परिवार नियोजन
CRI


   चीन सरकारले परिवार नियोजनलाई एक मूलभूत राष्ट्रिय नीतिको रुपमा अवलम्बन गर्दैआएको छ। चीनले, सरकारले निर्देशन दिने र सर्वसाधारणहरुले स्वेच्छानुसार गर्ने गरी यो परिवार नियोजन कार्यक्रमलाई अघि बढाइरहेको छ। सरकारले निर्देशन दिने कुरा भनेको केन्द्रीय सरकार र स्थानीय सरकारले जनसंख्याको वृद्धिमा नियन्त्रण गर्ने, जनसंख्याको गुण-स्तरलाई माथि उकास्ने र जनसंख्याको बनौटमा सुधार ल्याउने नीति, ऐन र नियम तथा समष्टिगत रुपमा जनसंख्याको विकास गर्ने योजनाको तर्जुमा गर्नुका साथै सबै दम्पतिहरुलाई प्रजनन सम्बन्धी आरोग्यता, गर्भनिरोध र उत्तम गुण-स्तरयुक्त बच्चाको प्राप्ति जस्ता कुराहरु सम्बन्धी मरामर्श, निर्देशन तथा प्राविधिक सेवा दिने रहेको छ भने सर्वसाधारणहरुले स्वेच्छानुसार गर्ने कुरा भनेको बच्चा जन्माउने उमेर पुगेका दम्पतिले सम्बन्धित नीति र ऐन तथा नियमको निर्देशनमा आ-आफ्नो उमेर, स्वास्थ्य, पेशा र पारिवारिक स्थितिअनुसार जिम्मेवारीका साथ र योजनाबद्ध रुपबाट गर्भधारण गर्ने र बच्चा जन्माउने सम्बन्धी व्यवस्था मिलाउने साथै आफूलाई अनुकूल हुने खालको गर्भनिरोधको तरीका छान्ने भन्ने रहेको छ।

 

   चीनमा हाल लागू भइरहेको परिवार नियोजनका मुख्य विषयहरुमा खास गरी ढिलो विवाह गर्ने, ढिलो बच्चा जन्माउने, कम बच्चा जन्माउने र उच्च गुणस्तरका बच्चा जन्माउने, एक जोडी दम्पतिले एउटा मात्र बच्चा जन्माउने; ग्रामीण क्षेत्रमा साँच्चिकै अप्ठ्यारो अवस्थामा भएका दम्पतिले केही वर्षको अन्तरालपछि अर्को एउटा बच्चा जन्माउन पाउने, अल्पसंख्यक जातीय क्षेत्रको हकमा विभिन्न जातिको इच्छा तथा सो जातिको जनसंख्या, श्रोत-साधन、अर्थतन्त्र、सँस्कृति、तथा रितिरिवाज जस्ता फरक-फरक वास्तविकताका आधारमा निर्धारण गरिएअनुसार सामान्यतया एक दम्पतिले दुईवटा बच्चा जन्माउन पाउने、कतै-कतै तीनवटा बच्चा पनि जन्माउन पाउने व्यवस्था गरिएको छ भने जनसंख्या एकदमै कम भएको कुनै अल्पसंख्यक जातिका लागि भने कति बच्चा जन्माउने भन्ने कुराको सीमा निर्धारण नै गरिएको छैन।

         परिवार नियोजनको नीति लागू भएदेखि यता ढीलो विवाह गर्ने、ढीलो बच्चा जन्माउने、कम बच्चा जन्माउने र उच्च गुण स्तरका बच्चा जन्माउने कुरा अहिले चीनमा एक प्रचलित सामाजिक बानी बनिसकेको छ। यसका साथै परिवार नियोजन योजना लागू भएपछि चीनका महिलाहरुले विवाहपछि बारम्बार गर्भधारण हुने र भारी घरेलु कार्यको बन्धनबाट उम्कन पाएका छन् भने सुत्केरी र बच्चा दुबैको स्वास्थ्य स्तर पनि निकै माथि उकासिएको छ।