CRI
चीनमा
धेरै नदीहरु छन्। सम्पूर्ण वहाव
क्षेत्रमा 1000 वर्ग किलोमिटर
भन्दा बढी क्षेत्रफल ओगटेका
नदीहरुको संख्या चीनमा 1,500
भन्दा बढी छ। यी नदीहरुलाई
समुद्रमा मिसिने र समुद्रमा
नमिसिने नदी गरी दुइ भागमा
विभाजित गरिएको छ। समुद्रमा
मिसिने नदीहरुको क्षेत्रफल चीनको
कूल क्षेत्रफलको 64 प्रतिशत छ।
छांग च्यांग नदी, व्हांग ह नदी,
है लौं च्यांग नदी, च च्यां नदी,
ल्याउ ह नदी, हाई ह नदी, व्हा ह
नदीहरु पूर्वतर्फ बगेर गै
प्रशान्त महासागरमा मिसिएको छन्।
तिब्बतको यालुचांबु नदी
पूर्वतर्फ बगेर विदेशमा गएर
भारतीय महासागरमा मिसिएको छ। यो
नदीको लम्बाई 504.6 किलोमिटर
भएको विश्वको सबैभन्दा ठूलो
घाँटी अर्थात यालुचांबु घाँटी
बाट बग्दैगएको छ। सिंच्यांगको
अरचिच नदी उत्तरतर्फ बगेर गै
आर्कटिक महासागरमा मिसिएको छ।
छांग च्यांग अर्थात यांग सि नदीको लम्बाइ 6,300
किलोमिटर छ। त्यो अफ्रिकाको
नाइल नदी र दक्षिण अमेरिका
महाद्वीपको एमजन नदी दुइवटा नदी
भन्दा मात्र सानो छ अर्थात यो
विश्वको तेश्रो ठूलो नदी हो।
छांग च्यांग नदीको मुहान अग्लो
पहाडमा छ। त्यसको जल-साधन
पर्याप्त छ। यसले चीनको दक्षिणी
भेगमा पूर्वी र पश्चिमी क्षेत्र
जोडेको छ, यातायातको दृष्टिबाट
हेर्दा यो नदी मानिसको शरीरमा
धमनी जस्तै छ । त्यसैले यसलाई
सुनौलो जल-मार्ग भनिन्छ। यसको
जल-विद्युत उत्पादन क्षमता 23
करोड किलोवाट छ । यसको किनारमा
क चौ बा नामक बाँध आदि ठूलो
सिंचाइको जंक्शन स्थापना भइसकेको
छ।
व्हांग ह नदी चीनको दोश्रो ठूलो नदी हो। त्यसको
लम्बाई 5,464 किलोमिटर छ।
व्हांग ह नदीको वहाव क्षेत्रमा
पर्याप्त खनिज तथा धातु-श्रोतहरु
छन् । चीनको इतिहासमा यो पूराना
सँस्कृतिको महत्वपूर्ण मुहान
मानिएको छ।
है लौ च्यांग नदी चीनको उत्तरी भागमा अवस्थित एउटा
ठूलो नदी हो। त्यसको कूल लम्बाई
4,350 किलोमिटर छ। त्यसमध्ये
3,101 किलोमिटर वहाव क्षेत्र
चीनमा पर्दछ।
चु च्यांग नदी चीनको दक्षिणी भागमा अवस्थित एउटा
ठूलो नदी हो। त्यसको कूल लम्बाई
2,179 किलोमिटर छ।
प्राकृतिक नदीका अतिरिक्त, चीनमा एउटा प्रख्यात
कृत्रिम नदी अर्थात विशाल नहर
छ। यो नहर उत्तरी चीनमा पर्ने
पैचिंगबाट पूर्वी चीनको च
च्यांग प्रान्तको हांग चौ
शहरसम्म बगेर गएको छ। त्यसको
कूल लम्बाई 1,801 किलोमिटर छ।
यो विश्वको सबैभन्दा पूरानो र
सबैभन्दा लामो कृत्रिम नदी हो।
|