मुख्य शहरहरु

CRI



थाइ पै शहर

          थाइ पै शहर थाइवान द्वीपको उत्तरी भागमा पर्छ। त्यसको क्षेत्रफल 272 वर्गकिलोमिटर छ। त्यो शहर थाइवान द्वीपमा क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो शहर हो। त्यस शहरको जनसंख्या 27 लाख छ जुन थाइवानको सम्पूर्ण जनसंख्याको आठ खण्डको एक खण्ड हो।

          थाइ पै शहर थाइवान प्रान्तको उद्योग तथा वाणिज्यको केन्द्र हो। समस्त द्वीपका सबैभन्दा ठूलो कम्पनी, व्यवासाय, बैंक, पसलहरुले त्यस शहरमा आफ्ना मुख्य कार्यालय खोलेका छन। थाइ पै शहर थाइवान प्रान्तको सबैभन्दा ठूलो औद्यागिक उत्पादन क्षेत्र तथा वाणिज्य क्षेत्र पनि हो।

          थाइ पै शहर थाइवान प्रान्तको साँस्कृतिक एवम् शैक्षिक केन्द्र हो। प्रसिद्ध थाइवान विश्व विद्यालय, थाइवान राजनीतिक विश्व विद्यालय लगायतका 24 वटा विश्व विद्यालय यहाँ अवस्थित छन्। यसका अतिरिक्त, थाइ वान प्रान्तको पत्रिका, रेडियो, टेलिभिजन तथा थाइ वान प्रान्तको सबैभन्दा ठूलो पुस्तकालय, संग्रहालय पनि यही‍ छन्।

          थाइ पै शहरमा यातायातको राम्रो विकास भएको छ। त्यो थाइवान प्रान्तको रेल-मार्ग तथा राजमार्गको केन्द्र हो। चि लुं बन्दरगाह र तान श्वै बन्दरगाह थाइ पै शहरका बन्दरगाह हुन। थाइ पै सुं शान विमानस्थल थाइ वान प्रान्तको दोश्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल हो।

  

(चित्र:थाइपैको रात्री दृश्य)


काउ श्यौं शहर

          काउ श्यौं शहरको क्षेत्रफल झण्डै 150 वर्ग किलोमिटर छ। त्यसको वर्तमान जनसंख्या 14 लाख छ। काउ श्यौं शहर थाइ वान द्वीपको धेरै पूरानो, उद्योग तथा वाणिज्यको तिव्र विकास भएको शहर हो।

          काउ श्यौं शहर थाइवान प्रान्तको मुख्य औद्योगिक अखडा हो। त्यहाँ पेट्रोल कारखाना, फलाम कारखाना, जहाज उत्पादन कारखाना लगायतका थाइवान प्रान्तका सबैभन्दा ठूलो व्यवसायहरु सञ्चालित छन। इलेक्ट्रोनिक उद्योग, मेसिनरी उद्योग, सिमेन्ट उद्योग, रासायनिक मल उद्योग, चिनी कारखाना लगायतका उद्योगको पनि यहाँ विकास भएको छ। काउ श्यौं शहर थाइवान प्रान्तको मत्स्य उत्पादन केन्द्र पनि हो। त्यसको मत्स्य उद्योगले थाइवान प्रान्तमा पहिलो स्थान ओगटेको छ।

          काउ श्यौं शहरमा जल, स्थल तथा वायु तिनै प्रकारका यातायात सेवाको राम्रो विकास भएको छ। काउ श्यौं बन्दरगाहमा एकै साथ दश हजार टन क्षमताका 38 वटा स्टिमबोटहरु बस्नसक्छन। काउ श्यौं बन्दर गाहबाट हरेक वर्ष हुने माल-सामानको ओसार-पसारको परिमाण हंग कंग, सिंगापुर र हल्याण्‍डको लुटतान बन्दरगाहको तुलनामा मात्र कम छ। यसरी यो बन्दरगाह बाणिज्य व्यस्तताका कारण विश्वको चौथो स्थानमा रहेको छ। थाइ पैबाट काउ श्यौंसम्म पुग्न विमानद्वारा चालीस मिनेट मात्र लाग्छ।

          काउ श्यौं शहर एउटा रमणीय शहर पनि हो। त्यो उष्ण कटिबन्धीय क्षेत्रमा पर्ने भएकाले त्यहाँ वर्षभरि नै ग्रीष्म ऋतुजस्तै हुन्छ।


पाँचवटा नगरपालिका

थाइ चौं शहर

          थाइ चौं शहर थाइवान द्वीपको पश्चिमी भागमा पर्छ। त्यो थाइ वान प्रान्तको तेश्रो ठूलो शहर हो। अहिलेसम्म त्यो थाइवानको साँस्कृतिक, शैक्षिक, आर्थिक र यातायातको केन्द्र बनेको छ। त्यहाँ रहेका विश्व विद्यालयहरुको संख्या थाइ पै शहरकोभन्दा मात्र कम छ। त्यो थाइवानको वौद्ध धर्मको केन्द्र पनि हो। हरेक वर्ष आयोजना गरिने थाइ वान धार्मिक सम्मेलनको आयोजना त्यहाँको पाउ च्येन मन्दिरमा गरिन्छ। थाइ चौं शहरलाई थाइवानको सबैभन्दा सफा शहर भनिन्छ।

थाइ नान शहर

          थाइ नान शहर थाइवानको दक्षिण-पश्चिमी भागमा पर्छ। त्यो थाइ वानको चौथो ठूलो र सबैभन्दा पूरानो शहर पनि हो। थाइ पै शहर थाइ वान प्रान्तको सदरमूकाम बन्नुअघि थाइ नान शहर थाइवानको राजनैतिक, आर्थिक तथा साँस्कृतिक केन्द्र थियो। त्यहाँ प्रसिद्ध रमणीय स्थान धेरै छन्। थाइ नान शहरको धार्मिक वातावरण राम्रो छ। समस्त शहरमा मन्दिर र चर्चहरुको संख्या दुइ सय भन्दा बढी छ। त्यहाँ वौद्ध धर्मावलम्बी र ताउ धर्मावलम्बीहरुको संख्या सबैभन्दा धेरै छ। क्रिस्चियन धर्म अन्तर्गत क्याथोलिक क्रिस्चियनहरुको संख्या पनि धेरै छ।

चि लौं शहर

           चि लौं शहर थाइवान प्रान्तको उत्तरी भागमा पर्छ। त्यो तुं हाई समुद्र नजिक पर्दछ। त्यो पहाडहरुले घेरिएको छ। त्यहाँ यातायातको राम्रो विकास भएको छ। डुंगा उत्पादन, रासायनिक उद्योग, खानी लगायतका उद्योग-व्यवसायहरुको त्यहाँ राम्रो विकास भएको छ। त्यो थाइवानको महत्वपूर्ण मत्स्य उत्पादन केन्द्र पनि हो। त्यहाँ थाइ वानभरिको पाँच खण्डको एक खण्ड माछा उत्पादन गरिन्छ। त्यहाँ वर्षभरि 200 दिनभन्दा बढी पानी पर्छ। त्यसैले त्यसलाई “पानी बन्दरगाह” पनि भनिन्छ।

शिन चु शहर

          शिन चु शहर थाइवानको महत्वपूर्ण वैज्ञानिक तथा साँस्कृतिक शहर हो। थाइवानको प्रसिद्ध छिंग ह्वा विश्व विद्यालय, यातायात विश्व विद्यालय र शिन चु ‌औद्योगिक क्षेत्र शिन चु शहरमा पर्छन्।

च्या यी शहर

          थाइवानको सबैभन्दा ठूलो बाँध अर्थात चंग वन बाँध त्यहाँ पर्दछ।