चीनको भौगोलिक स्थिति
CRI


  चीन धेरै पहाड भएको एक देश हो। चीनको पहाडी क्षेत्रले चीनको कूल क्षेत्रफलको दुइ तिहाई ‌भाग ओगटेको छ। यहाँको पहाडी क्षेत्रमा ठूला पहाड, थुम्का र टारभूमि समावेश छन्। चीनको विविध भौगोलिक अवस्थितिअनुसार चीनमा उच्च पहाडी क्षेत्र 33 प्रतिशत, टारभूमि 26 प्रतिशत, भन्ज्यांग 19 प्रतिशत, समथर भूमि 12 प्रतिशत र पहाडी क्षेत्र 10 प्रतिशत ‌रहेको छ।

       लाखौं वर्षअघि चीनको छिंग हाई-तिब्बत टारभूमि समुद्रबाट माथि उठेकको थियो। त्यसपछि चीनको भौगोलिक अवस्थितिमा चारवटा खुड्किला बनेका छन्। छिंग हाई-तिब्बत टारभूमिको सरदर उचाइ समुद्री सतहदेखि 4500 मिटरभन्दा उच्च छ। छिंग हाई-तिब्बत टारभूमिमा सन्सारको सबैभन्दा अग्लो पर्वतमाला हिमालय र सन्सारको सबैभन्दा अग्लो चुचुरो चोमोलांमा अर्थात सगरमाथा रहेका छन् । छिंग हाई-तिब्बत टारभूमिदेखि उत्तर-पूर्वतर्फको तासींगआन लींग पर्वतमाला, थाइहांग शान पहाड, वु शान पहाड र श्वे फंग शान पहाडसम्म फैलनेगरी दोस्रो खुड्किलो बनेकव छ। त्यसको उचाइ समुद्र सतहदेखि सरदर 1000देखि 2000मिटरसम्म रहेको छ। दोस्रो खुड्किलोदेखि पूर्वतर्फको पिन्हाई समुद्रसम्म तेस्रो खुड्किलो बनेको छ, जसको औसत उचाइ समुद्र सतहदेखि 500 मिटरभन्दा कम छ। तेश्रो खुड्किलोदेखि पूर्वतर्फ रहेका महादेशीय चट्टान, कम गहिराइको समुद्र र त्यसमा छरिएर रहेका टापूहरु चौथो खुड्किलो अन्तर्गत पर्दछन। त्यसको पानीको गहिराई 200 मिटर भन्दा कम छ।