सिंग च्यांगको पशुपालन उद्योग

CRI


      सिंग च्यांगमा धेरै जातका पशुहरु पाइन्छन। त्यो चीनका महत्वपूर्ण पशुपालन क्षेत्रहरुमध्येको एक हो। प्राचीन कालदेखि त्यो नामी घोडाको उत्पादन थलो रहिआएको छ। त्यहाँ भेडालाई प्रमुख घरपालुवा पशुको रुपमा लिइन्छ। त्यसबाहेक घोडा, गाई, बाख्रा, गधा, खच्चर, ऊँट र याक आदि पनि पालिन्छ। सिंग च्यांगमा उत्पादन हुने खसीको मासु परिमाणका हिसाबले पचीनको दोस्रो स्थानमा पर्दछ। त्यहाँ कूल चार करोड पशुहरु छन।

  सिंग च्यांगको प्राकृतिक घाँसे मैदानको कूल क्षेत्रफल पाँच लाख 70 हजार वर्गकिलोमिटर छ। त्यसले कृषि, वन-जंगल र पशुपालन योग्य कूल क्षेत्रफलको 87 प्रतिशत ठाउँ ओगटेको छ। प्राकृतिक घाँसे मैदान सिंग च्यांगमा पशुपालन उद्योगको विकासका लागि सबैभन्दा महत्वपूर्ण आधार हो। ती प्राकृतिक घाँसे मैदानले सिंग च्यांगभरिका 70 प्रतिशत पशुहरुका लागि खाद्य तत्व उपलव्ध गराइरहेका छन।


      सिंग च्यांग चीनको पशुपालन उद्योग अन्तर्गत नयाँ जातका पशु हुर्काउने अखडा पनि हो। हाल त्यहाँ सिंग च्यांग मसिनो ऊन भेडा, चीन मैलिनो भेडा , सिंग च्यांग बच्चा भेडा, सिंग च्यांग खैरो गाइ, इ लि घोडा, इ लि सेतो सुंगुर, सिंग च्यांग कालो सुं‍गुर आदि नयाँ जातहरु छन। ती नयाँ जातहरु सिंग च्यांगका लागि मात्र नभई चीनका लागि पनि पशुपालन उद्योगको मूल्यवान् स्रोत र महत्वपूर्ण जिन भण्डार बनेका छन।