जनसंख्या
CRI


         चीन संसारमा सबैभन्दा बढी जनसंख्या भएको मुकुक हो। सन् 2002 को अन्तसम्म चीनको कुल जनसंख्या 1 अरब 28  करोड 45  लाख 30 हजार छ। (यसमा हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्र, मकाउ विशेष प्रशासनिक क्षेत्र र थाइवान प्रान्तलाई समावेश गरिएको छैन)। चीनको जनसंख्याले विश्वको कुल जनसंख्याको पाँच खण्डको एक खण्ड ठाउँ ओगटेको छ। चीन विश्वमा जन-घनत्व अपेक्षाकृत बढी भएका मुलुकहरुमध्येको एक पनि हो। ( यसको सरदर जन-घनत्व लगभग 135 जना प्रतिवर्गकिलोमीटर रहेको छ)। चीनको जनसंख्याको विभाजन सन्तुलित छैन। मुलुकको पूर्वी भागमा बढी मानिसको बसोबास छ भने पश्चिमतर्फ कम छ। पूर्वी समुद्री तटवर्ती क्षेत्रमा जन-घनत्व निकै बढी छ, त्यहाँको जनसंख्या प्रतिवर्गकिलोमीटर 400 भन्दा बढी छ। त्यसको मध्य भागमा प्रतिवर्गकिलोमीटर क्षेत्रमा 200 भन्दा बढी मानिसको बसोबास छ र पश्चिमी भागको टारभूमि क्षेत्रमा जनसंख्याको वितरण दर एकदम कम छ, त्यहाँको जनसंख्या प्रतिगर्गकिलोमीटर 10 जना पनि छैन। हाल चिनियाँ नागरिकहरुको औषत आयु बढेर 71.40 वर्ष पुगेको छ (तीमध्ये पुरुषको औषत आयु 69.63 र महिलावर्गको औषत आयु 73.33 वर्ष रहेको छ), जुन विश्वको औषत आयुको स्तरभन्दा 5 वर्ष बढी हो । यो औषत आयु विकासोन्मुख मुलुक र क्षेत्रहरुको तुलनामा 7 वर्ष बढी छ भने विकसित मुलुक र क्षेत्रहरु सित दाँजी हेर्दा करिब 5 वर्ष कम रहेको देखिन्छ।

 

 

         सन् 2002 मा चीनको जनसंख्याको प्राकृतिक वृद्धि दर घट्दैजाने क्रम जारी नै छ। त्यस सालको अन्तसम्ममा चीनको मुख्य भूमिको जनसंख्या 1 अरब 28 करोड 45 लाख 30 हजार छ। तीमध्ये शहरहरुको जनसंख्या 50 करोड 21 लाख 20 हजार छ, जसले 39.1 प्रतिशत ठाउँ लिएको छ भने ग्रामीण क्षेत्रको जनसंख्या 78 करोड 24 लाख 10 हजार छ, जसले सम्पूर्ण जनसंख्याको 60.9 प्रतिशत ठाउँ ओगटेको छ। समस्त चीनमा पुरुषहरुको संख्या 66  करोड 11 लाख 50 हजार छ भने महिलाहरुको संख्या 62 करोड 33 लाख 80 हजार छ। चीनमा 0-14 वर्षसम्मको जनसंख्याले 22.4 प्रतिशत, 15-64 वर्षसम्मको जनसंख्याले 70.3 प्रतिशत, 65 वर्ष र त्यसभन्दा बढी उमेरका बूढाबूढीहरुको जनसंख्याले 7.3 प्रतिशत ठाउँ लिएको छ। चीनमा बूढाबूढीहरुको संख्या 9 करोड 37 लाख 70 हजार छ। सन् 2002 सालमा समस्त चीनको मुख्य भूमिमा जन्मेका बच्चाहरुको संख्या 1 करोड 64 लाख 70 हजार, अर्थात त्यसको जन्म दर हजारमा 12.86 छ। त्यो अवधिमा मर्नेहरुको संख्या 82 लाख 10 हजार थियो अर्थात चीनमा वाल-मृत्यु दर हजारमा 6.41 छ। सन् 2002 मा चीनको मुख्य भूमिको जनसंख्यामा 82 लाख 60 हजार चोखो बृद्धि भएको छ र त्यसको प्राकृतिक बृद्धि दर हजारमा 6.45 रहेको छ।