भौगोलिक स्थिति 

CRI


      सिंग च्यांग एशियाको भित्री भागमा पर्दछ। त्यसको उत्तरदेखि दक्षिणम्म अ र थाइ पहाड, थिआन् शान् र खुन् रुन् शान पहाड पर्दछन। ती पर्वतहरुका बीचमा चुन् क र उपत्यका तथा था लि मु उपत्यका छन। त्यहाँको स्थानीय चलन अनुसार, मानिसहरुले थिआन् शानदेख दक्षिणतिरका क्षेत्रलाई “दक्षिणी सिंग च्यांग” र थिआन् शानदेखि उत्तरतिरका क्षेत्रलाई “उत्तरी सिंग च्यांग” भन्नेगरेका छन। हा मि र थु रु फान् उपत्यकालाई “पूर्वी सिंग च्यांग” भन्नेगरेका छन। सिंग च्यांगका शहर र गाउँहरु धेरैजसो हरिया क्षेत्रमा अवस्थित छन। ती हरिया क्षेत्रहरु उक्त दुइवटा उपत्यकाका वरिपरि चहकिलो मोतीका रुपमा छरिएर रहेका छन।

      सिंग च्यांगमा चीनको सबैभन्दा ठूलो खोला—था लि मु खोला, सबैभन्दा ठूलो ताल बो स् थन् ताल र समुद्रीतहदेखि सबैभन्दा होचो उपत्यका— थु रु फान् उपत्यका रहेका छन। सिंग च्यांग सुक्खा र खडेरीबाट हरेक वर्ष सबैभन्दा बढी प्रभावित हुने क्षेत्र हो। त्यहाँ सबैभन्दा चिसो र सबैभन्दा तातो मौषम बीच ठूलो भिन्नता छ। त्यहाँको अ र थाइ क्षेत्रले चीनको सबैभन्दा न्यून तापक्रमको रिकर्ड कायम गरेको छ र थु रु फान् उपत्यकाले, लामो समयसम्म, चीनको सबैभन्दा उच्च तापक्रमको रिकर्ड कायम गरेको छ।

      चीनमा भएको मरुभूमिको कूल क्षेत्रफलको दुइ तिहाइ भाग सिंग च्यांगमा पर्दछ। तीमध्ये था ख ला मा कान् मरुभूमिको क्षेत्रफल 3 लाख30 हजार वर्गकिलोमिटर छ, जुन चीनको सबैभन्दा ठूलो मरुभूमि हो र विश्वको दोस्रो ठूलो चल्ती मरुभूमि पनि हो। चुन् क र उपत्यकामा पर्ने गु र बान् थुन् गु थ मरुभूमिको क्षेत्रफल 48 हजार बर्गकिलोमिटर छ जुन चीनको दोस्रो ठूलो मरुभूमि हो। सिंग च्यांगका मरुभूमिमा पर्याप्त तेल, प्राकृतिक ग्याँस र खनिज पदार्थका भण्डार छन।

      सिंग च्यांमा भएका हिमालय र रुखहरु झैं ठिङ्ङ उभिएका हिम-चुचुराबाट ठूलो हिम नदी झरेको छ। त्यो प्रकृति प्रदत्त “ठोस जलाशय” हो। सिंग च्यांगको प्रति व्यक्ति औसत पानीको स्रोतको परिमाण चीनको अग्र स्थानमा परेको छ।