युगुर जाति

CRI


      युगुर जाति उत्तरी चीनको एउटा पूरानो जाति हो। “युगुर” युगुर जातीद्बारा आफैलाई दिइएको नाम हो। त्यसको अर्थ “एकता” वा “संयुक्त” भन्ने हुन्छ। युगुर जाति सिन च्यांगको मुख्य जाति हो। सारा सिन गमा युगुर जातिको जनसंख्या सत्तरी लाख छ। उनीहरु प्रायजसो थेन शान पहाडको दक्षिणी-फेदीमा अवस्थित खाश, ह थेन र आख्सु आदि क्षेत्रमा बसोबास गर्दछन्। उनीहरुको आफ्नै भाषा र लिपि छ।

      युगुर जातिका बूढा-पाका वा युवक-युवती सबै परम्परागत चार-कुने आकारको फूल-टोपी लगाउँछन्। पुरुषहरु लामो पोशाक लगाएर त्यसभित्र बुट्टा कुँदिएको छोटो पोशाक लगाउन मन पराउँछन। महिलाहरु भने लुगा लगाएर त्यसमाथि कालो कोट लगाउन मन पराउँछन। महिलाहरु कानमा मुन्द्री, चुरा, औंठी र सीक्री आदि गहना लगाउँछन्‌ भने युवतीहरु लामो कपाललाई चुल्ठै पार्न मन पराउँछन। हाल शहरी क्षेत्रका बासिन्दाहरु सामान्य रुपमा आधुनिक लुगाफाटा लगाउन मन पराउँछन।

      युगुर जातिका मानिसहरु निकै शिष्ट हुन्छन्। कुनै मानिस वा साथीलाई भेट्दा उनीहरु सामान्य रुपमा दायाँ हात आफ्नो छातीको केन्द्रमा राखेर जीऊ अलिकति अगाडि झुकाएर हार्दिकताका साथ “नमस्कार” भन्छन्। युगुर जाति अतिथि सत्कार गर्नजानेको एउटा जाति हो।

      युगुर जातिका मानिसहरु नाचगानमा निकै सिपालु हुन्छन। उनीहरुको नाच हल्का चाल, फनफनी घुम्ने र तीव्र चाल आदि विशेषतालेस युक्त हुन्छ। यस किसिमको नाचले युगुर जातिका मानिसहरुको खुला र स्व्छ हृदय प्रदर्शित गरिन्छ।

      युगुर जाति मुख्यत: कृषिमा आधारित जाति हो भने पशुपालन पनि यस जातिको परम्परागत पेशा रहदैआएको छ। साथै उनीहरुको परम्परागत हस्तकला पनि निकै विकसित छ र त्यसको उच्च कला-स्तर छ। उनीहरुद्बारा बनाइका ब्लेकट, कालचोबी, रेशमी कपडा, तामाको चिया दानी, छूरी र जातीय वाद्य-वादनका सामानहरु यस जातिका विशेष शैलीका छन।
 

(चित्र:युगुर जातिका सुन्दरी केटीहरु)