सिंग च्यांगको कृषि

CRI


       सिंग च्यांगमा सौर्य ऊर्जा र भू-स्रोतको पर्याप्तता छ। स्थानीय जनताले जल-स्रोतको उपलव्धता भएका ठाउँको उपयोग गरी प्रख्यात हरित क्षेत्रीय कृषिको आविष्कार गरेका छन। सिंग च्यांगको बालीमा मुख्यतः गहुँ, मकै र धान आदि रहेका छन। त्यहाँका नगदे बालीहरुमा कपास, सगरखण्ड र वियरका लागि कच्चा पदार्थ छन जसमध्ये कपासको उत्पादनले चीनमा महत्वपूर्ण स्थान ओगटेको छ। त्यो चीनको लामो भुत्ला हुने कपासको सबैभन्दा ठूलो उत्पादन अखडा हो र त्यहाँको उत्पादन मात्रा चीनको लामो भुत्ला हुने कपासको कूल उत्पादन मात्राको 95 प्रतिशतभन्दा बढी पुगेको छ। यसको गुणस्तरलाई इजिप्टको विश्वविख्यात लामो भुत्ला हुने कपाससित तुलना गर्नसकिन्छ।

       सिंग च्यांगले “फल-फूल र तर्बुजा-खर्बुजाको जन्मथलो” को नाउँ पाएको छ। सिंग च्यांग चीनमा फल-फूल र तर्बुजा-खर्बुजाको खेतिका लागि तुलनात्मक रुपमा ठूलो र उच्च गुणस्तरको भू-भाग भएको राम्रो क्षेत्र हो। त्यहाँ सधैं पाइने फलहरु अंगूर, हामी मेलन, खर्बुजा, स्याउ, नास्पाती , खुर्पानी, आरु, अनार, पैयूँ, नेभारो, ओखर आदि हुन। त्यहाँ उष्ण कटिबन्धमा पाइने प्राय सबै फल-फूलहरु पाइन्छन। तीमध्ये थ रु फानका अंगूर, हा मी मेलन धेरै स्वादिला छन।

       पछिल्ला केही वर्षदेखि सिंग च्यांगको कृषि क्रमशः औद्योगिकीकरणको दिशातिर उन्मुख हुँदैआएको छ। गोलभेंडा, गाजर, खुर्सानी, अंगूर र रंगीन कपासलाई कच्चा पदार्थका रुपमा प्रयोग गर्ने निकै ठूला उद्योगहरु प्रारम्भिक रुपमा स्थापित भैसकेका छन।