सिंगच्यांग

CRI


       सिंग च्यांग युगुर जातीय स्वायत्त प्रदेशको छोटकरी नाउँ “सिंग च्यांग” हो। त्यो चीनको उत्तर-पश्चिमी भागमा पर्दछ र यूरोप तथा एशिया महाद्बीपको केन्द्रमा अवस्थित छ। त्यसको क्षेत्रफल 16 लाख 60 हजार वर्गमिलोमिटर छ। त्यो चीनको सबैभन्दा ठूलो प्रान्त हो। सिंग च्यागका पश्चिमी भाग र उत्तरी भागमा आठवटा छिमेकी मुलुक छन। तिनीहरु क्रमश: मंगोलिया, रुस, काजाक्स्तान, किर्गिस्तान, ताज्जिकिस्तान, अफगानिस्तान, पाकिस्तान र भारत हुन। त्यसको वैदेशिक सीमा रेखाको लम्बाइ पाँच हजार चार सय किलोमिटर छ। त्यो चीनको सबैभन्दा लामो वैदेशिक सीमा रेखा र सबैभन्दा धेरै नाका रहेको प्रान्त हो।