इतिहास
CRI


      दुइ हजार वर्षभन्दा अघि एकीकृत, बहु-जातीय मुलुक सिंग च्यांग चीनको एक भाग थियो। इसा पूर्व 60 मा हान् राज-वंशले सि यु शहरलाई नगरपालिका घोषित गरेको थियो। सिंग च्यांग सि हान सत्ताको प्रत्यक्ष अधीनमा परेको थियो। त्यसको परिधिमा हालको बा र ख शा ताल र फा मि र क्षेत्र समावेश छन्। त्यसपछिका एक हजार वर्षको अवधिमा सिंग च्यांग क्षेत्रले सधैं नै चीनको केन्द्रीय सरकारसँग अधिनस्थ सम्बन्ध कायम राख्दैआएको छ। सिंग च्यांगको स्थानीय शासन व्यवस्था सञ्चालन गर्नका लागि त्यस बेलाको केन्द्रीय सरकारले प्रशासनिक संस्थाको स्थापना गरेको थियो।

      आजभन्दा तीन सय वर्ष अघिको छिंग राज्य वंश कालमा केन्द्रिय सरकारले पूरै सिंग च्यांग क्षेत्रको शासन व्यवस्था सञ्चालन गर्नका लागि सिंग च्यांग इ लिको व्ही युआन् शहरमा इ लि जनरलको नियुक्त गरेको थियो। सन् 1884 मा सिं‍ग च्यांगलाई प्रान्तको मान्यता दिइयो। जसले गर्दा त्यो र भित्री चीनका अरु विभिन्न प्रान्तहरु बीचको सम्बन्ध अरु बढी घनिष्ट हुनगएको छ।

      सन 1949 को सेप्टेम्बरमा सिंग च्यांगको शान्तिपूर्ण मुक्ति भएको थियो। र सोही वर्षको अक्टोबर एक तारिखका दिन जन-गणतन्त्र चीनको स्थापना भएको थियो। चीनका अन्य प्रान्तहरु झैं सिंग च्यांग चीनको एक जातीय स्वायत्त अधिकारयुक्त प्रान्त स्तरीय प्रशासनिक क्षेत्र बनिसकेको छ।