फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मित्रताको फुल फुल्दै शक्तिको सुवास फैलाउने सदिच्छा

(GMT+08:00) 2016-04-21 16:14:14

सन् 2015 अप्रिल 25 तारिखका दिन अधिकांश मानिसहरुका लागि एउटा सामान्य शनिवारको दिन हो। तर नेपालीहरुका लागि यो दिन सम्झनामा एक गहिरो चोट लागेको दिन हो। त्यस दिन नेपालमा भयङ्कर विनाशकारी भूकम्प गएको थियो। जसबाट कम्तीमा आठ हजार भन्दा बढी मानिसको ज्यान जानुका साथै हजारौ-हजार मानिसर घरविहीन भएका थिए र अझै पनि कतिपय त्यस्तै हालतमा छन्। विकासको बाटोमा लम्किने प्रयास गरिरहेको नेपालका लागि यो प्रकोप विनाशकारी नै भयो।

सन् 2016 अप्रिलको 25 तारिखका दिन त्यो भयंकर भूकम्प गएको वार्षिकीमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवाका सम्वाददाताले चीनका लागि नेपाली राजदूत महेशकुमार मास्केसँग विशेष अन्तर्वार्ता दिनुभएको छ। उहाँका अनुसार, छिमेकी मुलुक नेपाल संकटको अवस्थामा रहेका बेला चीन सरकार र जनताले सदिच्छापूर्ण सहयोग दिएका छन्।

नेपालको विनाशकारी भूकम्प गएका बेला चीनको तिब्बतमा पनि भूकम्प गएको थियो र भूकम्पीय विपत्तिका कारण नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरुद्ध भएकाले अनेकन कठिनाईहरु देखापरेका थिए। तर चीनले स छ्वान र छिङ्ग हाइ प्रान्तमा गएको भूकम्पको सामना गर्दाको अनुभवलाई लिएर नेपाललाई पूँजी, प्रविधि र चिकित्सालगायत विविध सहायता उपलब्ध गराएको थियो। जसबाट राजदूत मास्केको मनमा गहिरो छाप पारेको छ र हृदयदेखि नै धन्यवाद ज्ञापन गर्नुभएको छ।

हाल नेपालले सक्रिय रुपमा प्रकोपपछिको पुनःनिर्माणको बाटो समात्दैछ। तर पुनःनिर्माण गर्दा नेपालका सामु विविध समस्या र कठिनाइ देखापरेका छन्। चीन र नेपालको सहयोग र साझा विकासलाई अगाडि बढाउनका लागि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गत महिना चीनको भ्रमण गर्नुभएको थियो। सो अवसरमा दुई मुलुकले नेपाल-चीन संयुक्त वक्तव्य प्रकाशित गरेका थिए। उक्त वक्तव्यका अनुसार, चीन र नेपालले स्थल तथा हवाई यातायातको सहयोगलाई सबल पार्नुका साथै स्थल यातायातको आधारभूत प्रबन्धमा सुधार गर्नेछन्। सिमापार रेल र नेपालमा रेलको निर्माणबारे दुई पक्षले छलफल गर्ने भएका छन्। साथै अब उपरान्त चीनले सन् 2016 देखि सन् 2018सम्म नेपालका लागि अनिवार्य सहायता दिने वचन-वद्धतालाई व्यवहारमा उतार्नुका साथै आगामी पाँच वर्षभित्र नेपालमा पर्यटन व्यवसाय सम्बन्धी चिनियाँ भाषाका 200 जना दक्ष जनशक्ति उत्पादन गर्न तालिम दिने मनसाय लिएको कुरा पनि त्यस वक्तव्यमा उल्लेख छ।

नेपालका लागि सो अनेकन सहयोग सन्धिसँग ऐतिहासिक अर्थ रहेको राजदुत मास्केले मूल्याँकन गर्नुभएको छ।

साझेदारी सहयोगमा प्रधानमन्त्री ओलीले प्रकोपपछिको पुनःनिर्माणप्रति आशावादी रहेको विचार व्यक्त गर्नुभयो। उहाँका अनुसार,चीनले आफ्नो वचन्बद्धता बमोजिम आधारभूत प्रबन्ध र अर्थतन्त्र तथा व्यापार आदि क्षेत्रमा नेपाललाई सहयोग दिनेछ। साथै नेपालको विकास र समृद्धिका लागि नेपालले आफ्नो शक्तिमार्फत् पुनःनिर्माणलाई गति प्रदान गर्नेछ।

चीनलगायत अन्तर्राष्ट्रिय समाजको समर्थन र सहयोगमा नेपालको पुनःनिर्माण योजना छिटै व्यवहारमा उतार्न सकिने राजदुत मास्केले व्यक्त गर्नुभएको छ।

चीनमा एउटा उखान छ- टाढा बस्ने परिवारको तुलनामा छिमेकीसँगको सम्बन्ध अझ घनिष्ट हुन्छ। साथी कठिनाइमा परेको बेलामा सदिच्छापूर्ण सहयोग दिनु चिनियाँ सँस्कृति हो। साथीसँग हातमा हात मिलाएर विकास गर्नु चिनियाँ कूटनैतिक सिद्धान्तको भावना हो। प्राकृतिक प्रकोपको तुलनामा मानव कति सानो र कमजोर छ। तर मित्रले हामीलाई कठिनाइको सामना गर्ने शक्ति दिने विश्वास गर्छौं।

जानकारी तथा लेखहरु