ऊर्जा स्रोत अखडा  

CRI


      सिंग च्यांगमा विविध किसिमका प्राकृतिक स्रोतहरुको भण्डार पर्याप्त छ। सिंग च्यांगमा पत्ता लगाइएको पत्थर कोइला र पेट्रोलको निहित परिमाण चीनका कूल निहित परिमाणको एक तिहाइ पुगेको छ। त्यहाँ प्रशस्त प्राकृतिक ग्याँस छ। त्यो चीनको उत्तर-पश्चिमी भेगको सबैभन्दा ठूलो तेल खेत र विकासको सबैभन्दा राम्रो भविष्य भएको तेल भण्डार बनेको छ। अनुमान गरीए अनुसार, 7 लाख 40 हजार वर्गकिलोमिटर क्षेत्रफल भएको सिंग च्यांगको तेल र ग्याँस भण्डारमा 20 अरब 80 करोड टन तेल र 100 खरब क्यूबिक मिटर प्राकृतिक ग्याँस निहित छ जुन चीनको भू-क्षेत्रमा पाइएको तेल र ग्याँसको कूल भण्डारको 30 प्रतिशत हो। त्यस क्षेत्रलाई चिनियाँ र विदेशी विशेषज्ञहरुले चिनियाँ पेट्रोल उद्योगको “आशाको समुद्र”को संज्ञा दिनुभएको छ। गत वर्षको अक्टोबरमा पूरा भइसकेको पश्चिमी भागको ग्याँसलाई पूर्वतिर ओसार्ने परियोजनाले सिंग च्यांग क्षेत्रका पर्याप्त प्राकृतिक ग्याँसलाई चीनको पूर्वी भागमा पर्ने शांग हाइ तथा त्यसका वरपरका क्षेत्रमा ओसार्नेछ।

      सिंग च्यांगमा पत्थर कोइलाको निहित भण्डारले राष्ट्रभरिको सम्पूर्ण भण्डारको 40 प्रतिशत ठाउँ ओगटेको छ। यो चीनभरिको सबैभन्दा ठूलो कोइला खानी हो। ता पान् छन् मा रहेको हावाबाट विद्युत निकाल्ने कारखाना चीनको सबैभन्दा ठूलो वायु विद्युत कारखाना हो।

(图:塔里木油田)