सिंग च्यांगको उद्योग

CRI


     सिंग च्यांगको औद्योगिक अर्थतन्त्रको विकास हाल द्रुतगतिले भैरहेको छ। हालसम्ममा सिन्च्याङमा फलाम-इस्पात, पत्थर कोइला, मेशिनरी, रसायन, निर्माण सामग्री, बुनाइ, चिनी उत्पादन, कागज, छाला र चुरोट लगायतका उद्योगहरुको एक प्रणाली बनिसकेको छ। क्षेत्रीय स्रोत-साधनको श्रेष्ठतालाई परिचालित गरी सिंग च्यांगको विशेषतायुक्त उद्योगको विकास गरिएको छ। सिंग च्यांगमा 60 हजारवटाभन्दा बढी विभिन्न कारखानाहरु छन् र तीनबाट उत्पादिन हुने सामानहरुको प्रकार दुइ हजारभन्दा बढी छ। ती उत्पादनहरु पेट्रोल, कोइला-पत्थर, धातु-शोधन, विद्युत, बुनाइ, रसायन, मेशिनरी, निर्माण सामग्री र खाद्य-पदार्थ आदि क्षेत्रसित सम्बन्धित छन।

      सिंग च्यांगका ठूल्ठूला औद्योगिक परियोजनाहरुमा दु शान् च एथिलेन परियोजना, पेट्रोलियम रासायनिक पोलिस्टर परियोजना, मानास विद्युत कारखानाको पहिलो चरणको परियोजना र दोस्रो चरणको परियोजना, चिन्ता शान् खौ जल विद्युत केन्द्र, होंगयेनछ विद्युत कारखानाको चार चरणको विस्तृत परियोजना आदि रहेका छन।