्य नयाँ सामाजिक सञ्जालहरुमा नेपालको फोटोहरु राखेर, आफ्नो भ्रमणको अनुभूति पनि लेखेर चिनियाँ पर्यटकलाई भूकम्पपछि नेपालको पुनःनिर्माणको अवस्थाबारे जानकारी दिलाएको निर्देशक शर्माले बताउनुभयो। यसका साथै नेपाल पर्यटन बोर्डले पैचिङ्ग, क्वाङ्गचौ, खुन मिङ्ग शहर पुगेर नेपाली पर्यटनको प्रचारप्रसार गरेको थियो। नेपालमा चिनियाँ भाषा बोल्न सक्ने गाइडको संख्या बढाउने योजना पनि रहेको निर्देशक शर्माले व्यक्त गर्नुभयो।
कन्फ्युसियस कक्षा चीन र विदेशी संस्कृति आदानप्रदानको एउटा महत्वपूर्ण मञ्च हो। गत वर्षको विनाशकारी भूकम्पमा नेपालको चिनियाँ भाषा सिकाउने कार्यमा पनि क्षति पुगेको छ। कन्फ्युसियस स्कूलअन्तर्गत शिक्षक व्यवस्थापन कार्यालयका एकजना शिक्षक छा मिन व्हीले जानकारी दिंदै भूकम्पअघि नेपालमा चिनियाँ भाषा सिकाउने शिक्षकको संख्या काठमाडौं क्षेत्रमा मात्रै एक सय तीस जना बराबर थियो, भूकम्पपछि शिक्षकको सुरक्षाको प्रत्याभूतिका लागि भन्दै धेरैजसो शिक्षक चीन फर्किसकेका उहाँले बताउनुभयो। उहाँले, भूकम्पपछि आफूले सत्तरीभन्दा बढी स्कूल गएर स्कूलमा चिनियाँ शिक्षकको आवश्यक्ता असी जना भन्दा बढी रहेको पाएको साथै नेपालमा जम्मा गरी चिनियाँ शिक्षकको संख्या पच्चीस जना बराबर रहेको जानकारी दिनुभयो। निकट भविष्यमा नेपालको पुनःनिर्माण द्रुत गतिले अघि बढेपछि चीनबाट शिक्षक पठाउने संख्या वृद्धि भएर नेपालमा चिनियाँ भाषा सिकाउने र दुई देशको सांस्कृतिक आदानप्रदानलाई प्रत्याभूति गर्ने आशा शिक्षक छा मिन व्हीले लिनुभयो।
शिक्षक छा मिन व्ही भूकम्पयता नेपालमा रहँदै आएका चिनियाँ कर्मचारीहरुमध्येको एक हुनुहुन्छ। भूकम्प जांदा छा मिन व्हीले कन्फ्युसियस कक्षाका शिक्षकहरुसँग सम्पर्क गरी सबैको सुरक्षाको प्रत्याभूति गरेर चिनियाँ अन्तर्राष्ट्रिय उद्धार टोलीलाई मद्दत गर्नुभएको थियो। त्यस पछि भूकम्पमा ध्वस्त स्कूलको पुनःनिर्माण गर्न उहाँले लुम्बिनीको चिनियाँ मन्दिर संगसंगै चन्दा प्रदान गरेर पचास लाख रुपियाँ भवन निर्माण सामग्रीलाई चन्दादान गर्नुभएको थियो। विशाल प्रकोपमा एक अर्कालाई सहयोग गर्नुपर्छ-उहाँको भनाइ छ।
सबिन भक्तपुरका एकजना चिनियाँ भाषा बोल्नसक्ने नेपाली गाइड हुनुहुन्छ। भूकम्पको परिस्थितिको स्मरण गर्दा उहाँलाई अहिले पनि धेरै दुःख लाग्छ।
भूकम्प गएपछिका दिनहरुमा मलाई सँधै नै डर लागिरहन्छ। अझ बढी भूकम्प, खाने कुरा, खाने पानीको अभाव, घर ध्वस्त हुने सम्भावना आदि आदि कुराहरुको मलाई धेरै चिन्ता लाग्छ – सबिनले भन्नुभयो।
भूकम्पपछि भक्तपुरका धेरै प्राचीन भवन ढलेका थिए, हिमाली पहाडी क्षेत्रमा ट्रेकिङको बाटो पनि हिमस्खलनको कारण ध्वस्त भएको थियो। भूकम्पअघि नेपालमा आउने पर्यटकको संख्या वृद्धि हुँदै गएका बेला भूकम्पको महाविपत्ति सुरु भएलगत्तै संक्रामक रोग र भूकम्पको प्रभावले पर्यटकको संख्या धेरै घट्यो।
अहिले सम्पदा र स्थानीयवासिन्दाका घरको पुनःनिर्माण कार्य हुँदै जानुका साथै नेपालमा ध्यान दिंदै आएका पर्यटकले फेरि एकपटक नेपाल घुम्ने अनि भविष्यका लागि अझै आशा पलाउँदै जाने विश्वास लिएको छु- सबिनको भनाइ छ।
विनाशकारी भूकम्पपछि नेपालमा सबै कुराको पुनरुत्थान हुनुपर्ने छ। गत वर्षको सेप्टेम्बर महिनामा नेपालको नयाँ संविधान जारी गरिएको छ। नयाँ सरकारको नेतृत्वमा नेपाली जनताले कठिनाइको सामना गरेर फेरि सुखको बाटोमा हिड्न सक्ने हाम्रो विश्वास छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |