CRI
चीनको प्रादेशिक
भूखण्ड निकै फराकिलो छ।
भू-श्रोतसाधन निकै विविधतापूर्ण
छ। यहाँ खन-जोत गर्न योग्य
खेत-जग्गा、वन-जंगल、गौचर
क्षेत्र、बाँझो जमीन、मरुभूमि र
बगर ठूलो क्षेत्रफलमा छरिएर
रहेका छन्। तर चीनमा पहाडी भेग
बढी र तराई क्षेत्र कम रहेको
हुँदा खेतीपातीको जग्गा र
वन-जंगलले लिएको अनुपात सानो
रहेको देखिन्छ। विभिन्न किसिमका
भू-श्रोत साधनहरुको विभाजन पनि
असन्तुलित छ। खेत-जग्गा मुख्यत:
मनसुनी हावा चल्ने पूर्वी भागको
तराई क्षेत्र र भञ्याङमा
केन्द्रित रहेको छ भने वन-जंगल
प्रायजसो उत्तर-पूर्वी र
दक्षिण-पश्चिमी भेगको सुदूर
सीमावर्ती पहाडी क्षेत्रमा बढी
पाइन्छन्। गौचर-मैदानहरु भने,
खास गरी भित्री प्रदेशको
टारभूमि र पहाडी भेगमा छरिएर
रहेका छन्।
◆खेतजग्गा:
चीनमा हाल खेतीपाती गर्न लायक
खेत-जग्गाहरुको क्षेत्रफल 12
लाख 7 हजार वर्गकिलोमीटर छ।
पूर्वी、मध्य र पश्चिमी क्षेत्र
गरी विभाजित गर्ने हो भने पूर्वी
र पश्चिमी भागमा खेत-जग्गाको
क्षेत्रफल अपेक्षाकृत थोरै छ,
जसले 28.4 प्रतिशत मात्र ठाउँ
ओगटेको छ । मध्य भागमा भने
त्यसप्रकारको भू-भागको
क्षेत्रफल तुलनात्मक रुपम बढी छ
। त्यहाँको खेत-जग्गाको
क्षेत्रफलले 43.2 प्रतिशत ठाउँ
ओगटेको छ। खेत-जग्गाहरु सापेक्ष
रुपमा उत्तर-पूर्वी तराई
क्षेत्र、उत्तरी क्षेत्र、याँग सी
नदी वहाव क्षेत्रको मध्य र तल्लो
भागमा पर्ने तराई क्षेत्र、चु
च्याँग नदीको त्रिकोण क्षेत्र र
स् छ्वान् भञ्ज्याङमा केन्द्रित
रहेका छन्। उत्तर-पूर्वी तराई
क्षेत्रका अधिकांश भागमा कालो र
मलिलो माटो भएका कारण त्यहाँ
गहुँ、मकै、जौ、भटमास、सनपाट र
शखरकन्द साग उब्जाउने गरिन्छ।
उत्तरी तराई क्षेत्रमा प्रायजसो
खैरो माटो पाइन्छ। त्यहाँका
बालीनालीहरुमा गहुँ、मकै、जौ、कपास
र बदाम आदि छन्। याँग सी नदीको
मध्य र तल्लो भागमा पर्ने समथर
क्षेत्रमा धान、सुन्तला र तोरीको
बिउ उब्जाइन्छ। स् छ्वान्
भञ्ज्याङमा चाहिँ धान、तोरी、
उखु、चिया र सुन्तला प्रशस्त
पाइन्छ।
◆वन-जंगल:
चीनमा हाल वन-जंगलको
क्षेत्रफल 15 करोड 89 लाख 40
हजार हेक्टर छ र वनले ढाकेको
क्षेत्रफल 16.55 प्रतिशत छ।
यसैले चीनलाई वन-जंगल कम भएको
मुलुक मानिन्छ । विश्वमा सरदर
वनले ढाकेको क्षेत्रफल 30.8
प्रतिशत रहेकोमा त्यससित दाँजी
हेर्दा ठूलो अन्तर देखिन्छ।
चीनको प्राकृतिक वन प्रायजसो
उत्तर-पूर्वी र दक्षिण-पश्चिमी
क्षेत्रमा फैलिएका छन्। तर घना
जनसंख्या भएको र आर्थिक
दृष्टिबाट हेर्दा विकसित रहेको
पूर्वी तराई क्षेत्र तथा
फराकिलो उत्तर-पूर्वी भागमा भने
वन-जंगल एकदमै फाटफुट र थोरै छ।
चीनका वनहरुमा रुखहरुका जात प्रशस्त र
किसिम-किसिमका छन्। खालि
डालेखालका ठूला रुखहरुका मात्र
दुइ हजार 800 जातहरु छन्।
बहुमूल्य र विशेष उपयोगी
रुखहरुमध्ये पंखा आकारका पात
हुने र खासगरी चीन र जापानमा
मात्र पाइने जिंको नामको वृक्ष,
मेटासेक्वा, ग्लीप्टोस्ट्रोबोइद आदि छन्। वातावरणको संरक्षण
गर्न र आर्थिक निर्माणको
आवश्यकतालाई पूरा गर्नका लागि
चीनले लगातार रुपमा ठूलो
पैमानाको वृक्षारोपण कार्यक्रम
चलाउँदै आएको छ। हालसम्ममा
चीनले कृत्रिम रुपबाट हुर्काएको
वनको क्षेत्रफल 3 करोड 37 लाख
90 हजार हेक्टर पुगिसकेको छ।
यसले गर्दा चीन अब विश्वमा
कृत्रिम वनको क्षेत्रफल
सबैभन्दा ठूलो रहेको देश बन्न
पुगेको छ।
चीनका मुख्य वन क्षेत्रहरुमध्येमा उत्तर
पूर्वी वन क्षेत्र, त्यसमा ता
सिँग आन लिँग पर्वत、स्याओ सिँग
आन लिँग पर्वत र छाङ्ग पाई शान
पर्वतका वन क्षेत्र समावेश छन्।
दक्षिण-पश्चिमी वन क्षेत्र,
त्यसमा हङ्ग तुआन शान
पर्वत、हिमालय पर्वत र
यालुचाङ्गपु च्याङ्ग नदीको
घुमाउरा मोडका वन क्षेत्रहरु
पर्दछन्, जुन चीनको दोश्रो ठूलो
प्राकृतिक वन क्षेत्र हो।
दक्षिण-पूर्वी वन क्षेत्र, यसमा
छिँग लिँग पर्वत र व्हाई ह
नदीदेखि दक्षिणतिर र युन नान
व्कै चौ प्रान्तमा अवस्थित युन
व्कै टारभूमिदेखि पूर्वतिरका
फराकिलो डाँडाकाँडाका वन
क्षेत्र समावेश छन्, जुन चीनको
मुख्य कृत्रिम वन क्षेत्र
मानिन्छ। यसका अतिरिक्त, चीनमा
रक्षाको कामका लागि लगाइएको
विशाल र फराकिलो वन प्रणाली
तयार भएको छ। जस्तै उदाहरणका
लागि उत्तर-पूर्वी、उत्तरी र
उत्तर पश्चिमी चीनलाई ढाक्ने 7
हजार किलोमीटर लामो रक्षा वन
पेटीको परिधि करीब 26 करोड
हेक्टर छ, जसले चीनको स्थल
क्षेत्रफलको एक चौथाई ठाउँ
ओगटेको छ र यसलाई "विश्वको
सबैभन्दा ठूलो पर्यावरणीय
परियोजना" मानिएको छ।
◆गौचरण क्षेत्र :
चीनमा 26 करोड 60 लाख 60 हजार
हेक्टर क्षेत्रफल ओगटेका गौचरण
क्षेत्र छन्। तिनमा
सप्रने-हुर्कने घाँसहरु विविध
जातका छन्। यसबाट सबै किसिमका
गाई-वस्तु र पशु-पंक्षीहरुलाई
विभिन्न ऋतुमा चराउन सजिलो भएको
छ । चीनको गौचरण क्षेत्रको
क्षेत्रफलले मुलुकको कुल
क्षेत्रफलको झण्डै एक चौथाई
ठाउँ ओगटेको छ । चीन विश्वमा
घाँसे मैदानको क्षेत्रफल
सबैभन्दा बढी भएका ठूला
मुलुकहरुमध्येको एक हो। चीनका
प्राकृतिक गौचरण क्षेत्रहरु
मुख्यतया ता सिँग आन लिँग
पर्वत-यिँग शान पर्वत-छिँग हाई
तिब्बत टारभूमिको
पूर्वपट्टिदेखि व्यापक पश्चिमी
र उत्तरी क्षेत्रमा छरिएर रहेका
छन् भने कृत्रिम गौचरण क्षेत्र
दक्षिण पूर्वी भागमा परेका छन्,
जुन खेत-जग्गा र वन
क्षेत्रहरुसँग एक-अर्कासँग
जोडिएर फैलिएका छन्।
चीनका गौचरण क्षेत्रहरुमध्येमा, खासगरी
भित्री मंगोलिया स्वायत्त
प्रदेशको गौचरण क्षेत्र चीनको
सबैभन्दा ठूलो गौचरण क्षेत्र
हो। त्यहाँका वरिष्ठ पशुका
जातहरुमा सान ह घोडा र सान ह
गाई-गोरु रहेका छन्। सिँग
च्याङ्ग-युगूर स्वायत्त
प्रदेशको गौचरण क्षेत्रका
वरिष्ठ पशुका जातहरुमा सिँग
च्याङ्ग मसिनो रौँ भएको
भेडा、आरथाई ठूलो पुच्छरे भेडा र
इली घोडा आदि हुन्। छिँग हाई
प्रान्तको गौचरण क्षेत्रमा
खासगरी चौँरी गाई पाइन्छ साथै
देश विदेशमा नाउँ कमाएको ह छ्यु
घोडा पनि पाइन्छ। र तिब्बती
गौचरण क्षेत्र चौँरी गाई पाल्ने
मुख्य क्षेत्र हो।
|