चीनको खनिज पदार्थ सम्बन्धी श्रोत
CRI


      चीनमा विविध प्रकारका खनिज पदार्थका पर्याप्त भण्डारहरु छन्। सर्वेक्षण गरी पत्ता लगाइएका श्रोत-साधनको भण्डार विश्वको कुल परिमाणको बाह्र प्रतिशत हुनुका साथै यसले विश्वको तेस्रो स्थान ओगटेको छ । तर प्रतिव्यक्तिको हिसापले थोरै लिएको र विश्वको प्रतिव्यक्तिको औसत मात्राको अन्नठाउन्न प्रतिशत मात्र लिएको छ र विश्वमा त्रिपन्नौ स्थानमा रहेको छ । अहिलेसम्म चीनमा जम्मा गरी एक सय एकहत्तर जातका खनिज पदार्थ पत्ता लगाइएको छ । ती मध्ये एक सय अन्ठाउन्न किसिमका खनिज पदार्थको निहित मात्रा स्पष्ट रुपमा पत्ता लगाइएको छ । ती मध्ये उर्जा श्रोत सम्बन्धी खनिज पदार्थ दश किसिमका छन, कालो धातु सम्बन्धी खनिज पदार्थ पाँच किसिमका छन, रंगीन धातुको किसिम एकचालिस छ, महत्वपूर्ण धातु आठ किसिमका छन्, गैर-धातुका खनिज पदार्थ एकान्नब्बे किसिमका छन् र तरल ग्याँस सम्बन्धी खनिज पदार्थ तीन किसिमका छन। विश्वमा खनिज पदार्थको कुल मात्रा प्रशस्त भएका, खनिज पदार्थको किसिम पनि तुलनात्मक रुपमा बढी भएका तथा सेटदार प्रबन्धको अवस्था पनि अपेक्षाकृत उच्च स्तरमा रहेका थोरै मुलुकहरु मध्येको चीन पनि एक हो। पत्ता लगाइएका खनिज पदार्थको मात्राको हिसाब अनुसार चीनका पैतालिस किसिमका खनिज पदार्थमध्ये पच्चिस किसिमका खनिज पदार्थको हिसाबले चीन विश्वमा तेस्रो स्थानमा रहेको छ। तीमध्ये दुर्लभ भूतत्व, प्लास्टर स्टोन, वेनेटियम, टिटेनियम, टेनटालम, वोल्फ्राम, बेनटोनाइट ,ग्रेफाइट, मिराबिलिट, बारिट, म्याग्नेसाइट, आन्टिमोनी आदि बाह्र किसिमका खनिज पदार्थ विश्वमा पहिलो स्थानमा परेका छन् ।

        हालसम्म जानकारीमा आएअनुसार, चीनका खनिज पदार्थका श्रोतहरु भएका क्षेत्रहरु यस प्रकार छन: पेट्रोल र प्राकृतिक ग्याँस मुख्यतः उत्तर-पूर्व, उत्तरी चीन र उत्तर-पश्चिममा पाइएको छ। कोइला खानी उत्तरी चीन र उत्तर-पश्चिममा रहेका छन्। उत्तर-पूर्व, उत्तरी चीन र दक्षिण-पश्चिममा मुख्यतः फलामका खनीहरु रहेका छन्। दक्षिण-पश्चिम, उत्तर-पश्चिम, पूर्वी चीनमा मुख्यतः तामाका खानी रहेका छन्। रांग र जस्ताका खानी चीनका ठाउ‍ँ-ठाँउ‍मा पर्याप्त छन्। वोल्फ्राम, टिन, मोलिबडेनम, आन्टिमोनि र दुर्लभ भूतत्वका खानीहरु दक्षिणी चीन र उत्तरी चीनमा पाइएका छन्। सुन-चाँदीका खानीहरु चीनभरि रहेका छन् र थाइवानमा पनि त्यसका खानीहरु छन्। फसफोरसका खानीहरु मुख्यतः दक्षिणी चीनमा पाइन्छन्।

मुख्य-मुख्य खनिज पदार्थका श्रोतमा के के समावेश छन:

         कोक कोइला: चीनको कोक कोइलाको निहित मात्रा विश्वको पहिलो स्थानमा परेको छ। सारा चीनमा सर्भेक्षण गरी फेला पारिएको कोक कोइलाको निहित मात्रा दश खरब मेट्रिक टन रहेको छ र ती मुख्यतः उत्तरी चीन, उत्तर-पश्चिमी क्षेत्रमा फैलेका छन्। तीमध्ये वल्लो शान्सी, पल्लो शान्सी र मंगोलिया स्वायत्त प्रदेशमा त्यसको भण्डार विशाल रहेको पाइएको छ ।
तेल ग्याँसका श्रोतः तेल ग्याँस चाहिं मुख्यतः चीनको उत्तर-पश्चिमी क्षेत्रमा र त्यसपछि उत्तर-पूर्वी क्षेत्र, उत्तरी चीन तथा दक्षिण-पूर्वी क्षेत्रको समुद्री किनारको पानी कम गहिरो भएका अग्ला चट्टानमा निहित रहेको वताइएको छ । सन् 1998कोअन्तसम्म चीनले पाँच सय नौ वटा तेल खानी र एक सय त्रिसठ्ठीवटा ग्याँस खानी पत्ता लगाएको छ । सर्भेक्षए गरेर पत्ता लगाइएको पेट्रोल र प्राकृतिक ग्यांसको भण्डार कूल उन्नाइस अरब पचासी करोड मेट्रिक टन र उन्नाइस खरब पचास अरब घन मिटर पुगी विश्वमा नवौं स्थान र बीसौं स्थानमा रहेको वताइएको छ । तीमध्ये भू-स्थलमा निहित पेट्रोलको मात्रा प्राकृतिक ग्याँसको मात्राले क्रमश: चीनको त्यस किसिमका श्रोतको कुल मात्राको त्रिहत्तर दशम्लब आठ प्रतिशत र अठहत्तर दशम्लब चार प्रतिशत स्थान ओगटेको वताइएको छ । अहिले सुंग ल्याऔ, पो हाई खाडी, थालिमु, टोन्गर, थुलुफान्, स छुआन् , पल्लो शान्सी, कान्सु, निंग स्या आदि छ वटा ठूला खाले तेल ग्यांस खानी सञ्चालनमा छन्।

धातु श्रोतः

        कालो धातुः सर्वेक्षण गरेर त्यसको निहित मात्रा थाहा पाइएको कालो धातुमा फलाम, मेगनीज, वेनेडियम, टिटेनियम आदि समावेश छन्। ती कालो धातुका खानी मुख्यतः ल्याओ निंग, ह पै, वल्लो शान्सी र स छुआन्मा रहेका छन् ।

         रंगिन धातुः विश्वमा पत्ता लगाइसकिएका सबै रंगीन धातुका खानी चीनमा पाउन सकिन्छ। ती मध्ये दुर्लभ भूतत्वको निहित मात्राले लगभग विश्वको असी प्रतिशम स्थान लिएको छ। एन्टिमनी खानीको निहित मात्राले विश्वको चालिस प्रतिशत स्थान लिएको छ र वोल्फ्राम खानीको निहित मात्रा चाहिं विश्वका अरु मुलुकको कुल निहित मात्राको चार गुना बराबर रहेको वताइएको