दुइ किनारा बीच हुलाक, व्यापार र ढुवानी

CRI


      चीन सरकारले सन् 1979 मा दुइ किनारा बीच प्रत्यक्ष रुपमा हुलाक, व्यापार र ढुवानी सेवा सञ्चालन गर्ने सुझाव प्रस्तुत गरेको थियो। बितेको 20 वर्षभन्दा बढी समयमा चीन सरकारले उक्त उद्देश्य प्राप्तिका लागि अथक प्रयास गर्दैआएको छ।

      दुइ किनारा बीच हुलाक, व्यापार र ढुवानी सेवा क्षेत्रमा भएको प्रगति हुलाक सेवा बारेः

      सन् 1993 मा मूख्य भूमिस्थित थाइ वान जल-डमरुका दुइ किनारा बीचको सम्बन्ध संगठन र थाइ वानस्थित जल-डमरुका दुइ किनारा बीचको आदान-प्रदान संघले " दुइ किनारा बीच रजिष्टर पत्रको सोध-पूछ र पूर्ति जस्ता मामिला सम्बन्धी सम्झौता "मा हस्ताक्षर गरेका थिए। त्यस पछि दुइ किनाराका हुलाक कार्यालयले औपचारिक रुपमा रजिष्टर पत्रको प्रेपण कार्य शुरु गरेका थिए।

      टेलिकम्युनिकेशन सेवा बारेः

      सन् 1996 मा चीन सञ्चार र थाइ वानको चुङ्ग व्हा सञ्चारले दुइ किनारा बीच प्रत्यक्ष रुपमा सञ्चारको आदान-प्रदान सम्बन्धी काम गर्नथालेका छन्। सन् 1999 र 2000मा अघि पछि गरी निर्माण गरिसकिएका चीन र अमेरिका, एशिया र यूरोप, एशिया र प्रशान्त महासागर मुनिमा राखिएका केबलमार्फत दुइ किनारा बीच प्रत्यक्ष रुपमा टेलिकम्युनिकेशनको सेवाको स्थापना भएको थियो। यसमा टेलिफोन, मोबाइल र टेलिभिजनद्बारा टेलिफोन गर्ने सेवा समावेश छन्।

      समुद्री सेवा बारेः

      सन् 1997 को अप्रिलमा, मूख्य भूमिको फु चाउ, शिआ मन र थाइ वानको गाउ श्युन शहर बीच परीक्षणको रुपमा समुद्रबाट प्रत्यक्ष सेवा शुरु भएको थियो। सन् 2001को आरम्भमा चिङ्ग मन र मा चुका जनताको खाँचो बारे विचार गर्दा मूख्य भूमिले यी दुइ स्थान र फु चिएन प्रान्तका समुद्र तटवर्ती क्षेत्रसँग समुद्री सेवाका लागि सकेसम्म सहयोग दिएको थियो। दुबै पक्षले आ-आफ्नो पूंजी र दुइ किनारामा रजिष्टर गरिएका जहाजको प्रयोग गर्दै जहाजमा कम्पनीको झन्डा मात्र झुन्ड्याएर समुद्री यात्रुवाहक र ढुवानी सेवा सञ्चालन गरेका थिए।

      वायु सेवा बारेः

      सन् 1995 को डिसेम्बर र सन् 1996 को अगस्टमा मकाउ वायु सेवा र हङ्गकङ्गको कान् लुङ्ग वायु सेवा कम्पनिले छुट्टा-छुटै रुपमा मूख्य भूमिबाट मकाउ वा हङ्गकङ्ग पार गरी थाइ वानसम्म जाने अप्रत्यक्ष वायु सेवा शुरु गरेका थिए। सन् 2003 को वसन्त पर्वका बेला थाइ वानका व्यापारीहरुलाई घर फर्कन सुविधा दिनका लागि चीनले थाइ वानका छवटा कम्पनीका विमानलाई 16 वटा चार्टर उडान गरी थाइ वानको थाइ पै र गाउ श्युनबाट हङ्गकङ्ग वा मकाउ पार गरी शाङ्गहाइमा उडान गर्न अनुमति दिएको थियो।

      व्यापार आदान-प्रदान

      सन् 1979 देखि मूख्य भूमिले थाइ वानका उत्पादनका लागि चीनको बजार खुला गर्नुका साथै कर छूट वा सहुलियत दिनथालेको थियो। सन् 1978मा दुइ किनारा बीचको व्यापार परिमाण 4 करोड 60 लाख पुगेको थियो भने सन् 2003मा 58 अरब 30 करोड पुगेको छ। सन् 2002को तथ्यांक अनुसार, मूख्य भूमि थाइ वानको निर्यातको प्रथम बजार बनेको छ। यसका साथै थाइ वान मूख्य भूमिले आयात गरेको दोस्रो ठूलो बजार बनेको छ।

      पूंजी लगानी बारे मूख्य भूमिका सम्बन्धित विभाग र विभिन्न स्थानले निरन्तर रुपमा पूंजी लगानी गर्ने वातावरणमा सुधार ल्याउँदै छन्। सन्2003को अन्त्यसम्ममा मूख्य भूमिले पटक-पटक गरी थाइ वानका व्यापारीको लगानीमा स्थापित 60 हजारवटा व्यवसायलाई अनुमित दिएको थियो। दुइ किनारा बीचको सम्पन्न भएको ठेक्का-पट्टाअनुसार, थाइ वानले मूख्य भूमिमा 68 अरब अमेरिकी डलर लगानी गर्ने योजना थियो, तर वास्तवमा 36 अरब अमेरिकी डलर मात्र लगानी भएको पाइएको छ। सन् 1993 देखि मूख्य भूमि थाइ वानका व्यापारीहरुले पूंजी लगानी गर्न मन पराएको प्रथम स्थान बनेको छ। थाइ वानका 10 वटा बैंकले मूख्य भूमिका शाङ्ग हाई र पैचिङ्गमा आ-आफ्नो कार्यालय स्थापना गरेका छन।

      तर दुइ किनारा बीचको आवत-जावत अझ अप्रत्यक्ष, एकतर्फी र आंशिक स्थितिमा रहेको छ।

      हुलाक सेवाको क्षेत्रमा दुइ किनारा बीचको पाकेट सम्बन्धी आवत-जावत थोरै छ। यी पाकेटहरु हङ्गकङ्ग र मकाउबाट हस्तान्तरण गर्नु पर्छ।

      समुद्री सेवामा दुइ किनारा बीचको विमान र जहाज सोझै आवत-जावत गर्न पाउँदैनन। दुइ किनाराका यात्रुवाहक जहाजहरु पनि हङ्गकङ्ग र जापान हुँदै आउनु-जानु पर्छ।

      व्यापारको आवत जावत बारेः
      मूख्य भूमिको बजार थाइ वानका व्यवसाय र मालसामानका लागि पूरा खोलिएको छ। तर मुख्य भूमिबाट थाइ वानमा पठाएका उत्पादन वस्तुलाई त्यहाँ त्यति सुविधा दिइदैन। थाइ वानबासीलाई मन परेका मूख्य भूमिका उत्पादन र अति आवश्यक मालसामानहरु थाइ वानमा जान सक्दैनन। मूख्य भूमिका व्यवसायले थाइ वानमा पूंजी लगानी गर्न सक्दैनन। यसका लागि आवश्यक व्याणिज्य संस्था पनि थाइ वानमा स्थापित गर्न सक्दैनन। मूख्य भूमिका व्यवसायले थाइ वानमा आर्थिक तथा व्यापारिक प्रदर्शनीको आयोजना गर्न र आर्थिक तथा व्यापारिक प्रदर्शनीमा सहभागी हुन पनि गाह्रो छ। व्यापारिक तथा आर्थिक क्षेत्रमा कार्यरत मूख्य भूमिका व्यक्तिहरु थाइ वानको निरिक्षणमा जाने कुरालाई पनि सिमित पारिएको छ।