काजाक जाति

CRI


       सिन च्यांग क्षेत्रमा हाल जम्मा बाह्र लाख काजाक जातिका मानिसहरुको बसोबास रहेको छ। तिनीहरुमध्ये प्रायजसो उत्तरी सिन च्यांगको यी ली काजाक स्वायत्त प्रिफेक्चरमा बसोबास गर्छन्। उनीहरुको आफ्नै भाषा र लिपि छ।

       काजाक जातिका मानिसहरु धेरैजसो पशुपालन व्यवसायमा संलग्न छन। थोरै मात्र काजाकहरु स्थायी रुपमा कृषि व्यवसायमा संलग हुनुका साथै बाँकी धेरैजसो समय ऋतु अनुसार ठाउँ-ठाउँमा बसाइँ सर्ने गर्दछन। यसरी उनिहरु घुमन्ते जीवन बिताउँछन।

       काजाक जातिकाल मानिसहरु निकै शिष्ट र अतिथि सत्कार गर्ने स्वभावका हुन्छन्। पाहुना आएमा उनीहरु आफ्नो घरको सबैभन्दा मीठा खाने कुरा पाहुनालाई खान दिन्छन, पाहुनका लागि उनिहरु खसी समेत काट्न पछि पर्दैनन। खाना खाँदा सर्वप्रथम घरपतिले खसीको टाउको सहित एक कचौरा खसीको मासु पाहुनासका अगाडी राख्छन्। अनि पाहुनाले सो कचौरामा रहेको खसीको टाउकोको मासुको एउटा टुक्रो आफूले खाएपछि खसीको कान काटेर घरपतिका केटा-केटीलाई खुवाउँछन्। अन्त्यमा त्यो खसीको टाउको घरपतिको हातमा फिर्ता दिन्छन।

       काजाक जातिका मानिसहरु घोडा चढ्नमा ज्यादै निपूर्ण हुन्छन्‌। चाड-पर्वका बेलामा गोठालाहरु घोडा चढ्ने विभिन्न कार्यक्रम र प्रतिस्पर्धाहरुको आयोजना गर्छन्। युवती घोडा चढेर अघि-अघि जाने र युवकहरुले घोडामा चढेर पछि-पछि दगुर्ने मनोरञ्जनात्मक कार्यक्रम युवाहरुलाई सबैभन्दा मन पर्ने कार्यक्रम हो। युवकहरुका लागि आफूलाई मनपर्ने युवती रोज्ने यो राम्रो मौका हो।
 

(चित्र:काजाक जातिको एक किसिमको खेलकुद)