CRI
जन-गणतन्त्र चीनलाई छोटकरीमा
चीन भनिन्छ। यो एशिया महादेशको
पूर्व र प्रशान्त महासागरको
पश्चिमी भागमा पर्दछ। चीनको भू-भागको
कुल क्षेत्रफल 96 लाख
वर्गकिलोमिटर छ। यो एशिया
महाद्विपको सबैभन्दा ठूलो मुलुक
हो। विश्वमा यो रुस र
क्यानाडाभन्दा सानो छ। यसरी भू-भागको
दृष्टिकोणले चीन विश्वको तेश्रो
ठूलो देश हो।
चीनको भू-खण्ड उत्तरी चीनको मो ह नदीको
उत्तरमा पर्ने है लुंग च्यांग
नदीको केन्द्रबाट
(53°30’अक्षांश) दक्षिणी चीनको
नान शा टापूहरुको सबैभन्दा
दक्षिणतिर रहेको चंमुआनशा भन्ने
टापूसम्म रहेको छ। चीनको सुदूर
उत्तर र दक्षिण बीचको अक्षांशको
अन्तर 49°भन्दा बढी छ भने उत्तर
तथा दक्षिण बीचको भौगोलिक दूरी
5500 किलोमिटर जति छ। चीनको भू-खण्ड
पूर्वी चीनको है लुंग च्यांग नदी
र उ सु लि च्यांग नदी मिसिएको
स्थानबाट (पूर्वी देशान्तर
135°05’) पश्चिमी चीनको फामिल
टारभूमिसम्म (पूर्वी देशान्तर
73°40’) रहेको छ। पूर्व र
पश्चिम बीचको lदेशान्तर 60°भन्दा
बढी र पूर्व तथा पश्चिम बीचको
अन्तर 5000 किलोमिटर जति छ।
चीनको स्थल-सीमा-क्षेत्रको लम्बाई 22.8
हजार किलोमिटर छ। पूर्वतिर
प्रजातान्त्रिक जन-गणतन्त्र
कोरियासँग जोडिएको छ। उत्तरतिर
मंगोलियासँग जोडिएको छ।
उत्तर-पूर्वतिर काजाक्स्तान र
किर्किजस्तानसँग जोडिएको छ।
पश्चिम र दक्षिण-पश्चिमतिर
अफगानीस्तान, पाकिस्तान, भारत,
नेपाल, भूटान लगायतमा
मुलुकहरुसँग जोडिएका छन्।
दक्षिणतिर म्यान्मार, लाओस र
भियतनामसँग जोडिएको छ। पूर्व तथा
दक्षिण-पूर्वतिर गणतन्त्र कोरिया,
जापान, फिलिपिन्स, मलेशिया,
इन्डोनेशिया पर्दछन्।
यिनीहरुलाई चीनको भू-भागदेखि
सागरले छुट्याइएको छ।
|