जनसंख्या

CRI


  थाइ वान क्षेत्रको जनसंख्या बढी छ, तर भूमि थोरै छ। सन् 2001 को अन्त्यसम्ममा थाइ वानको कुल जनसंख्या 2 करोड 24 लाख पुगेको छ। त्यहाँको जन-घनत्व 619 जना प्रति वर्गमिटर पुगेको थियो।

       थाइ वानमा जनसंख्याको बनौटमा बूढा-बूढीहरुको संख्या बढेको देखिन्छ। सन् 2001को अन्त्यसम्ममा 0-14 वर्ष सम्मको जनसंख्याको अनुपात 25.8 प्रतिशतमा झरेको छ, 15-64 वर्ष उमेरको जनसंख्या बढेर 67.4 प्रतिशत पुगेको, अनि 65 वर्षभन्दा बढी उमेरका मानिसहरुको जनसंख्या 6.8 प्रतिशत पुगेको देखिएको छ।

       थाइ वानमा जनसंख्याको फैलावटको अवस्था त्यति संतुलित छैन। थाइ वानको एक तिहाइ क्षेत्रफल ओगटेको, समुद्र सतहदेखि एक हजार मिटर भन्दा बढी उचाइमा जन-घनत्व प्रति वर्ग मिटरमा सरदर 20 जना मात्र छन्। अनि शहरमा जन-घनत्व 4 हजार 8 सय भन्दा बढी प्रति वर्गमीटर छ। खासगरी, थाइ पै, काउ श्युन, थाइ चुन, ची लुङ्ग, सिन चो, च्या इ र थाइ नान जस्ता शहरमा जनसंख्या झन् बढी छ। यी सातवटा शहरको क्षेत्रफल थाइ वानको कुल क्षेत्रफलको 2.9 प्रतिशत छ भने यसको जनसंख्या थाइ वानको कुल जनसंख्याको 31 प्रतिशत छ।

       थाइ वानको जनसंख्यामा सामाजिक तथा आर्थिक विकासअनुसार निरन्तर रुपमा व्यवस्थति गरिइरहेको छ। सन् 1965देखि थाइ वानमा लागू गरिएको " परीवार योजना " कार्यक्रममा विवाहका लागि उमेर, बच्चा जन्माउने उमेर आदि कुरा तोकिएको छ। त्यहाँ " एउटा बच्चा कम छैन, दुइटा बच्चा ठ्याक्कै छ" भन्ने नीति लागू गरिएको छ। त्यसपछि त्यहाँ बच्चा जन्माउनसक्ने उमेर पुगेका महिलाहरुको बच्चा जन्माउने दर क्रमशः कम भएको छ। त्यस नीतिले जनसंख्या वृद्धिको अवस्थामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। तर यसबाट आम जनसंख्यामा बूढा-बूढीको संख्या बढी हुने र श्रम शक्तिको कमी हुने समस्या देखापरेको छ। यस कारण थाइ वान सत्ताले सन् 1990मा "जनसंख्या सम्बन्धी नीती र कार्यक्रम"मा सुधार गरी दुइवटा बच्चा ठीकै छ, तीनवटा बच्चा बढी छैन भन्ने नीति अघि सारेको छ। थाइ वान सत्ताले हालै अझ बढी बच्चा जन्माउने कुरालाई प्रोत्साहित गर्ने नीति अँगालेको छ।