जाति

CRI


  
  थाइ वान एउटा बहुजातीय क्षेत्र हो। त्यहाँ खासगरी मंगोलिया, ह्वै, मिआ, काउ शान जस्ता जातिहरुको बसोबास रहेको छ। यसमा 97 प्रतिशत भन्दा बढी मानिसहरु हान जातिका छन। हान जाति मिन नान र ख च्या नामका बासीहरुमा विभाजित छ। अधिकृत मिन नानबासीको पुर्खौली जन्मथलो फु चिएन प्रान्तको छ्यान चाउ र चान चाउ थियो। अनि अधिकृत ख च्याबासीको पुर्ख्यौली जन्मथलो क्वान तुन प्रान्तको मै चाउ र छाउ चाउ थियो।
 

     काउ शान जाति थाइ वानमा बसोबास गर्ने मुख्य अल्पसंख्यक जाति हो। थाइ वानका काउ शान जातिको उद्गम स्थलबारे विभिन्न किसिमको भनाइ थियो। तर विविध अनुसन्धानबाट थाइ वानका काउ शान जातिको पुर्ख्यौली चीनको मुख्य भूमि नै भएको पत्तो लागेको छ। थाइ वानका काउ शान जाति तराई र पहाडी क्षेत्रमा बस्ने दुइ किसिममा विभाजित भएका छन्। सन् 2001 सम्म थाइ वानका काउ शान जातिको जनसंख्या 4 लाख 15 हजार पुगेको भने काउ शान जातिको जनसंख्या बढिरहेको देखिन्छ।

     थाइ वानको काउ शान जातिका, खास गरी आमै, थाइया, फैवान, बुनुन, पैनान, लुखान, चौ, यामै, सैशेया र शाउ आदि शाखाहरु समावेश छन्।