CRI
बढी अग्ला र शानदार
पर्वतमालाहरुले विभिन्न दिशातिर
तेर्सिएर चीनको भूगोलको
मेरुदण्ड बनाएका छन् । र तीनका
धेरै शाखा पहाडहरु पनि विभिन्न
दिशातिर तेर्सिइका छन् । चीनका
प्रख्यात ठूला पर्वतमालाहरुमा
हिमालय, खुंग लुंग, थिओन् शान्,
थांग कु ला शान्, छिंग लिन्, ता
सिन् आन् लिन्,थाइ हाँग शान्,
छि ल्येन् शान् र हन् त्वान्
शान आदि छन् ।
हिमालय पर्वतमाला वृत्तांशको आकारमा चीन,
भारत र नेपाल बीचको सिमानामा
फैलिएको छ । त्यसको लम्बाई
2,400 किलोमिटरभन्दा बढी छ ।
समुद्र सतहदेखि त्यसको औसत उचाई
6 हजार मिटर छ । त्यो विश्वमा
सबैभन्दा अग्लो र ठूलो पर्वतमाला
हो । त्यसको मुख्य चुचुरो
सगरमाथा, तिब्बती भाषामा झो मो
लाङमाको उचाई समुद्र सतहदेखि
8848.13 मिटर छ । त्यो विश्वको
सर्वोच्च शिखर हो ।
खुंग लुंग पर्वतमाला, पश्चिममा फामिल
टारभूमिदेखि पूर्वमा चीनको स्
व्छान् प्रान्तको उत्तर पश्चिमी
भागतिर फैलिएको छ । त्यसको
लम्बाइ 2,500 किलोमिटरभन्दा बढी
छ । त्यसको औसत उचाइ समुद्र
सतहदेखि 5,000-7,000 मिटर छ र
त्यसको सर्वोच्च शिखर कोंगर
पहाडको उचाइ समुद्र सतहदेखि
7,719 मिटर छ ।
थिआन् शान् पर्वतमाला चीनको उत्तर-पश्चिमी
भागमा पर्ने सिंग च्यांग युगुर
स्वायत्त प्रदेशको मध्य भागमा
तेर्सिएर रहेको छ । त्यसको औसत
उचाइ समुद्र तहदेखि 3,000-5,000
मिटर छ । त्यसको सर्वोच्च शिखर
थो मु चुचुरोको उचाइ समुद्र
सतहदेखि 7,455.3 मिटर छ ।
थांग कु ला शान् पर्वतमाला छिंग हाई-तिब्बत
टारभूमिको मध्य भागमा पर्दछ ।
त्यसको औसत उचाइ समुद्र तहदेखि
6,000 मिटर छ । जसको शिखर क ला
तान् तोंग चुचुरोको ऊचाइ समुद्र
सतहदेखि 6,621 मिटर छ । त्यो
चीनको सबैभन्दा लामो यांगत्से
नदीको मुहान पनि हो ।
छिंग लिन् पर्वतमाला पश्चिम, कान् सु
प्रान्तको पूर्वी भागदेखि
पूर्वमा ह नान् प्रान्तको
पश्चिमी भागतिर फैलिएको छ। यसको
औसत ऊचाइ समुद्र सतहदेखि
2,000-3,000 मिटर छ । यसको
मुख्य चुचुरो थाइ बाइ पहाडको
ऊचाइ समुद्र तहदेखि 3,767 मिटर
छ । त्यो दक्षिणी चीन र उत्तरी
चीन बीचको महत्वपूर्ण भौगोलिक
रेखा हो ।
ता सिन् आन् लिन् पर्वतमाला उत्तर, चीनको
उत्तर-पूर्वी भागको हे लुंग
च्यांग प्रान्तको मा हदेखि
दक्षिण लाओ हा नदीको माथिल्लो
भागसम्म फैलिएको छ । यसको
लम्बाइ 1,000 किलोमिटर छ ।
त्यसको औसत ऊचाइ समुद्र सतहदेखि
1,500 मिटर छ । यसको मुख्य
चुचुरो व्हांग कान् ल्यांगको
ऊचाइ समुद्र सतहदेखि 2,029 मिटर
छ ।
थाइ हाँग शान् पर्वतमाला उत्तरदेखि
दक्षिणसम्म पहेंलो माटो
टारभूमिको पूर्वी सीमामा फैलिएको
छ जसको लम्बाई 400 किलोमिटरभन्दा
बढी छ । यसको औसत ऊचाइ
1,500-2,000 मिटर छ जसको मुख्य
चुचुरो सानो उ थाइ शान् पहाडको
ऊचाइ समुद्र तहदेखि 2,882 मिटर
छ ।
छि ल्येन् शान् पर्वतमाला छिंग हाइ टारभूमिको
उत्तर-पूर्वी सीमामा फैलिएको छ
जसको औसत ऊचाइ समुद्र सतहदेखि
4,000 मिटर छ र यसको मुख्य
चुचुरोको ऊचाइ समुद्र सतहभदेखि
5,547 मिटर छ ।
हन् त्वान् शान पर्वतमाला छिंग हाइ-तिव्वत
टारभूमिको दक्षिण पूर्वी भागमा
र तिव्वत, स् व्छान् र युन् नान्
प्रान्तको संगमस्थलमा पर्दछ जसको
औसत ऊचाइ समुद्र सतहदेखि
2,000-6,000 मिटर छ । यसको शिखर
कोंग गा पहाडको ऊचाइ समुद्र
सतहदेखि 7,556 मिटर छ ।
थाइ वान् पर्वतमाला थाइ वान् टापूको पूर्वी
भागमा दक्षिणदेखि उत्तरसम्म
फैलिएको छ । यसको औसत ऊचाइ
समुद्र सतहदेखि 3,000-3,500
मिटर छ जसको मुख्य शिखर यु शान्
पहाडको ऊचाइ समुद्र सतहदेखि
3,952 मिटर छ ।
यसका अतिरिक्त चीनमा व्हांग शान् , थाइ शान्
, व्हा शान् , शुन् शान् , हन्
शान् , अ मै शान् , लु शान् , उ
तान् शान् र येन् तान् शान् आदि
प्रख्यात पहाडहरु छन् ।
|